20120607

सर्वोच्च अदालतका बहालबाला वा पूर्व प्रधानन्यायाधिसको नेतृत्वमा चुनावी सरकार गठन गर्न राप्रपा नेपालका अध्यक्ष कमल थापाको माग

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको पछिल्लो अवस्था राजसंस्था फर्काउने उपयुक्त अवसर भएको बताउनु भएको छ । रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा थापाले संविधानसभाको विघटनपछि संविधानसभाको पहिलो बैठकदेखि जेठ १४ गतेसम्मका सबै निर्णय शुन्य भइसकेकोले बैद्यानिक रुपमा मुलुकमा राजसंस्था फर्किसकेको दावी गर्नुभयो । उहाँले भन्नुभयो-’संविधानसभा नै बिघटन भईसकेपछि त्यसको पहिलो बैठक देखि अहिलेसम्म भएका सबै निर्णय शुन्य भईसके । संविधानसभाको पहिलो बैठकले राजसंस्थाको अन्त्य र गणतन्त्रको स्थापनाको निर्णय गरेकोले त्यो निर्णय पनि संविधानसभाको अवसानसँगै समाप्त भयो ।’ पूर्व राजा ज्ञानेन्द्रले मुलुकको पछिल्लो अवस्थाको गम्भीरतापूर्वक अध्ययन गरिरहेको भन्दै उहाँले ज्ञानेन्द्रले जनताको भावनाको पर्खाईमा बताउनु भयो । संवैधानिक र राजनैतिक कुनै पनि आधारमा संविधानसभा अब पुनःस्थापना हुन नसक्ने भन्दै उहाँले त्यसो गरिए अप्रजातान्त्रिक र जनविरोधी काम हुने बताउनु भयो । उहाँले भन्नुभयो-’संविधानसभाको पुर्नस्थापनाको कारण फेरि जागिर खाने बाहेक
केही पनि हुन सक्दैन । राष्ट्रपतिले पनि पुर्नस्थापना गर्न सक्दैनन ।’ काग्रेस र एमालेले मुलुकमा सर्वसत्ताबादको डर देखाएर प्रजातन्त्रको खोलमा फेरि अर्को अधिनायकबाद लाद्न गुटबन्दी गरेको दावी गर्दै थापाले राजासहितको प्रजातन्त्रको जगमा मात्रै सर्वसत्ताबादलाई पराजित गर्न सकिने बताउनु भयो ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन हुनै नसक्ने ठोकुवा गर्दै अध्यक्ष थापाले सर्वोच्च अदालतका बहालबाला वा पूर्व प्रधानन्यायाधिसको नेतृत्वमा चुनावी सरकार गठन गर्न माग गर्नुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक