20120606

प्रधानमन्त्री बाबुराम भट्टराईले आफू विरुद्ध राष्ट्रपति वा अरु कसैले असंवैधानिक कदम चाले चुप लागेर नबस्ने चेतावनी

दलहरुवीचको सहमतिका आधारमा संबिधानसभा पुर्नस्थापना गरि नयाँ संबिधान जारी गर्न सकिने : प्रचण्ड
प्रधानमन्त्री बाबुराम भट्टराईले आफू विरुद्ध राष्ट्रपति वा अरु कसैले असंवैधानिक कदम चाले चुप लागेर नबस्ने चेतावनी दिनुभएको छ । सत्तारुढ र सरकारलाई समर्थन गर्ने दलले काठमाडौंमा मंगलवार गरेको कार्यक्रममा प्रधानमन्त्रीले यस्तो चेतावनी दिनुभएको हो । काँग्रेस र वृहत मधेशी मोर्चाले प्रधानमन्त्रीलाई बर्खास्त गर्न राष्ट्रपतिसँग माग गरिरहेका बेला प्रधानमन्त्री भट्टराईले कसैले गैर संवैधानिक बाटो लिए अर्कोले पनि त्यस्तै गर्न सक्ने चेतावनी दिँदै संविधान अनुसार सबै मिलेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री भट्टराईले संविधान सभा बचाउन खोज्दा आफूले मुद्दा खेप्नु परेको र संविधान सभा विघटन गरेको भनेर आफू माथि गलत आरोप लगाइएको भन्दै आपत्ति जनाउनुभयो । आफूले संविधानसभा बचाउन खोज्दा पहिलो चोटी मुद्धा खेप्नुपरेको भन्दै यसको फैसला गरिदिन नागरिक समाजलाई आग्रह गर्नुभयो । अन्तिम विकल्पका रुपमा चुनावको घोषणा गरेको उहाँले बताउनुभयो । अहिले पनि सबै कुरा सिद्धि नसकेको र निराश हुने
अवस्थ नभएकोले सबै मिलेर जानुपर्नेमा जोड दिँदै प्रधानमन्त्री भट्टराईले सहमतिका लागि संवादमा आउन अरु दललाई आग्रह गर्नुभयो ।
माओवादीका पुष्पकमल दाहाल प्रचण्डले दलहरुवीचको सहमतिका आधारमा संबिधानसभा पुर्नस्थापना गरि नयाँ संबिधान जारी गर्न सकिने बताउनुभएको छ । आफू र आफ्नो पार्टीले जोखिम उठाएर शान्ति प्रकृया टुंग्याएपनि कांग्रेस(एमाले लगायतका दलहरुको कारण संविधान बन्न नसकेको आरोप प्रचण्डको छ ।
मंगलबार राजधानीमा सरकार सम्बद्ध दलहरुले नागरिक समाजका प्रतिनिधिसित गरेको अन्तक्रिर्या कार्यक्रममा बोल्दै प्रचण्डले भन्नुभयो( ‘अहिले पुनस्र्थापनाको कुरा पनि उठिरहेको छ, सहमतिको लागि जुनसुकै विकल्पमा जान पनि तयार छौं ।’ नेपाली कांग्रेसका सभासद्हरुले संबिधानसभा पुर्नस्थापनाको माग गरिरहेका बेला प्रचण्डले राष्ट्रपतिलाई अघि सारेर पुर्नस्थापना गर्न सकिने बताउनुभयो । अहिले पनि सहमति बाहेक अरु विकल्प नभएको प्रचण्डको भनाई छ । राष्ट्रपति लगायत कांग्रेस-एमाले लगायतका दलहरुसित छलफलको तयारी भैरहेको प्रचण्डले जानकारी दिनुभयो ।
रकारको कदम विरूद्ध आगामी शुक्रबार जनप्रदर्शन गर्ने तयारी गरिरहेको कांग्रेस-एमाले जनताको मात्र नभएर विदेशीको समर्थनपनि जुटाउने प्रयासमा छन् । देशको हरेक निर्णय विदेशीको हात रहने बताइदै आएको अवस्थामा यसलाई पुष्टी गर्ने काम पनि कांग्रेस-एमालेमार्फत भएको छ ।
कांग्रेस-एमालेले विदेशी शक्तिलाई आफ्नो पक्षमा पार्न रात्रीभोज तथा भेटघाट गर्न थालेका छन् । यसैक्रममा एमालेले गोकर्ण रिसोर्टमा २० देशका राजदुतलाई मंगलबार रात्रीभोजमा बोलाएर भोज गरेको छ । यस अवसरमा एमालेले राजदुतहरूलाई आफूहरू संविधान निर्माणमा प्रतिबद्ध हुँदाहुँदै पनि माओवादी र मोर्चाका कारण संविधान नबनेको जानकारी दिएका छन् ।
उक्त अवसरमा एमालेका अध्यक्ष झलनाथ खनाल र अन्य शीर्ष नेताहरूले संविधानसभाको विघटनको कारण माओवादी र मोर्चा नै भएको आरोप लगाउँदै तत्काल चुवान सम्भव नभएको बताएका छन् । युरोपियन युनियन, बेलायत, फ्रान्स, जर्मन, चीन लगायतका देशका राजदूतहरु सम्मिलित उक्त भोजमा एमालेले अन्तिम समयमा आएर माओवादी पछी हटेकाले संविधानसभा विघटन भएको आरोप लगाएका थिए ।
यस्तै यता कांग्रेस सभापति शुशिल कोइरालाले पनि विभीन्न देशका राजदुतलाई भेट गरी सरकार विरूद्ध आफुले थालेको आन्दोलनलाई सहयोग गर्न आग्रह गरिरहेको बताइएको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक