(संसारका 169 देशमा हरेक दिन पढिने, अमेरिकाबाट प्रकाशित हुने तर संसार भर छरिएर रहेका नेपालीहरुको साझा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक | Send us News, views and press matter on our Email: rampdkhanal@gmail.com )

Great chance to buy home in US !!!

Great chance to buy home in US !!!

20120614

संविधानसभा विघटनपछि पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाटको क्रम बढाए यद्यपि पूर्वराजा स्वयंले भने यस विषयमा मुख खोलेका छैनन् !

पूर्वपञ्चदेखि कांग्रेसका नेताले समेत पूर्वराजालाई भेटेर यस्तो सल्लाह दिए
काठमाडौं बाट प्रकाशित हुने सौर्य दैनिक लेख्छ :  संविधानसभा विघटनपछि पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाटको क्रम बढाएका छन् । उनलाई भेट गर्ने नेताहरूमध्ये अधिकांशले नयाँ परिवेशमा आºनो भूमिका खोज्न सल्लाह दिएको स्रोतको दाबी छ । पूर्वपञ्चदेखि कांग्रेसका केही नेताले समेत पूर्वराजालाई भेटेर यस्तो सल्लाह दिएका हुन् । संविधानसभा विघटन भइसकेको अवस्थामा ‘राजसंस्था’को सक्रियता बढाउनुपर्ने उनीहरूले बताउने गरेका छन् । यद्यपि, पूर्वराजा स्वयंले भने यस विषयमा मुख खोलेका छैनन् । संविधानसभा विघटनपछि उनी ‘पर्ख र हेर’ को अवस्थामा रहेको स्रोतले बतायो । जेठ १४ यता उनी कुनै सार्वजनिक कार्यक्रममा गएका छैनन् भने भेट्न आउनेहरूसँग खुलेर कुरा पनि गर्दैनन् । ‘खाली अरूका कुरा सुन्नुहुन्छ र टाउको हल्लाएर हो, हो भन्नुहुन्छ,’ स्रोतले भन्यो । पछिल्लो समय पूर्वराजालाई भेट्नेमा कमल थापा, लोकेन्द्रबहादुर चन्द, राजेश्वर देवकोटा, दुर्गा पोखरेल, याङकिला शेर्पालगायत केही शाहीकालीन मन्त्री छन् । यसैगरी, कांग्रेसका पूर्णबहादुर खड्का, खुमबहादुर खड्का, तारानाथ रानाभाटलगायतले पनि उनलाई
भेटेको स्रोतको दाबी छ । ‘संंविधानसभा विघटन भइसकेपछि मुलुक ०६२/६३ सालकै अवस्थामा फर्किएको छ । संविधानसभाले गरेको सबै काम स्वत: अवैध भएका छन् । त्यसैले राजसंस्था भूमिकामा फर्कन सक्ने अवस्था बनेको छ,’ भेट््न जानेहरूमध्ये शाहीकालीन मन्त्रीहरू यसै भन्छन् । कांग्रेसका नेताहरूले शाहीकालीन मन्त्रीलेझँै राजासंस्था फर्किसकेको नभने पनि नेपालको भौगोलिक, सांस्कृतिक र धर्म दृष्टिकोणबाट कुनै न कुनै रूपमा राजसंस्था आवश्यक रहेको धारणा राख्ने गरेका छन् ।
नेताहरूलाई भेट गराइदिने र समय मिलाइदिने काम पूर्वराजाको स्वकीय सचिव सागर तिमिल्सिना र मधु तिमिल्सिनाले गरिरहेका छन् । अधिकांशलाई साँझ ७ बजेपछिको समय छुट्टयाउने गरेको स्रोतले बतायो ।
‘संविधानसभाको औचित्य सिद्धिसकेपछि यसले गरेको सबै काम स्वत: खारेज हुन्छ । त्यसैले मुलुक अब ०६२/६३ को स्थितिमा फर्किसकेको छ । यही कुरा मैले सरकारसँगको दर्शन भेटमा राखेँ,’ पूर्वराजाका सहयोगी तथा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले सौर्यसँग भने, ‘सरकारले केही बोलिबक्सेन । खाली टाउको हल्लाएर मात्र सुनिबक्सियो’ ।
स्रोतका अनुसार संविधानसभा विघटनपछि पूर्वराजा थानकोटको एउटा मन्दिरमा जाने कार्यक्रम तय गरिएको थियो । तर, अकस्मात् रद्द गरिएको छ । थानकोट जाने कार्यक्रम संविधानसभा विघटन हुनुभन्दा पहिले नै तय भएको थियो । सार्वजनिक कार्यक्रममा गइसकेपछि संविधानसभा विघटनपछिको स्थितिबारे बोल्नुपर्ने हुन सक्ने ठानेर स्थगन भएको स्रोत बताउँछ । तत्काल कुनै जिल्ला जाने कार्यक्रम पनि छैन,’ स्रोतले भन्यो ।
जेठ २७ गतेको आमसभामा राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजासँग भेट गरेको पुष्टि गरेका थिए । ‘अब केही दिन तपार्इं धैर्य गर्नुहोस् । लाखाँै जनताले तपाईंलाई नागार्जुनबाट नारायणहिटीमा पुर्‍याउनेछन् भनेर मैले भनेको हुँ,’ थापाले भनेका थिए ।
स्रोतका अनुसार संविधानसभा विघटनपछि पूर्वराजा निर्मलनिवासमै छन् । संविधानसभा विघटनपछिको अवस्थालाई उनले अभिरुचिपूर्वक नियालिरहेका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________

यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
_________________________________