20120514

अग्नी एयरको ९ आइ जी बिमान बिहान जोमसोम नजिकै दुर्घटना , १५ जनाको ज्यान गएको छ, १८ यात्रु र ३ चालक दलका सदस्य सहित २१ मध्ये अहिले सम्म ६ जनाको जिबीतै उद्धार

 दाङ र प्युठानमा नदीमा डुबेर चारजनाको ज्यान गएको छ
 पोखराबाट जोमसोमका लागि उडेको अग्नी एयरको ९ आइ जी बिमान बिहान जोमसोम नजिकै दुर्घटना भएको छ । दुर्घटनामा परेका ६ यात्रुको जिबितै उद्धार गरिएको छ भने १५ जनाको ज्यान गएको छ ।  पोखराबाट बिहान साढे ९ बजे जोमसोमका लागि उडेको बिमान जोमसोम बिमानस्थलमा अवतरण गर्ने क्रममा अवतरणका क्रममा ९ बजेर ४५ जाँदा दुर्घटना भएको हो । बिमानमा सवार १८ यात्रु र ३ चालक दलका सदस्य सहित २१ मध्ये अहिले सम्म ६ जनाको जिबीतै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । दुर्घटनामा १३ भारतीय तीर्थयात्रु र चालक दलका दुई सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रमुख चालक प्रभुशरण पाठक र सहचालक एसबि मर्हजन रहेका छन् । अन्यको भने सनाखत हुन सकेको छैन । जिबीत उद्धार गरिएका मध्ये बिमानकी परिचारिका, दुई बालक सहित तीन भारतीय
नागरिक र दुई बिदेशी नागरिक रहेका छन् । घाइते मध्ये ५ जनाको अबस्था चिन्ताजनक रहेको उद्धारमा संलग्न मुस्ताङ्गका प्रहरी निरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । उनीहरुलाई तारा एयरको बिमान र सिम्रीक एयरको हेलिकप्टर मार्फत उपचारका लागि पोखरा पठाइसकिएको छ । बिमानमा सवार यात्रु मध्ये १६ जना भारतीय र २ बिदेशी नागरिक रहेका थिए । भारतीय नागरिकहरु प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ दर्शनका लागि गएका थिए । अहिले पनि घटनास्थलामा नेपाली सेना, शसस्त्र प्रहरी र जनपद प्रहरी परिचालन गरिएको छ । मृतकको शब जोमसोम बिमानस्थलमा पठाएर अहिले घटनास्थलमा सर्च गरिरहेको छ ।

बिमान अवतरण गर्नेक्रममा टर्निङ्ग नपुगेर एयरपोर्ट देखि तीन सय मिटर टाढा रहेको डाडाँमा माटोको ढिस्कोमा ठोक्किएर दुर्घटना भएको थियो । माटोमा ढिस्कोमा ठोक्कीएको बिमान खोचमा खसेका कारण आगो लागेको स्थानिय पत्यक्ष दर्शी शिक्षीका रमादेबी बस्ताकोटीले जानकारी दिनुभयो । बिमान भित्तोमा ठोक्किएपछि एउटा पखेटा झरेको आफु्ँले देखेको बताउनुभयो ।

दाङ र प्युठानमा नदीमा डुबेर चारजनाको ज्यान गएको छ । जसअनुसार दाङमा तीन र प्युठानमा एकजनाको ज्यान गएको हो । राप्ती नदीमा डुबेर सोमवार दुई किशोरीको ज्यान गएको छ । राप्ती नदीमा नुहाउन गएको बेला भालुवाङ पुल्चोक निवासी ११ बर्षीया मधु न्यौपाने र ९ बर्षीया सुविक्षा खनालको ज्यान गएको हो । दिउँसो साढे १ बजे पौडी खेल्ने क्रममा उनीहरु डुबेर ज्यान गएको इकाला प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

न्यौपाने स्वर्गद्वारी प्रावि पुल्चोक कक्षामा ५ मा र सुविक्षा स्थानीय बोर्डिङमा कक्षा ४ मा अध्ययन गर्ने विद्यार्थी हुन् । तराई बन्दका कारण विद्यालयहरु बन्द रहेकाले दिउँसो उनीहरु पौडी खेल्न नदीमा गएको बेला डुबेको स्थानीय महेश रिजालले जानकारी दिनुभएको छ । दुबै जनाको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र लमही लगिएको छ ।

त्यस्तै दाङकै बबई नदीमा डुवेर डुरुवा गाबिस ८ बस्ने २२ वर्षिय मोहन जिसीको मृत्यु भएको छ । नदीमा नुहाउन गएको जिसीको मृत्यु भएको हो । त्यसैगरी नदीमा डुबेर प्युठानको भिंगृमा एकजना मजदुरको ज्यान गएको छ । रोल्पा तेवाङ घर भएका १८ वर्षिय लोके पुनमगर नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । उनी भिंगृ र सारी जोड्ने निर्माणाधीन झोलुङगे पुलमा ज्यामीको रुपमा काम गर्दै आएको मजदूर हुन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक