20120527

अहिले नेपालमा के के भैरहेको छ त हेर्नुस् ताजा अपडेट !

संबिधान सभा स्वत: बिघटन, ६०१ हिजडाहरुको जागीर चट !
चार बर्षमा करिब १० अर्ब हसुरेर पनि ६०१ नालायक सभासदहरुले संबिधान जारीगर्न नसके पछी अब फेरी छ महिना पछी मंसिर सात गते फेरी अर्को १० अर्ब खान अर्को संबिधान सभाको चुनाव गर्ने रे,फेरी ६०१ सभासद छान्ने रे नेपाली जनताले ! माओवादी र मेधेशी मोर्चा मिलेर यो घोषणा गरे, एमाले, कङ्रेस, रा.प्र.पा द्वारा अस्वीकार, प्रधानमन्त्री बाबुराम भट्टराई राष्ट्रपती कहाँ चुनाव सिफारिश गर्दै, एमाले कङ्रेस र रा.प्र.पा बिरोध गर्दै, देश राष्ट्रपतिको हातमा गयो । बाबुराम प्रधानमन्त्रीकोका हैसियतमा राष्ट्रका नाममा सम्बोधन गर्दै....
सभासदहरु ! चार वर्ष सुतेर बस्ने , अनि अहिले नारा लगाउदै उफ्रने , तिमीहरुलाई लाज लाग्दैन ?
सम्बिधान सभामा चार वर्षमा भएको सरकारी तलब खर्च रु ९ अर्ब ६०१ जनालाई बाँडदा एक जनाको
भागमा रु १ करोड ४९ लाख ७५०४१ पर्छ , भ्रस्टाचार र यूरोपका संस्थाहरु बाट खाएको ठुलो रकमको हिसाब त् बेग्लै छ / तिमीहरु अब बेरोजगार र फुटपाथे भए पछि जनताले हिसाब किताब माग्ने
छन् - Voice of Journalist Ramesh Tiwari


प्रहरीले बानेश्वर र सिंहदरबार क्षेत्रमा सुरक्षा व्यवस्था धेरै कडा पारेको छ । त्यस क्षेत्रमा सयौंको संख्यामा सुरक्षाकर्मी तैनाथ छन् । बानेश्वर क्षेत्रमा प्रदर्शनकारीलाई प्रहरीले हटाउँदै छ भने अर्कोतिर सिहदरबारदेखि संविधानसभा जाने बाटोमा सुरक्षा व्यवस्था धेरै कडा बनाउँदा संकटकाल वाकर्फ्यु   लाग्न सक्ने सम्भावना बढेको छ ।

 संविधानसभा विघटन गर्न नपाइने भन्दै सभासदहरुले संविधानसभा परिसरमा नाराबाजी गरेका छन् । संविधानसभाको म्याद सकिने केही बेर मात्र बाँकी रहँदा दलहरुबीच सहमति नजुटेको र दलहरुले संविधान आउने सम्भावना क्षीण बन्दै गएको बताउन थालेपछि सभासदहरु आक्रोसित भएका छन् । माओवादीको बैद्य पक्ष र बृहत मधेसी मोर्चामा संलग्न सभासदहरुले संविधानसभाबाटै संविधान जारी गर्न र संविधानसभा विघटन नर्गन माग गर्दै नाराबाजी थालेका हुन् । यसअघि दिउँसो पनि सभासदहरुले नाराबाजी गरेका थिए । आदिवासी जनाजाति, मधेसी लगायतका सभासदहरुले नाराबाजी गर्दै संविधानसभा भवन परिक्रमा गरेका छन् । सभासदहरुले शीर्ष नेताहरुको बैठक संविधानसभा परिषद्मा नै राख्न माग गरेका छन् । नाराबाजीपछि
आयोजित कोणसभामा माओवादी सभासद तिलक परियारले आफूहरु अमुख नेताका भेडाबाग्रा नभएको भन्दै तत्काल संविधानसभा बैठक सुरु गर्न माग गर्नुभयो । ‘सभासदहरु भेडा होइनन्, जनताका प्रतिनिधि हुन्’ उहाँले भन्नुभयो-’११ बटा विषयगत समितिको प्रतितवेदनका आधारमा संविधानसभामा मतदान गरी दुई तिहाईबाट संविधान घोषणा गरियोस् ।’








माओवादी सभासद नीरु दर्लामी यसको उदाहारण हुन् । उनले दर्जन बढी पुरुष सभासदहरुसँग उनको ओछ्यान साझेदारी गर्नेसम्मको हिमचिम रहेको कुरा माओवादी निकट व्यक्तिहरु नै बताउाँन् । ‘उनले त महाभारतकालीन द्रौपदीलाई पनि माथ गरिन् ।’ स्रोत बताउाछ ।

दर्लामी त उदाहारण मात्रै हुन् । स्रोतका अनुसार दर्लामीजस्ताहरु माओवादीमा दर्जन जति छन् । पुरुषहरुको संख्या त झनै दुई दर्जन बढी छ । माओवादी नेतृत्वले जनयुद्धकालदेखि नै रोमान्सलाई छुट दिएको र शान्ति प्रकृया सुरु भएदेखि नै सामुहिक बासलाई प्रोत्साहन गरेकाले पनि उनीहरुमा बहुस्त्रीगामी वा बहुपुरुषगामी चरित्र झाँगिएको बताइन्छ । ‘बिहे नगरी लिभिङ टु गेदरको रुपमा बस्नु र बेड पार्टनर फेरि रहनु उनीहरुका लागि सामान्य कुरा भएको छ ।’ एकजना सभासद्ले भने, ‘पार्टीभित्र अन्तरविरोध बढ्ने गुह्य कारण यो पनि हो ।’

लिभिङ टु गेदरको रुपमा बस्नेमा माओवादी उपाध्यक्ष तथा हालका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र गिरिराजमणि पोख्रेल उदहारण हुन् । नारायणकाजीले कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यकी भतिजीलाई रुम पार्टनर बनाएका बनाएका छन् भने पोख्रलले यसअघि नै लिभिङ टु गेदरको रुपमा बस्ने गरेको कुरा सन्चारमाध्यममै स्वीकारिसकेका छन् ।

तेह्रथुमबाट प्रतिनिधित्व गर्ने कांग्रेसकी समानुपातिक सभासद सीता गुरुङ पनि विगत चार वर्षमा निकै चर्चित रहिन् । उनको हिमचिम स्त्रीसाथी फेरिरहन मन पराउने मिनेन्द्र रिजालसँग भएको र दर्जन बढी पटक डेटिङ गएको बताइन्छ । सीतासँग मिनेन्द्र लहसिएपछि पूर्वप्रेमिका रहेकी अर्की सभासद् डीना उपाध्याय भने उनीसँग मुर्मरिएकी छिन् ।

यो अवधिमा मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव र रापंस हुँदै मधेसवादी हुन पुगेकी सप्तरी दक्षिणकी रेणु यादवबीचको प्रेमालाप पनि निकै चर्चित रह्यो । जिल्लामा जाँदा हरेकचोटि रेणुलाई काखी च्यापेको, श्रीमती छोराछोरी हुँदाहुँदै रेणुका नाममा सम्पत्ति जोडेको, पार्टी निर्णयमा पनि रेणुकै कुरा सुनेको लगायतका आरोप उपेन्द्र माथि बारम्बार लागिरह्यो । पार्टी फुट्नुमा पनि उपेन्द्रको रेणुप्रतिको आशक्ति प्रमुख कारण भएको बताउने जानकारहरु थुप्रै छन् ।

एमाले अखिलको कार्यकर्ता हुादै राप्रपा नेपालको सभासद हुन पुगेकी दैलेखकी कुन्ती शाहीले पनि विगतका चारवर्ष मोजमस्तीमा विताइन् । पेशाले अधिवक्ता रहेकी अविवाहित शाहीको रात पुरानोबानेश्वरस्थित डेरामा भन्दा अन्यत्रै बित्ने गरेको थियो ।

यो अवधिमा उदयपुरकी लक्ष्मी परियारले पनि रोमान्समा राम्रै चर्चा कमाइन् । कांग्रेसको प्रतिनिधित्व गर्ने दुई सन्तानकी आमा लक्ष्मीको सभासद् भएवापत् पाउने मासिक ४० हजारबाहेक अर्को आयस्रोत नभए पनि उनले काठमाडौंमा यसै अवधिमा घर जोड्न भ्याइसकेकी छिन् । खोजी लागे यस्ता अरु थुप्रै उदहारण भेटिने स्रोत बताउँछ ।
संविधान जारी गर्ने अन्तिम दिन आफ्ना अधिकार नयाँ संविधानमा राख्न दबाव दिदै बानेश्वरमा धर्ना र प्रदर्शन गर्नेहरुको भिड लागेको छ । उनीहरुले आफ्ना अधिकार संविधानमा राखेर जारी दबाव दिन धर्ना र प्रदर्शन गरेको जनाएका छन् ।
संविधानसभाको सुरक्षाका लागि पनि उत्तिकै सुरक्षाकर्मी परिचालन भएका छन् । यसै क्रममा सौर्य सहकर्मी देबकी विष्टले लिएका तस्बिरहरुः







No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक