20120607

ज्ञानेन्द्रको जस्तो हालत बनाइदिने भन्दै प्रचण्डलाई थर्काए कांग्रेस सभापति सुशील कोइरालाले

'के तपाईंहरुसँग म डराउँछु भनेको? ००७ सालमा राणाहरुसँग लड्दै आएको मानिस हुँ म' अचानक कांग्रेस सभापति सुशील कोइराला जंगिए, '०१७ सालमा पंचायतसँग डराइन, १० वर्ष युद्धकालमा तपाईंहरुको बन्दुकसँग पनि डराइन, के अब म डराउँछु भनेको?'  संविधानसभाको आयुका बारेमा निर्णय गर्न १४ जेठ राति बसेका प्रमुख दलको बैठकमा सभापति कोइराला माओवादी अध्यक्ष प्रचण्डसँग निकै कड्किए। जालझेल र षड्यन्त्र गरेर अध्यक्ष प्रचण्डले संविधानसभा विघटन गर्न खोजेको भन्दै कोइरालाले 'लोकतन्त्र मास्ने काम गरे ज्ञानेन्द्रको जस्तो हालत बनाइदिने' भन्दै प्रचण्डलाई थर्काएका थिए। मिलेका विषयहरुलाई संस्थागत गर्ने र नमिलेका विषयहरुलाई रुपान्तरित संविधानसभा अर्थात व्यवस्थापिका संसदमा लगेर हल गराउने प्रस्तावलाई प्रचण्डले अस्वीकार गरेपछि कोइराला प्रचण्डसँग कड्केका हुन्। संविधानसभा विघटन गर्ने दाउमा माओवादी लागेको संकेत
देखिएपछि कोइरालाले प्रचण्डमाथि आक्रोश पोख्न सुरु गरे, 'माओवादीको सर्वसत्तावाद कुनै पनि हालतमा टिक्दैन, आमहड्ताल पनि टिक्न नसकेको यो देशमा तपाईंहरुको सत्ताकब्जा गर्ने चाहाना कुनै पनि हालतमा पूरा गर्न म र कांग्रेसले दिँदैन्।' संविधानसभा विघटन गर्ने र चुनावमा जाने योजना अघिल्लै दिनमा माओवादी र सरकारले विज्ञ वकिलहरुलाई बोलाएर सरसल्लाह गरेको खबर पाएकाले पनि माओवादी प्रति कोइराला निकै आक्रोशित थिए।   मधेसी जनअधिकार फोरम, लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदारसमेत संविधानसभालाई व्यवस्थापिका संसदमा रुपान्तरित गर्न नहुने भन्दै थिए। माओवादीकै प्रस्तावमा हो मा हो मिलाउँदै गच्छेदार पनि बोल्न थालेपछि संविधानसभा विघटन गर्ने दाउामा माओवादी र मोर्चा रहेको बुझ्न कांग्रेस र एमालेलाई गाह्रो भएन । कोइरालाले प्रचण्डलाई सवैका सामु हप्काउन थालेपछि प्रचण्ड सभामुखको कार्यकक्षको बैठक छोडेर हिंडेका थिए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक