20120617

ए एन ए (ANA) का कार्यकारी बरिस्ठ उपाध्यक्ष तथा Emergency Fond का सँयोजक हेम पाठक द्वारा राजिनामा

  ए एन ए मा ठुलो भुइचालो, नांगिदैछ ए एन ए, पर्दाफास हुँदैछन ए एन ए का कर्तुतहरु !      
संस्था भित्र भ्रस्टाचार हुनुहुन्न, आर्थिक पारदर्सिता हुनुपर्छ,  त्यसका लागि लाइसेन्स प्राप्त ब्यबसायिक सिपिए मार्फत आर्थिक कुराहरु हेर्ने, अनुगमन हुनुपर्छ ।   ए एन ए का बिगतका कमी कमजोरीबाट पाठ सिकेर यसलाई सच्च्याउंदै अमेरिका र क्यानाडामा रहेका सबै नेपालीहरुको साझा, छाता संस्था को रुपमा निर्बिबाद हुने गरी अगाडि बढाउन ए एन ए कृयाशिल हुनुपर्छ भनेर ए एन ए सुधार्न खोज्ने    अमेरिकामा रहेका नेपाली बिच अत्यन्त लोकप्रिय, एक बर्षमा गीत संगीत, पत्रकारिता, निशुल्क छात्रब्रित्तीमा दश लाख भन्दा बढी खर्चिने सामाजिक योद्धा, नेपालको भ्रस्टाचार र तस्करीतन्त्र बिरुद्ध अभियानका अभियन्ता, ए एन ए (ANA) ले वहाँलाई कार्यकारी बरिस्ठ उपाध्यक्ष तथा Emergency Fond का सँयोजक हेम
पाठक ले ए एन ए बाट राजिनामा गर्नुभएको छ । वहाँले राजिनामा पछी नेपाल मदर सँग भन्नु भयो " मैले ए एन ए सुधार्न सकिन्छ कि भनेर निकै प्रयास गरेँ तर सफल हुन सकिन । नेत्रित्व राम्रो र चाहिने कुरा सुन्न तयार नभएपछी म आज देखी पूर्ण तया अलग भएँ ।" वहाँले राजिनामा दिए पछी ए एन ए को भबिस्य अन्धकारमय भएको छ । स्मरण रहोस् ए एन ए त्यही संस्था हो जसले दुई बर्ष अघिको  बोस्टन सम्मेलन को हिसाब किताब अझै मिलाएको छैन । खाना खुवाउने नेपाली रेस्टुरेन्ट को पैसा नतिर्ने, कलाकार हरुलाई पैसा नतिर्ने, पैसा नभएका चेक बाडेर अमेरिकामा नेपाली ठग्ने ठग का रुपमा चर्चित ए एन ए संस्था बाट हेम पाठक अलग भएपछी अब यो संस्था झन बिबादित, बदनाम भएको भन्दै ए एन ए का अरु ले पनि टेक्सास सम्मेलन नजाने र यो संस्थामा नरहने बताउन थालेका छन ।      
 

 ****************************************
related news published before in nepalmother ........

थला परेको बिबादित संस्था ए एन ए (ANA) लाई उठाउन खोज्ने कार्यकारी बरिस्ठ उपाध्यक्ष हेम पाठकलाई नै थला पार्न खोजिए पछी ए एन ए को भबिस्य अन्यौलमा, टेक्सस सम्मेलन प्रभाबित हुने !


अमेरिकामा रहेका नेपाली बिच अत्यन्त लोकप्रिय, एक बर्षमा गीत संगीत, पत्रकारिता, निशुल्क छात्रब्रित्तीमा दश लाख भन्दा बढी खर्चिने सामाजिक योद्धा, नेपालको भ्रस्टाचार र तस्करीतन्त्र बिरुद्ध अभियानका अभियन्ता हेम पाठकको लोकप्रियतालाई देखेर डुब्नै लागेको ए एन ए ले वहाँलाई कार्यकारी बरिस्ठ उपाध्यक्ष तथा Emergency Fond का सँयोजक बनायो । ए एन ए को कार्य समितिले अध्यक्ष छेवाङ शेर्पा लामाले कानुनी कूरा मात्र हेर्ने र हेम पाठक ले बरिस्ठ कार्यकारी उपाध्यक्षका रुपमा ए एन ए को संगठन हाक्ने निर्णय पनि भयो । तर पछी बुझ्दै जाँदा वहाँलाई मोहरा मात्र बनाइन खोजेको, वहाँ लाई बाइपास गरेर केहीले ए एन ए लाई एउटा ठेक्का पट्टा कम्पनी जस्तो बनाउन खोजे पछी हेम पाठक अहिले असन्तुस्त बन्नुभएको बुझिएको छ। बदनाम ए एन ए लाई सुधार्न सकिन्छकी सबै नेपालीको साझा संस्था बनाउन सकिन्छ कि भनेर सबैको अनुरोध पछी उक्त पद स्वीकार गर्नुभएका पाठक लाई अहिले पूर्ण रुपमा बाइपास गरेर काम भैरहेको छ र वहाँले ए एन ए सुधार का लागि अगाडि सारेका अत्यन्त सान्दर्भिक योजना र कुरालाई अहिले पूर्ण रुपमा लत्याउने काम भएको छ। यसै महिना को अन्त्यमा टेक्सासमा हुने
भनिएको सम्मेलन ठेक्कामा दिने निर्णयमा पनि पाठक सन्तुस्ट हुनुहुन्न । नन प्रफिट संस्था, नेपालीको साझा संस्था भन्ने तर ठेक्का लागाएर कमाउने र केहीका लागि ठगी खाने भाँडो बनाउन नहुने भन्दा पाठक लाई ए एन ए ले बाइपास गरेको देखे पछी ए एन ए भित्रकै अन्य केही पनि तीन छक परेका छन।
स्मरण रहोस् त्यहा एक जना शेर्पा जि लाई १० हजार डलर ए एन ए लाई दिने बाँकी वहाँले जती कमाए पनि जे गरेपनी नबोल्ने शर्त मा सम्मेलन ठेक्कामा दिइएको छ । जुन पुरै अबैधानिक छ। अमेरिकि कानुन अनुसार नन प्रफिट कुनै पनि संस्थाले त्यसरी ठेक्का लगाउन र नाफा कमाउने काम गर्न पाइदैन । यसमा ए एन ए झन बिबादित हुने देखिएको छ ।
हेम पाठकले ए एन ए भित्रको भ्रस्टाचार अन्त्यका लागि अगाडि सार्नुभएका धेरै योजना अत्यन्त राम्रा भए पनि दुई वटा उल्लेख गर्नै पर्ने खालका छन :
१- ए एन ए मा आर्थिक पारदर्शिता हुनुपर्ने, त्यसका लागि लाइसेन्स प्राप्त ब्यबसायिक सिपिए मार्फत आर्थिक कुराहरु हेर्ने, अनुगमन गर्ने । 
२ - ए एन ए का बिगतका कमी कमजोरीबाट पाठ सिकेर यसलाई सच्च्याउंदै अमेरिका र क्यानाडामा रहेका सबै नेपालीहरुको साझा, छाता संस्था को रुपमा निर्बिबाद हुने गरी अगाडि बढाउन ए एन ए कृयाशिल हुने

तर यस्ता राम्रा कूरा बर्तमान ए एन ए नेत्रित्व लाई मान्य नभए पछी पाठक ए एन ए छाड्ने मनस्थितिमा पुग्नुभएको छ । नेपाल मदर सँग कूरा गर्दै पाठकले भन्नु भयो "म ए एन ए लाई राम्रो कसरी बनाउन सकिन्छ भनेर योजना बद्ध ढंगले अगाडि बढ्न खोजेँ तर मलाई नै बाइपास गरियो, मेरो कूरा सुनुवाई भएन, मैले एक दुई दिन भित्रमा महत्वपूर्ण निर्णय गर्दैछु । मेरा कूरा सुनिएन भने म त्यहा किन रहने ? के का लागि रहने ? के म बिबादित हुनका लागि मात्र त्यहा लगिएको हु र ?"                    
पाठक ले यदी ए एन ए छोड्नुभयो भने ए एन ए झनै बिबादित र कमजोर संस्था हुने निस्चित छ ।                 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक