20120624

नेपाली मूलका गैर आवासीय नेपाली कृष्णप्रसाद रेग्मी वेल्जियमको स्थानीय निर्वाचनमा जिल्ला काउन्सिलर पदका लागि उम्मेदवार


प्रेस रिलिज 
नेपाली मूलका गैर आवासीय नेपाली कृष्णप्रसाद रेग्मी {३८ वर्षीय} वेल्जियमको स्थानीय निर्वाचनमा यहाँको शक्तिशाली पार्टीका तर्फवाट जिल्ला काउन्सिलका लागि काउन्सिलर पदका लागि  उम्मेदवार हुनु भएको जानकारी  गराउछौ ।  प्रवासी नेपालीहरुको इतिहासमा नै रेग्मीले वेल्जियममा यहाँको सवै भन्दा ठूलो राजनैतिक दल  NVA (http://www.n-va.be/)  पार्टीका तर्फवाट उम्मेदवारी दिने अवसर पाउनु भएको हो । 
उहाँको नेपालमा घर चितवन जिल्लाको गुज्जानगर गाविस वडा नं ५ शशिनगर हो । सामान्य किसान परिवारमा जन्मनु भएका रेग्मी २००३ वाट लगातार वेल्जियममा वस्दै आउनु भएको छ । उहाँ पत्रकारिता क्षेत्रमा तथा कम्प्युटर सम्वन्धी क्षेत्रमा कार्यरत हुनुहुन्छ । उहाँका श्रीमती र दुइ छोरीहरु सवै वेल्जियममा नै वसोवास गर्दछन । त्रिभुवन विश्वविद्यालयवाट अर्थशास्त्रमा स्नाकोत्तर सम्मको अध्ययन गरेका रेग्मी वेल्जियममा वोलिने फ्रान्स र वेल्जियन डच भाषामा समेत पोख्त हुनुहुन्छ । रेग्मी गैरआवासीय गतिविधिमा समेत संलग्न हुनुहुन्छ । उहाँ अहिले एनआरएनको अन्तराष्टिय समिति अन्तरगतको मिडिया टाक्सफोर्सको  केन्द्रीय सदस्य समेत हुनुहुन्छ । यहाँको स्थानीय निर्वाचन हरेक ६ । ६ वर्षमा हुने गर्दछ ।  छ वर्षका लागि हुने स्थानीय निर्वाचनमा उम्मेदवारी पाउने रेग्मी   गैर आवासीय नेपालीहरुमा पहिलो हो । उहाँलाई वेल्जियमको सवै भन्दा ठूलो राजनैतिक दल एनभिएले कुल २५ सदस्यीय उम्मेदवारमा उहाँलाई पार्टीको ११ वरियात क्रममा राखेको छ । स्मरणीय के छ भने वेल्जियमको निर्वाचन प्रणाली समानूमापतिक  लिष्ट सिस्टमको हो । 

जुन महिनाको २३ तारिखका दिन यस जिल्लामा भएको उम्मेदवार परिचयात्मक कार्यक्रम तथा निर्वाचनको अभियानका क्रममा एनभिए पार्टीका केन्द्रीय पार्टी सभापति  (Bart De wever) वार्थ दे वेभेरले सवै  २५ सदस्यीय उम्मेदवारहरुको परिचय गराउनु भएको थियो ।  रेग्मी लगायत यस पार्टीका सम्पूर्ण उम्मेदवारहरुले जिल्लाको मुख्य क्षेत्रहरुमा निर्वाचन प्रसार प्रसारलाई तिव्रता दिनु भएको छ । 
रेग्मी सो पार्टीको सवै भन्दा पपुलर उम्मेदवारका रुपमा देखिएका छन तल भिडियो हेर्नुहोस । 
हाल सम्म भएका विभिन्न मत सर्वेक्षणहरुमा एनभिए पार्टी सवै भन्दा सशक्त रुपमा देखिएको छ । पार्टीले कम्तिमा ४० प्रतिशत मत मात्र प्राप्त गर्दा पनि रेग्मीको विजय सुनिस्चित जस्तै देखिएको छ । 

वेल्जियममा हाल करिव ५ हजार जति नेपालीहरु वसोवास गरे पनि कानूनी रुपमा करिव २ हजार मात्र नेपालीहरुको तथ्यांक सरकारी निकायमा छ भने करिव एक हजार जतिले मात्र यस पटकको स्थानीय निर्वाचनमा भाग लिन पाउने छन । वेल्जियममा नागरिकता लिइसकेका र वेल्जियन नागरिकहरुलाइ मतदान अनिवार्य छ । मतदानमा प्रकृयामा भाग नलिएमा वेल्जियममा मतदातालाइ आर्थिक जरिवाना लाग्छ ।
त्यसैले वेल्जियम विश्वकै सवै भन्दा धेरै मतदान हुने देशहरु मध्येमा पर्दछ ।


थप तस्विरहरु हेर्नलाई यस लिंकमा स्वागत छ ।

भिडियो भाषा यहाँको वेल्जियन डच भाषा हो । 

दुइ मिनेट ४५ सकेन्डमा हाम्रा पार्टी सभापति तथा वेल्जियमका शसक्त राजनैतिकदल र यहाँको मुख्य विपक्षी दलका नेता Bart de wever ले मेरो उम्मेदवारी घोषणा गरेका छन ।। पुरै नाम पढ्न कति कठिन भएको हो हेर्नुस त ।।।। मेरो उम्मेदवारी घोषणा पश्चात देखिएको उत्साह समेत भिडियोमा हेर्न सक्नुहुने छ । धन्यवाद ।
थप जानकारीका लागि 


सम्पर्क र जानकारी आवस्यक भएमा कृपया तलको सम्पर्क माध्यममा सम्पर्क गर्न सकिने छ ।

धन्यवाद  ।

निर्वाचन परिचालन सचिवालय । 
   
phone no : 0032 484 727 615  
skype :  regmikp
Twitter : @kpregmi

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक