20120630

दुई माओवादी बिच युद्ध शुरु, गोली प्रहार बाट शुरु युद्ध, यि माओवादीले नत जनतालाई शान्ती पूर्वक बाँच्न दिए, न त आफु नै बाँच्ने छन !

 बाढीले बगायो, आगो मा परेर नस्ट भए भन्दै लुकाएका हतियार यसरी निस्किंदैछन ! 
  
एकीकृत नेकपा माओवादीले आफ्ना कार्यकर्तामाथि सांघातिक हमलाहरु सुरु भएको जनाएको छ। पार्टीबाट छुट्टिएर गएको पक्ष (नेकपा-माओवादी)ले नियोजितरुपमा आफ्ना नेता-कार्यकर्तामाथि गोली प्रहार गरेको भन्दै स्थानीयस्तरमा कार्यकर्ता भिडाउने काम रोक्न आग्रह गरेको छ। पार्टी प्रवक्ता दीनानाथ शर्माद्वारा जारी
विज्ञप्तिमा प्रतिक्रियावादीको षड्यन्त्रमा सहभागी भएर आक्रमण नगर्न आग्रह गरिएको छ।

वक्तव्यको पूर्ण पाठ :
प्रेस वक्तव्य करिब दुई हप्ता पहिले अलग्गिएर छट्टै पार्टी घोषणा गरेका मोहन वैद्य समूहले हाम्रो पार्टी एकीकृत ने.क.पा.(माओवादी)का स्थानीय नेता कार्यकर्तामाथि सांघातिक हमलाको शुरुआत गरेको छ। आज दिउँसो उक्त समूहले चितवन जिल्ला, चौबीसकोठीको पश्चिमपट्टि पर्ने त्रिचोकमा गरेको सांघातिक हमला र गोली प्रहारका क्रममा अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य तथा एकीकृत माओवादी चितवन जिल्लाका सचिवालय सदस्य नारायण आचार्य, जिल्ला पार्टी सदस्य उत्तम गुरुङ र पार्टी सदस्य सूर्य तामाङ घाइते हुनुभएको छ।
विद्यार्थी नेता नारायण आचार्यको टाउकोमा रड प्रहारले गम्भीर चोट लागेको छ भने क. उत्तम गुरुङको तिघ्रामा र क. सूर्य तामाङ्गलाई खुट्टामा गोली लागेको छ। हाल उहाँहरूको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।
आज बिहान ९ बजेदेखि नै मोहन वैद्य पक्षधर फुटवादी समूहको एउटा जत्थाले हाम्रो पार्टी एकीकृत ने.क.पा.(माओवादी)को चितवन जिल्ला समितिको कार्यालयमा अनधिकृत रूपमा प्रवेश गरी तनाव र झडपको स्थिति सिर्जना गर्न खोजेपछि एकीकृत माओवादीका तर्फबाट हाम्रो पार्टीका जिल्ला नेताहरुबाट संयमतापूर्वक झडपलार्य पन्छाउने कोशिस भयो। र, पछि स्थानीय प्रहरीले समेत समन्वय गरेपछि तत्कालका लागि रक्तपातको स्थिति रोकियो।
तर पछि एक्कासी १२ः०० बजेतिर हाम्रो पार्टी एकीकृत ने.क.पा.(माओवादी)का जिल्लास्तरीय नेता कार्याकर्ताहरू बाटोमा फर्कने क्रममा चौबीसकोटी पश्चिमपट्टीको त्रिचोकमा आइपुग्दा फुटवादीहरूको आक्रमणकारी समूहले एक्कासी रड र लाठा प्रहार गर्नुका साथै गोली समेत प्रहार गर्‍यो।
एकीकृत ने.क.पा.(माओवादी) उक्त झडप र आक्रमणलाई दुर्भाग्यपूर्ण ठान्दछ र त्यसको भर्त्सना गर्दछ। त्यसैगरी, पार्टी घाइते कमरेडहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ। त्यसैगरी, पार्टी पक्षलाई संयमित हुन र फुटेर जानुभएका समूहका नेतृत्व कमरेडहरूलाई स्थानीय स्तरमा क्रान्तिकारीहरूलाई भिडाएर सिद्धयाउने प्रतिक्रियावादी षड्यन्त्रमा सहभागी हुन छाडेर समस्याको मैत्रीपूर्ण समाधान खोज्न पनि एकीकृत ने.क.पा.(माओवादी) हार्दिक अनुरोध गर्दछ।
१६ असार २०६९
दीनानाथ शर्मा
प्रवक्ता

एकीकृत नेकपा माओवादी र नव गठीत नेकपा- माओवादीका कार्यकर्ताबीच पार्टी कार्यालयमा कब्जा जमाउने विषयमा शनिबार भएको दोहोरो झडपमा गोली चलेको छ। गोली लाग्दा संस्थापन पक्षका दुईजना गम्भिर घाइते भएका छन्। झडपसँगै भएको कुटाकुटमा दुव पक्षका एकदर्जन बढी घाइते भएका छन्।
गोली लाग्नेमा संस्थापन पक्षका उत्तम गुरुङ र सूर्य तामाङ छन्। पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । दुबैको तिघ्रामा गोली लागेको संस्थापनका जिल्ला सह-इन्चार्ज घनश्याम दाहालले बताए । गम्भिर अवस्थामा रहेका उनीहरुलाई वैद्य पक्षले हानेको गोली लागेको दाबी संस्थापन पक्षले गरेको छ।
चितवन प्रहरीले पनि गोली लागेको पुष्टी गरेको छ। गोली लागेका दुबै घाईतेको शनिबार नै अप्रेशन गरिएको प्रहरी प्रमुख भुपालकुमार भण्डारीले जानकारी दिए। तर गोली कसले चलाएको र कहाँबाट झडपमा गोली चल्यो पत्ता नलागेको चितवन प्रहरीले जनाएको छ।

एकीकृत नेकपा माओवादी र नव गठित नेकपा- माओवादीका कार्यकर्ताबीच पार्टी कार्यालयमा कब्जा जमाउने विषयमा शनिबार झडपसँगै कुटाकुट हुँदा एकदर्जन बढी घाइते भएका छन्। दुवै माओवादीले पार्टी कार्यालयको मिटिंग हलमा कार्यक्रम आयोजना गर्ने विषयमा विवाद बढ्दै गएपछि दुबै पक्षले राखेको पार्टीको बोर्ड फालाफालसँगै झडप भएको थियो।
संस्थापनले शनिबार पार्टीकार्यालयमा ३२ जनबर्गिय संगठनको भेला राखेको थियो भने वैद्य पक्षले शनिबारै मजदुर भेला आयोजना गरेको थियो।
गत १३ गते संस्थापनले पार्टी कार्यालयमा जनवर्गिय संगठनको भेला घोषणा गरेलगत्तै वैद्यपक्षले १४ गते पत्रकार सम्मेलन गरी मजदुर भेलाको घोषणा गरेको थियो। पार्टी फुटेदेखिनै पार्टी कार्यालयको विषयमा पटकपटक चितवनका नेता कार्यकर्ताबीच विवाद हुँदै आएको थियो।
सोही विवादले चर्को रुप लिएपछि दुवै कार्यकर्ताहरु सांघातिक कुटाकुट सहितको झडप भएको हो। विवादकै क्रममा संस्थापनले नयाँ पार्टीको बोर्ड निकाल्न खोज्दा वैद्य पक्ष आक्रमणमा उत्रिएको थियो। झडपमा दुवैतर्फ गरी एक दर्जन बढी घाईते भएका छन्।
घाइते हुनेहरुमा एमाओवादी तर्फ रामध्वज डल्लाकोटी, नारायण आचार्य, शंकर महत्तो, उत्तम गुरुङ सूर्य तामाङ लगायत घाईते छन्।
। दाहालले भने, ‘पहिल्यै दुईचारजना मार्ने प्रयास थियो आज कोशिश गरे । हामी उनीहरुले जस्तो गर्दैनौ कानुनी रुपमा जान्छौ।' आफूहरुले कार्यक्रम घोषणा गरेको कार्यालयमा झडपकै उदेश्यले वैद्य पक्षले पनि कार्यक्रम गरेको आरोप उनले लगाए।

पार्टी कार्यालय जहिले पनि संस्थापन पक्षको रहने भन्दै उनले आफुहरुले राखेको पार्टीको बोर्ड हटाउन खोजेपछि झडप भएको बताए।
झडपमा वैद्यपक्षका प्रमेश तिमिल्सीना, लालसिंह थिंङ, मधुर नेपाल, सविता नेपाली, वर्षा सापकोटा, मोदराज न्यौपाने, नरिन तामाङ, राममणी थपलिया, पोषकान्त चापागाईं, मसिनी बम्जन लगायत घाइते छन् । घाइतेहरुको चितवनका विभिन्न अस्पतालमा उपचार भैरहेको छ। पार्टी कार्यालय पहिल्यैदेखि आफूहरुले स्याहार गरेकाले नछाड्ने वैद्यपक्षका केन्द्रिय सदस्य अनिल शर्माले बताए।
‘प्रचण्डका भाई नारायण दाहाल र चित्रबहादुर श्रेष्ठले गुण्डा लगाएर आक्रमण गरेका हुन' , उनले भने, ‘पार्टी कार्यालयबाट भगाउन खोज्ने प्रयासको प्रतिकार मात्र गरेका हौं। '
पार्टी कार्यालयको झडप पछि दुबैपक्षका कार्यकर्ताले पटकपटक एकअर्का माथिआक्रमण गरेका थिए। वैद्य पक्षले बाटो र कार्यालय वरपर संस्थापनका जो भेटिन्छ लखेट्दै कुट्दै गरेका थिए।। नयाँ माओवादीका कार्यकर्ताहरु लाठी र चिर्पट वोकेर प्रदर्शनमा उत्रिएका थिए। झडपका क्रममा आधादर्जन मोटरसाईकलमा समेत तोडफोड भएको थियो। झडप रोक्न प्रहरीले तीनदर्जन बढीलाई नियन्त्रणमा लिएको थियो।
झडप पछि प्रहरीले पार्टी कार्यालय आफ्नो नियन्त्रणमा लिएको छ । थप झडपको आशंकामा कृष्णपुर क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ।
यसअघि संस्थापनले नयाँ पार्टीकालाई कार्यालय छाड्न चेतावनी दिदै पार्टी कार्यालयका कोठाहरुमा तालबन्दी गरेको थियो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक