20120519

आईज बुढी हामी पनि एउटा राज्य बनाउँ।।

आईज बुढी हामी पनि, एउटा राज्य बनाउँ।।
छाप्रो राज्य घोषणा भो, अब खुसी मनाउँ।।
गैडो र करेसोलाई, सिमाना हो भन्दिउँ।।
बाटो गैँडो टेक्छ भनेँ, कोदालाले हान्दिउँ।।

मुख्यमन्त्री म नै भएँ, गृहमन्त्री तँ हो।।
भाँडा माझ्न बिदेश्या, माईलालाई चाहीँ के हो?
लठेब्रो जेठो छोरो, बाख्रा मन्त्री बन्ला।।
कान्छो चाहीँ कृषी हेर्ला, खेत खन्न जाला।।

तिनैवटा छोरीलाई, सांसद बनाईदिउँ।।
राम्रो लुगा छैन तिनको, भाङ्ग्रो सिलाईदिउँ।।
यो राज्यको रक्षा गर्ने, सैनीक कुकुर काले।।
गौरवशाली यो राज्यको, स्वभिमानी पाले।।

झण्डा छैन भनेर। कती चिन्ता गर्छेस?
फरिया च्याते झण्डा बन्छ, किन आँखा तर्छेस।।
धुरीमाथी फरफराउँला, फरियाको झण्डा।।
वैरी आए यो राज्यमा, बजाईदिउँला डन्डा ।।
जय छाप्रो प्रदेश।। - ( फेसबुकमा भेटिएको यो रचनाले हाम्रो मन छोयो तर यो रचना धेरै ले धेरै तिर सेयर गरेको पाइयो तर बास्बिक रचनाकार थाहा पाउन सकिएन, यदी कसैलाई यसको रचनाकार थाहा भए नाम उपलब्ध गराइदिन अनुरोध छ : सम्पादक )

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक