20120617

माओवादीले लडाइँ जितेको दाबी गर्दै अन्य राजनीतिक दलहरू सहमतिमा नआएमा महाभारतको अन्तिम तयारी हुने प्रचण्डको चेतावनी

"विद्यमान राजनीतिक अन्योलको अन्त्य गर्न र संविधानसभा निर्वाचन सम्पन्न गर्न सर्वोच्च अदालतका प्रधानन्यायाधीस अथवा पूर्वन्यायाधीसको अध्यक्षतामा स्वतन्त्र सरकार गठन गर्नुपर्ने" : कमल थापा
वैद्य पक्षले “प्रचण्ड” २२ वर्षसम्म नेतृत्व गरेर पूरै असफल भएको भन्दै उहाँहरू सँगसँगै काम गर्ने स्थिति रहेन, त्यसैले  सम्बन्धविच्छेद हुने घोषणा
  माओवादीले संविधानसभाको विघटनपछि शुक्रबार राजधानीमा आफ्नो शक्ति प्रदर्शन गरी अन्य राजनीतिक दलहरू सहमतिमा नआएमा सोही विशाल सभा महाभारतको अन्तिम तयारी हुने चेतावनी दिएको छ। माओवादी अध्यक्ष प्रचण्डले खुला मञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै भन्नुभयो– ‘महाभारत रोक्न अन्तिम प्रयासका रुपमा सभा गरिएको हो। तर अन्य राजनीतिक शक्ति अब आधुनिक सम्झौतामा नआएमा यही सभा महाभारतको अन्तिम तयारीका रुपमा पनि हुन सक्छ।’ उहाँले चुनाव या अन्य विकल्पका लागि सहमति नभई हुँदैन भन्दै पूर्वाग्रही वा आवेगमा नआई नयाँ शिराबाट सहमतिका लागि तयार हुन आ≈वानसमेत गर्नुभएको छ। उहाँले संविधानसभाबाटै संविधान निर्माण गर्नुपर्दछ त्योभन्दा अर्को विकल्प छैन भन्दै जेजति काम भएको छ त्यसबाहेक बाँकी विवादित विषयमा मात्रै शून्यबाट वार्ता प्रारम्भ गरी संविधान बनाउनुपर्नेमा जोड दिनुभएको छ। सहमति भएमा
संविधानसभा पुनःस्थापना या अन्य कुनै पनि विकल्पमा जान सकिन्छ तर संविधानसभाबाहेक अन्य ठाउँबाट संविधान बनाउने कुरा असम्भव हुन्छ भन्दै उहाँले संघीयताको विषयमा माओवादीले राखेको अडान ठीक सावित भएकाले पनि आफूहरूले लडाइँ जितेको दाबीसमेत गर्नुभयो। माओवादी शान्तिप्रक्रियामा आएपछिका सो पार्टीका विगतका सभाहरूभन्दा कमजोर सभाका रुपमा रहेको शुक्रबारको जनसभामा माओवादीको वैद्य पक्षको उपस्थिति थिएन।
अध्यक्ष प्रचण्डले पार्टी उपाध्यक्ष मोहन वैद्य, महासचिव रामबहादुर थापा बादललगायतका नेताहरू पनि यो जनसभामा भएको भए कति राम्रो हुन्थ्यो भन्दै अर्कोतिर भेला गर्दै गर्नुभएका उहाँहरूले त्यहींबाट एकताको प्रस्ताव पारित गरी पार्टी विभाजनलाई रोक्न समेत आग्रह गर्नुभयो। माओवादी संस्थापन पक्षले खुला मञ्चमा कार्यक्रम गर्दै गर्दा माओवादीकै वैद्य पक्ष भने बौद्धस्थित शेर्पा सदनमा राष्ट्रिय भेलाको तयारीमा जुटेको थियो।
प्रधानमन्त्री एवम् पार्टी उपाध्यक्ष डा. बाबुराम भट्टराईले संवैधानिक घेरा नाघेर एमाले कांग्रेसलगायतका दलहरूले विगतमा राजाले असोज १८ र माघ १९ को कदम दोहो¥याएजस्तो गरी राष्ट्रपतिलाई संवैधानिक घेरा नाघ्न दबाब दिइरहेको उल्लेख गर्दै आज प्रधानमन्त्री हटाउनेले भोलि राष्ट्रपति पनि हटाउन सक्नेछन्।
त्यसैले त्यसतर्फ राष्ट्रपति सचेत हुनुहुन्छ भन्ने कुरामा आपूm विश्वस्त रहेको उल्लेख गर्नुभयो ।
उहाँले कानुनी जटिलता भएको र सहमति नगरी चुनाव हुन नसक्ने भएकाले सहमतिका लागि सबै समक्ष आग्रह गर्दै वर्तमान सरकारलाई नै राष्ट्रिय सरकारको रुप दिएर अगाडि बढौं भन्नुभयो। उहाँले संविधानसभाबाट संविधान बन्न नसकेकोमा आफ्नो तर्फबाट माफी माग्दै गर्भमा रहेको बच्चा बीचैमा तुहिँदा ती आमालाई जति पीडा हुन्छ त्यस्तै अनुभूति आफूलाई पनि भएको उल्लेख गर्नुभयो।
उहाँले थप्नुभयो– ‘एउटा बच्चा तुहिए पनि अर्को बच्चाका लागि ती आमा तयार भएजस्तै यो संविधानसभाबाट संविधान नबने पनि अर्को संविधानसभाबाट संविधान बनाउनुको अर्को विकल्प छैन।’ उहाँले राज्यको पुनः संरचनासम्बन्धी विषयलाई पहिले नै टुङ्ग्याउनुपर्ने रहेछ, पछि गरौंला भनी राख्नु गल्ती गरिएछ भन्नुभयो। उहाँले पार्टीमा एकता हुने भए आफू प्रधानमन्त्रीको पद त्याग्नसमेत तयार रहेको जानकारी गराउनुभयो।
पार्टीका अर्का उपाध्यक्ष एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले संघीयतालाई पछि टुङुग्याउने गरी संविधान जारी गरौं भनेर एमाले कांग्रेसले भनेका थिए तर आफनो पार्टीले नमानेकै हो भन्नुभयो। उहाँले संघीयताविनाको संविधान कुनै औचित्य नरहेको दाबी गर्दै अबको चुनौतीलाई चिर्ने संकल्प गर्नुपर्दछ भन्नुभयो। कार्यक्रममा माओवादी स्थायी सदस्य अग्नि सापकोटाले आवश्यक परे फेरि पनि बन्दुक उठाउन तयार हुने बताउनुभयो।
पार्टीका नेता कृण्णबहादुर महराको अध्यक्षतामा भएको कार्यक्रममा जनजाति महासंघका महासचिव आङकाजी शेर्पाले जनजातिका अधिकारलाई असर पार्ने गरी जनजातिकै अन्य मान्छेहरू लागे भने तिनीहरूको जिब्रो थुतेर असनको भुस्याहा कुकुरलाई खान दिने आक्रोशपूर्ण अभिव्यक्ति मात्रै दिनुभएन उहाँले राप्रपा नेपालले आमसभा गरी पूर्वराजालाई पुनस्र्थापना गर्ने कुरा गरेकोमा पार्टी अध्यक्ष कमल थापालाई जेल हाल्ने धम्की दिनुभयो।
पहिचानसहितको संघीय गणतन्त्रात्मक संविधान निर्माणका लागि ऐक्यबद्धता जाहेर गर्न भनी आयोजना गरिएको विशाल सभामा माओवादी नेत्री हिसिला यमीले अबको चुनावमा माओवादीले दुईतिहाइ ल्याउनुपर्दछ भन्नुभयो। कार्यक्रममा मल्ल के सुन्दर, तुलनारायण साह, शशी श्रेष्ठ, पदमलाल विश्वकर्मा लगायतले बोल्नुभएको थियो भने रोचक सांस्कृतिक कार्यक्रमसमेत प्रदर्शन गरिएको थियो।
पहिचान हराएको पार्टीमा बस्नुभन्दा नयाँ पहिचानसहितको पार्टी निर्माण अहिलेको अनिवार्य आवश्यकता भएको भन्दै वैद्य पक्षले पार्टीहरू देश र जनताका निम्ति हुनुपर्नेमा माओवादीका शीर्ष नेताहरूले पार्टीलाई देश र जनताका विरुद्ध प्रयोग गरेकाले त्यो पार्टीमा रहिरहनुको कुनै औचित्य नभएको स्पष्ट पारेको छ।
देशभरिका कार्यकर्तालाई राजधानी बोलाएर वैद्य पक्षले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” २२ वर्षसम्म नेतृत्व गरेर पूरै असफल भएको भन्दै उहाँहरू सँगसँगै काम गर्ने स्थिति रहेन, त्यसैले अब आवश्यक परे सम्बन्धविच्छेद हुने घोषणा गरेको छ।
काठमाडौंको बौद्धस्थित शेर्पा सदन सेवाकेन्द्रमा प्रारम्भ भएको राष्ट्रिय भेलाको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष वैद्यले लामो समयदेखि सञ्चालित दुई लाइन संघर्ष अब गर्न पर्ने स्थिति नहुने भो किनकि जति संघर्ष गरे पनि अध्यक्ष प्रचण्डको पक्ष सुधारिने भन्दा पनि उल्टै पार्टीको नीतिविपरीत निरन्तर जाने गरेका कारण पनि अब सँगै बस्न सक्ने स्थिति करिबकरिब अन्त्य भएको घोषणा गर्नुभयो।
उहाँले वास्तवमा पार्टी फुटको बीउ रोप्ने नेतृत्व पक्ष नै हो भन्दै को एकतावादी र को फुटवादी हो भन्ने सिंगो पार्टी पंक्ति र जनतालाई थाहा भएको उल्लेख गर्दै जसले सबै छोड्दै गयो त्यही नै फुटवादी हो र त्यसको नेतृत्व पार्टी अध्यक्षबाटै भएको बताउनुभएको छ।
प्रचण्ड र डा. बाबुराम भट्टराईजीले पहिचानसहितको संघीयताविरुद्ध सम्झौता गरिसक्नुभएको थियो भन्दै वैद्यले ८ प्रदेश र नाम सीमांकनबिनाको ११ प्रदेशमा सहमति गर्नेले अहिले संघीयताको मसिहा बनेको देख्दा आफूलाई अचम्म मात्र होइन लाज लागेको उल्लेख गर्नुभयो। उहाँको भनाइ थियो– “अहिलेका शीर्ष नेताहरूले यो मुलुकलाई हाँक्न सक्तैनन्। यिनीहरू सत्तालिप्सामा डुबे। कांग्रेस–एमाले सत्ता छोड भन्ने हाम्रा नेताचाहिँ सत्ता नछोड्ने भन्ने यो सत्तालिप्सा नभएर के हो त?”
पहिले शान्तिप्रक्रियाका नाममा जनसेनालाई सिध्याउने काम माओवादीकै शीर्ष नेताहरूबाट भएको भन्दै वैद्यले त्यसपछि जनसेना पनि हरायो संविधान पनि हरायो भन्नुभयो।
देशभरिबाट २ हजार ५ सय राज्य समितिका प्रतिनिधिको सहभागिता रहेको भनिएको भेलामा वैद्यले सत्तालिप्साकै कारण संविधानसभाको हत्या गरिएको भन्दै त्यसको दाहसंस्कार गर्ने काम अध्यक्ष प्रचण्डबाट भएको दाबी गर्नुभयो।
उहाँले संविधानसभालाई जुन दिन अध्यक्ष प्रचण्डले दाहसंस्कार गर्नुभयो त्यसै दिनदेखि एकताको आधार समाप्त भएको भन्दै अब संविधानसभा बिउँताएर वा चुनाव गरेर होइन गोलमेच सम्मेलन गरी अन्तरिम सहमतिको सरकार बनाएपछि मात्र अन्य निकास खोेज्नुपर्छ भन्नुभयो।

पार्टी सचिब सीपी गजुरेलले हिड्दा पनि प्रचण्ड राजनेता रे भन्दै उनले आफैले आफैलाइ राष्ट्रपति पनि घोषणा गर्न पछि परेनन् र त्यसैका लागि सम्पूर्ण पार्टीको नीति सिद्धा
न्त छोडेको आरोप लाउनुभयो। उहाले माओबादी सबै भन्दा भ्रष्ट पनि भएको उल्लेख गर्दै स्वयं पार्टी अध्यक्ष पच्रण्ड धोकेवाज र बाबुराम भटराई सहितको टोली राष्टहित बिपरितको काममा उद्यत भएको बताउनुभयो।
स्थायी कमिटी सदस्य नेत्रबिक्रम चन्दले संबिधानसभाको बिघटन आफैले गर्ने अनि खुलामञ्चमा कार्यक्रम गरेर पश्चात्ताप गर्नु आफैमा हास्यास्पद हो भन्दै पार्टीलाई दलालहरूबाट मुक्त गर्न पनि यो भेलाको आयोजना गरिएको बताउनुभयो। उहाँले माओबादी कसैको सन्दुकको पैसा होइन जसले जे मन लाग्यो त्यसै गरोस् भन्नुभयो। उहाको भनाइ थियो —हामीले धेरै सह्यौं अब सहन सकिन्न। माओवादी महिला नेतृ जयपुरी घर्तीले प्रचण्डतिर लक्षित गर्दै भन्नुभयो— जसले विचार सिद्धान्त सिकायो र साधारण जीबन बिताउनुपर्छ भन्यो उही आज आलिसान महलमा बस्ने ?
माओबादीका अधिकांंश जनबर्गीय संगठनका अध्यक्षसहितका नेताहरू भेलामा सहभागी भएकोले पनि सबैभन्दा ठूलो यही क्रान्तिकारी बिचार समुहसंग भएको जानकारी शुरुमै कार्यक्रम संचालन गर्दै नेता सीपी गजुरेलले गराउनुभएको थियो। नेताहरू सोनाम, देब गुरुङ, हरिभक्त कँडेल, हितमान शाक्य, पम्फा भुसाललगायतका स्थायी कमिटी, पोलिट्ब्युरो तथा केन्दी्रय कमिटी सल्लाहकारसहित ४० प्रतिशत भन्दा बढी नेताहरूको उपस्थिति भएको दाबी पनि सो अवसरमा गरिएको थियो। महासचिब रामबहादुर थापा बादल उद्घाटन सत्रको अन्त्यमा बोल्ने कार्यक्रम थियो तर माइकको खराबीले उहा बोल्नुभएन।
तीन दिने भेलाअन्तर्गत आजदेखि बन्द सत्र चल्ने बताइएको छ।  


संविधानसभा विघटन भएपछि सघन रुपमा आउन थालेका थरीथरीका दबाबले तनावमा पारेको जानकारी गराउँदै राष्ट्रपति डा. रामवरण यादवले नागरिक समाजलाई राजनीतिक सहमतिका लागि दलहरूलाई दबाब दिन आग्रह गर्नुभएको छ।
‘गएको १५ दिन विभिन्न पक्षबाट आएका थरीथरीका दबाब सुनेर बिताउन बाध्य भएको छु, कोही आउँछन्– संविधानसभाको निर्वाचनका लागि सरकारले गरेको सिफारिस स्वीकृत गर भन्छन्, कोही संविधानले मिल्दैन भन्छन्, म दबाबपूर्ण अवस्थामा छु’, राष्ट्रपति डा. यादवले मुलुकका प्रमुख नागरिक समाजका अगुवाहरूको भेलालाई सम्बोधन गर्दै शुक्रबार भन्नुभयो– ‘लोकतन्त्र बचाउन म तपाईंहरूलाई आफ्नो भूमिका सक्रियताका साथ निर्वाह गर्न र राजनीतिक सहमतिका लागि दलहरूलाई दबाब दिन आग्रह गर्दछु।’
डा. वीरेन्द्रप्रसाद मिश्रद्वारा लिखित रिभिजिटिङ द नेपलिज पिस प्रोसेस नामक किताबको विमोचन गर्दै राष्ट्रपति यादवले शीतल निवासमा भेला भएका एक सयभन्दा बढी नागरिक समाजका अगुवा तथा पत्रकारलाई मुलुक असहज परिस्थितिमा परेको जानकारी गराउँदै सहयोगका लागि आग्रह गर्नुभएको हो।
राष्ट्रपति डा. यादवले नागरिक समाजका तर्फबाट पनि सुझावका पोका बोकेर दबाब दिन अगुवाहरू आइरहेको जानकारी गराउँदै दुई धु्रवमा बाँडिएका दलहरूलाई मिलाएर अघि बढ्नुपर्नेमा एकपक्षीय धारणा बोकेर आएकोमा असन्तुष्टि पनि पोख्नुभयो– ‘पद्मरत्न तुलाधरजीको अगुवाइमा श्याम श्रेष्ठ, सुन्दरमणि दीक्षितहरूहरूको ठूलो समूह हालै मात्र मकहाँ निर्वाचनको पक्षमा पैरवी गर्दै आयो, सरकारले संविधानसभाको निर्वाचनका लागि राखेको प्रस्ताव स्वीकार गरिदिनुप¥यो भन्नुभयो।’
राष्ट्रपतिले तुलाधर, दीक्षितलगायतका मानवअधिकारकर्मीकै अगाडि प्रस्ट पार्नुभयो– विश्वमा संविधानसभाको निर्वाचन राष्ट्रिय सहमतिविना कहाँ भएको छ, मलाई देखाउनोस् भनेर मैले भनें, निर्वाचन गर्न अन्तरिम संविधानका आधा दर्जन धारा संशोधन हुनु आवश्यक छ, संशोधन गर्ने व्यवस्थापिका छैन, दलहरूको सहमतिविना निकास निस्कने विकल्प बाँकी छैन।
नेपालको अन्तरिम संविधान २०६३ अनुसार अध्यादेश ल्याएर ऐनसम्मत बनाउन सकिन्छ तर संविधान संशोधन गर्न सकिन्न।
सर्वप्रथम बीपी कोइरालाले नेपालमा संविधानसभाको कुरा उठाएको तर राजा त्रिभुवन र महेन्द्रले त्यसलाई असफल गराएको टिप्पणी गर्दै उहाँले पछिल्लो पटक त्यही विषय माओवादीले सशक्त रुपले उठाएको हुँदा सबै प्रजातन्त्रवादी पार्टीले स्वीकार गरेको पृष्ठभूमि बताउँदै नेपाललाई एक्काइसौं शताब्दी सापेक्ष चिन्तनका साथ अघि बढाउन आग्रह गर्नुभयो। ‘मलाई लाग्दैन कुनै एक जातले अर्को जातलाई शोषण गरेको छ, वास्तवमा सिस्टमले शोषण गरेको हो, जातजातिका आधारमा राजनीति गर्नु सामयिक होइन’ –उहाँले भन्नुभयो।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोग बन्न नसकेको, द्वन्द्वकालका घाइतेहरूको व्यवस्थापनमा ध्यान दिन नसकिएकोमा चिन्तित राष्ट्रपति यादवले चार वर्ष लामो समय लगाएरै भए पनि माओवादी लडाकूको पुनःस्थापना वा व्यवस्थापन भएकोमा केही सन्तोष पनि प्रकट गर्नुभयो। दलहरूको ध्यान संविधान निर्माण र शान्तिप्रक्रियालाई निर्णायक विन्दुमा पु¥याउनेभन्दा सत्ता कसरी हत्याउने भन्ने विषयमा केन्द्रित भएकाले संविधान नबनाई संविधानसभा दुर्घटनामा परेको टिप्पणी गर्नुभयो। दलहरूले यस प्रकारका कमजोरी गरिरहँदा नागरिक समाज पनि विभाजित भएर बसेको वा अकर्मण्य रहेको भन्दै उहाँले आलोचना गर्दै सुझाव दिनुभयो– ‘अब भने देश, जनता र लोकतन्त्रका लागि आपूmलाई सच्याउनुहोस्।’
‘जेठ १४ आउनै लाग्दा मैले संविधानसभाको निर्वाचनमा ८० प्रतिशतभन्दा बढी जनमत पाएका शक्तिहरू– एकीकृत माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका नेतालाई बोलाएर सम्मानित सर्वोच्च अदालतको फैसला स्मरण गराएँ, यही संविधानसभा वा व्यवस्थापिकाबाटै भोलिको बाटो निर्धारण गर्न सम्झाएँ, नत्र भोलि संवैधानिक संकटको स्थिति आउन सक्छ भनेर सतर्क गराएँ, आखिर जे कुराको डर थियो, त्यही भयो।’ उहाँले दलहरू मिलेर आउनु, संविधान संशोधन गर्नु र जनतालाई नयाँ संविधान दिनुको विकल्प नभएको दोहो¥याउनुभयो
हुडेपद्वारा प्रकाशित रिभिजिटिङ द नेपलिज पीस प्रोसेसको विमोचन कार्यक्रममा लेखक डा. मिश्र, एमाले नेता प्रदीप ज्ञवाली, कांग्रेस नेता रमेश लेखक र मानवअधिकारकर्मी चरण प्रसार्इं तथा प्रदीप पोखरेलले पनि सम्बोधन गर्नुभएको थियो।
 
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधानसभा विघटनपछि सबै पार्टीको हैसियत बराबर भएको भन्दै विद्यमान राजनीतिक अन्योलता र शून्यतालाई अन्त्य गर्ने विषयका वार्ताहरुमा आफ्नो पार्टीलाई पनि सहभागी गराउन माग गरेका छन्। पार्टीको काठमाडौँ उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले मुलुकमा प्रजातान्त्रिक व्यवस्थालाई बलियो बनाउन निर्वाचनमा जानैपर्ने उल्लेख गरे। 'लोकतन्त्रमा जनताको अधिकारलाई सुनिश्चित गर्न निर्वाचन जरुरी हुन्छ', उनले भने।
विद्यमान राजनीतिक अन्योलको अन्त्य गर्न र संविधानसभा निर्वाचन सम्पन्न गर्न सर्वोच्च अदालतका प्रधानन्यायाधीस अथवा पूर्वन्यायाधीसको अध्यक्षतामा स्वतन्त्र सरकार गठन गर्नुपर्ने उनको माग थियो।
पार्टीका प्रचारप्रसार विभागका प्रमुख राजाराम श्रेष्ठले संविभानसभाको विघटनपछि निष्पक्ष सरकार गठनका लागि जनदवाव सिर्जना गर्न जिल्ला र क्षेत्रीयस्तरमा पार्टीले आमसभा, अन्तर्क्रिया, प्रशिक्षणलगायतका कार्यक्रम आयोजना गर्ने जानकारी दिए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक