20120604

अन्तराष्ट्रिय कलाकार मँचद्वारा अमेरिकाका तीन शहरमा भब्य साँस्कृतिक कार्यक्रम आयोजना

अन्तराष्ट्रिय कलाकार मँचद्वारा अमेरिकाका तीन शहरमा भब्य साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । अमेरिकाको सबैभन्दा ठुलो राज्य टेक्सासका तीन ठुला शहर हरु डाल्लस, अस्टिन, हिउस्टनमा हुने भब्य कार्यक्रममा मँचका सल्लाहकार एबम लोकप्रिया नायक सरोज खनाल, चर्चित हाँस्य कलाकार मनोज गजुरेल
संजीप प्रधान ,सरिश्मा अमात्य, अन्जना गुरुङ, कनैया सिंह,   श्याम गुरुङ, सुमन बुढा, शान्ती गुरुङ    सहित अन्य कलाकारहरु को प्रस्तुती रहने छ। ब्रिस्तित विवरण तस्बिरमा हेर्न सक्नुहुन्छ । कार्यक्रमलाई सफल पार्न टेक्सास शाखाका अध्यक्ष हरी थापा, उपाध्यक्ष श्रीराम थापा सहित सम्पूर्ण शाखा परिवार र अन्य संस्थाहरु पनि लागि परेका छन । अन्तरराष्ट्रिय कलाकार मँचका अध्यक्ष रामप्रसाद खनालले एक प्रेस रिलिज मार्फत तीन वटै शहरमा सम्पूर्ण नेपालीहरुलाई उक्त कार्यक्रममा उपस्थित भै कार्यक्रम सफल पारीदिन र सहयोग गर्दै नेपाली कला र सँस्कृतिको लागि योगदान दिन आग्रह गर्नुभएको छ । तीन वटै शहर मा हुने कार्यक्रम एतिहासिक रुपमा सम्पन्न हुने आशा राख्दै खनालले यि कार्यक्रम सम्पन्न गर्न खटिएका अन्तराष्ट्रिय कलाकार मँच टेक्सास शाखा परिवार र संलग्न सबैलाई मँचको केन्द्रका तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गर्नुभएको छ ।

 
अन्तराष्ट्रिय कलाकार मन्च टेक्सस शाखाले गर्न लागेको कार्यक्रम यस प्रकार छ ।

हुस्तोन - जुन ०८, २०१२
- हास्यब्यङ
- लाईभ दोहोरि
- लोक गीत
- आदुनिक गीत
- पप गीत्
-सत्य घाटना मा आधारित कथा



डालस - जुन ०९, २०१२
- हास्यब्यङ
- लाईभ दोहोरि
- लोक गीत
- आदुनिक गीत
- पप गीत
- सत्य घाटना मा आधारित कथा




औस्तीन - जुन १०, २०१२
- हास्यब्यङ
- लोक गीत
- आदुनिक गीत
- पप गीत्
कलाकर्- सरोज खनाल, मनोज गजुरेल,

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक