20120607

कुनै गल्ती नै नगरि बलात्कार र हत्या जस्तो गम्भीर आरोपमा त्यो पनि बिदेशी जेलमा जीवनका उर्जाशिल १५ बर्ष बिताएका नेपाली गोविन्दप्रसाद मैनालीले अन्ततः १५ बर्षपछि आंशिक न्याय पाए



- प्रकाश पौडेल माइला /शन्देश  पोखरेल
कुनै गल्ती नै नगरि बलात्कार र हत्या जस्तो गम्भीर आरोपमा त्यो पनि बिदेशी जेलमा जीवनका उर्जाशिल १५ बर्ष बिताएका नेपाली गोविन्दप्रसाद मैनालीले अन्ततः १५ बर्षपछि आंशिक न्याय पाएका छन् । सन् १९९७ मा एक यौनकर्मी महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा जापानको उच्च अदालतबाट आजीवन कारावास सजायँ सुनाइएका मैनाली बिहीवार रिहा भएका छन् । मृतक महिलाको शरिरमा भेटिएका डीएनए नमुनाहरुको परिक्षणबाट हत्यामा मैनाली नभई अरु कसैको संलग्नता रहेको देखिएपछि टोक्यो उच्च अदालतले करिव ११ बर्षप्छि मुद्दा पुनरावलोकन गर्न र मैनालीलाई रिहा गरेर मुद्दा लड्न आदेश दिएको छ । अदालतबाट फर्केलगत्तै मैनाली टोक्योको योकोहामास्थित जेलबाट रिहा भएका छन भने भिषा लगायतका प्रकृया मिलाउन योकोहामा इमिग्रेसन
लगिएको छ । मैनालीलाई जेलमुक्त गर्न सुनाइएको फैसलाविरुद्ध सरकारी वकिलले दर्ता गराएको रिट भने टोक्योको सर्वोच्च अदालतले खारेज गरिदिएको जापानवाट सञ्चालित नेपाली समाचार पोर्टल टोक्यो नेपालले जनाएको छ ।
फैसलालगत्तै नेपालबाट पुगेकी उनकी श्रीमती राधा र दुई छोरी मिथिला र एलिसा हर्षबिभोर भए । जन्मेदेखि बाबुको मायाबाट बञ्चित भएका दुई छोरी बाबु रिहा हुने भएपछि सवैभन्दा खुसी थिए । प्रेम बिबाह गरेर आफ्नो सुखका लागि पैसा कमाउन बिदेशिएका पति १५ बर्षसम्म बिदेशी जेलमा रहँदा हतास भएकी पत्नी राधिकाको अनुहारमा पनि चमक देखिन्थ्यो ।
परिवारका यी सदस्यजत्तिकै खुसी थिए- सुरु देखि नै मैनाली बचाउ अभियानमा लागेका एनआरएन जापानका पूर्व अध्यक्ष राजन प्रधानाङ्ग । जसले मैनालीलाई कानुनी उपचारका लागि सहयोग गर्नेदेखि उनको पत्नी र छोरीहरुलाई आर्थिक सहयोग जुटाउन गएका १५ बर्षमा कुनै थकान महसुस गरेनन् । दाजु इन्द्र र डाँडामाथिको जुनझैं भइसकेको आमा गोविन्द कहिले नेपाल आउलान भनेर कुरेर बसिरहेका छन् । छोराको बाटो कुर्दा कुर्दै गोविन्दका बाबुले केही बर्षअघि प्राण त्यागे ।
                       गोविन्दप्रसाद मैनालीलार्इ न्यायालयले निर्दोष फैसला गरेपछि श्रीमतीका साथमा छोरीहरु
यौनकर्मी महिला वातानावे मारिएको अर्पाटमेन्ट नजिकै बस्ने मैनाली हत्याको अभियोगमा पक्राउ परेका थिए । मैनालीले ती महिलासँग केही दिन पहिले सम्र्पक रहेपनि हत्यामा कुनै संलग्नता नरहेको दावी गरे । टोक्यो जिल्ला अदालतले मैनाली दोषी नरहेको भन्दै रिहा गरेपनि घर फर्किने बेला फेरि उनलाई पक्राउ गरियो पनि टोक्यो उच्च अदालतमा मुद्दा चलाईयो । उच्च अदालतले उनलाई दोषी ठहर गर्‍यो । 
निर्दोष मानिसलाई बन्दी बनाएर मानवअधिकार हनन भएको भन्दै जापानमा तिब्र बिरोध भएको थियो । डिएनए परिक्षणका सवै रिपोर्टमा मैनालीको संलग्नता नदेखिएकाले अन्तिम फैसला पनि उनकै पक्षमा आउने सम्भावना बढि रहेको यसका मैनाली बचाउ अभियानका सदस्य प्रधानाङ्गले जानकारी दिनुभयो ।  उनको पक्षमा फैसला भएमा जापान सरकारले लाखौं डलर क्षतिपूर्ति दिनुपर्ने छ । दोस्रो बिश्वयुद्धपछि जापानमा पुन सुनुवाइको फैसला भएको यो आठौ मुद्दा हो । ३० बर्षको उमेरमा जेल परेका मैनाली अहिले ४५ बर्ष पुगेका छन् ।
हेर्नुहोस् भिडियो

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक