20120629

तनहुँमा पहिरोले पुरिएर सात, बाग्लुङमा तीन जनाको मृत्यु

 अविरल वर्षासँगै आएको पहिरोले बागलुङ जिल्लाको हटिया गाविस–३ स्थित टेकबहादुर खत्रीको घर पुरिदाँ तीन जना बेपत्ता भएका छन् । गएराति साढे २ बजे आएको पहिरोले घर पुर्दा खत्रीकी श्रीमती ६४ वर्षीया पवित्रा खत्री, सोही घरमा डेरा गरी बस्ने बागलुङ रेश गाविस –८ की २३ वर्षीय लक्ष्मी सुनार र उनका छोरा ३ वर्षीय सुदीप सुनार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । प्रहरी टोली र स्थानीयहरुले अहिले उद्धार गरिरहेको र घटनाको पूर्ण विवरण आउन बााकी रहेको बताइएको छ । बेपत्ताहरुको खोजीका लागि अहिले डोजर लगाएर पहिरो फाल्ने काम भईरहेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।  हटिया गाविसमा रहेको प्रहरी चौकी, हरिचौर ईलाका प्रहरी कार्यालयको प्रहरी टोली लगाएत स्थानीय बासिन्दाहरु उद्धार कार्यमा जुटिरहेका छन् । मध्यरातपछि परेको भीषण वर्षाले गलकोट क्षेत्रका विभिन्न गाविसमा क्षती पुर्‍याएको छ । हटिया गाविसकै वार्ड नं. २ बोहोरागाउामा पनि पहिरोका कारण दुई घर पुरिएका छन् । घर पुरिदाा कुनै मानवीय क्षती नभएको र घरका सदस्यहरु भागेर बााच्न सफल भएको प्रहरीले बताएको छ ।  दुई परिवारका अहिले छिमेकीकोमा आश्रय लिएर बसेका छन् । वर्षासंगैका बाढी र भेलले हटिया बजार पनि
जलमग्न भएको छ । भलबाढी बजार क्षेत्रमा पसेपछि बजारबासीहरु त्रसित बनेका छन् । स्थानीय दरमखोलामा आएको बाढीले हरिचौर गाविसका भैसे स्थिीत एक गोठ बगाउादा दुई भैंसीलाई बाढीले बगाएको छ । त्यसैगरी गलकोट क्षेत्रका विभिन्न ठाउामा गरी सयौं विगा खेतमा रोपिएको धान खेतीमा समेत क्षेति पुगेको स्थानीयले बताएका छन् ।

तनहुँको जामुने १ ट्याम्केमा पहिरोले पुरिएर सात जनाको मृत्यु भएको छ । बिहीबार साँझदेखि परेको अविरल बर्षा पछि राती आएको पहिरोले स्थानीय शाहीबहादुर बिकको घर बगाउँदा उनकी श्रीमति २४ बर्षकी रुपा बिक, छोरी आठ बर्षकी पूणिर्मा बिक र छ बर्षकी  देवीमाया विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सोही पहिरोमा पछि छिमेकीहरु २० बर्षकी शुष्मा विक, उनकी छोरी रेखा विक त्यस्तै १५ बर्षका दुर्गा विक र रुपाकी बहिनी १६ बर्षकी सम्झना विक रहेको बताईएको छ ।
घटना स्थलमा स्थानियबासी तथा प्रहरीले उद्धार कार्य जारी राखेको छ । भने क्षतिको यकिन विवरण पनि आउन बाँकी रहेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक