20120629

एकीकृत माओवादीबाट हालै विभाजन भएको नयाँ माओवादीले के के निर्णय गर्‍यो ?

एकीकृत माओवादीबाट हालै विभाजन भएको नेकपा–माओवादीले केन्द्रीय पदाधिकारी मनोनयन गर्नुका साथै भ्रष्टचारका विरुद्ध र राष्ट्रियताका पक्षमा अभियान सहित संघर्ष गर्ने निर्णय गरेको छ । राजधानीमा तीन दिन सम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले अन्तरिम संयुक्त सरकार बनाउने पक्षमा निर्णय गरेको अध्यक्ष मोहन बैद्य र महासचिव रामबहादुर थापाद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ । नेकपा–माओवादीले गोलमेच सभा, अन्तरिम संयुक्त सरकार र अग्रगामी राजनीतिक निकासको पक्षमा आधार तयार पार्नका लागि संघर्ष संगठित गर्ने निर्णय पनि गरेको छ । उसले राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्नमा प्रचारात्मक संघर्षको अभियान चलाउने छ । भ्रष्टाचारका विरुद्ध भण्डाफोर अभियान समत चलाईने छ । बैठकले उपाध्यक्षमा सिपी गजुरेल, महासचिवमा रामबहादुर थापा, सचिवद्वयमा देव गुरुङ्ग र नेत्रविक्रम चन्दलाई मनोनयन गरेको छ । केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र पोलिटब्युरोका बारेमा भने कुनै निर्णय नगरेको नेकपा–माओवादीले जनाएको छ । विभिन्न राज्यहरुलाई समावेश गरी संगठन ब्युरोहरुको गठन गर्नुका साथै पोलिटव्युरो सदस्यहरुको पनि उसले कार्यविभाजन गरेको छ । पूर्वाञ्चल व्युरो (लिम्बुवान, कोचिला तथा किरात राज्य)को इञ्चार्जमा खड्कबहादुर विश्वकर्मा, मधेश व्युरो (मिथिला, भोजपुरा, अवध)को इञ्चार्जमा प्रतीक, मध्यमाञ्चल ब्युरो
(नेवाः, ताम्सालिङ)को इञ्चार्जमा हितमान शाक्य, पश्चिमाञ्चल ब्युरो (मगराँत, तमुवान) को इञ्चार्जमा बसन्त, सुदूर पश्चिमाञ्चल ब्युरो (सेम, भेक, थारुवान)को इञ्चार्जमा सोनाम, अन्तर्राष्ट्रिय ब्युरोको इञ्चार्जमा धर्मेन्द्र बास्तोला, जनबर्गीय संगठन–मोर्चाव्युरोको इञ्चार्जमा नारायणप्रसाद शर्मा, प्रचार÷प्रसार ब्युरोको इञ्चार्जमा पम्फा भुसाल, युवापरिचालन ब्युरोको इञ्चार्जमा नेत्रविक्रम चन्दलाई जिम्मेवारी दिइएको बैठक पछि जारी विज्ञप्तिमा उल्लेख छ ।
विभिन्न राज्य समितिहरुको गठन गरेको नेकपा–माओवादीले सेती–महाकालीको इञ्चार्जमा ओम पुन तथा सेक्रेटरीमा शरद सिंह, थारुवान इञ्चार्जमा आयाम तथा सह–इञ्चार्जमा सरला, सेक्रेटरीमा अखण्ड, मगरात इञ्चार्जमा सन्तोष तथा सेक्रेटरीमा बाबुराम नेपाली, तमुवान इञ्चार्जमा श्रीनाथ तथा सेक्रेटरीमा यशोदा सुवेदी, नेवाः इञ्चार्जमा दिनेश शर्मा तथा सेक्रेटरीमा भिष्म नियुक्त भएका छन् ।
ताम्सालिङ इञ्चार्जमा पथिक, सह–इञ्चार्जमा अमृता थापा, कुमार दाहाल तथा सेक्रेटरीमा अनिल, जवस इन्चार्जमा जयपुरी घर्ती मगर सेक्रेटरीमा तिलक परियार, अवध इञ्चार्जमा अटल तथा सेक्रेटरीमा शिलु, भोजपुरा इञ्चार्जमा राम आचार्य तथा सेक्रेटरीमा सुवास, मिथिला इञ्चार्जमा कृष्णदेव, सेक्रेटरीमा रोशन जनकपुरी चयन भएका छन् ।
कोचिला इञ्चार्जमा समर तथा सेक्रेटरीमा किरण राई, किराँत इञ्चार्जमा पदम राई, सेक्रेटरीमा दीपेश राई, लिम्बुवान इञ्चार्जमा मौसम, प्रवास इञ्चार्जमा लक्ष्मण पन्त, विदेश इञ्चार्ज मनोजलाई जिम्मेवारी दिइएको विज्ञप्तिमा जनाईएको छ ।
केन्द्रीय कोष तथा लेखा विभागमा सचिव चन्द, अनुशासन एवम् अनुगमन विभागमा हर्क ब. शाही, अन्तर्राष्ट्रिय विभागमा सिपी गजुरेल, स्कुलिङ्ग विभाग तथा केन्द्रीय सल्लाहकार समितिको इञ्चार्जमा मोहन बैद्य, संयुक्त मोर्चाको इञ्चार्जमा सचिव गजुरेल तथा सह–इञ्चार्जमा देव गुरुङ्गलाई समावेश गरी जिम्मेवारी दिइएको छ ।
अर्थ तथा कानून लगायतका अध्ययन अनुसन्धानसंग सम्वन्धित विभिन्न विभागहरुको इञ्चार्जमा सचिव गुरुङ्ग, दलित विभाग इञ्चार्जमा खड्कबहादुर विश्वकर्मा, महिला विभागको इञ्चार्जमा पम्फा भुषाल, जातीय क्षेत्रीय विभागको इञ्चार्जमा सुरेश आलेमागर, स्वास्थ्य विभागको इन्चार्जमा रेखा शर्मा, बुद्धिजीवी विभागमा कृष्णध्वज, शिक्षा संस्कृतिमा विभागमा नारायण शर्मा र सहिद वेपत्ता अपाङ्ग सम्वन्धी प्रतिष्ठानको इञ्चार्जमा अध्यक्ष बैद्यलाई जिम्मेवारी दिइएको छ ।
२०६९ साल पौष महिनामा महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको नेकपा–माओवादीले सम्पूर्ण तयारी गर्ने जनाएको छ । केन्द्रीय कार्यलय सचिवको जिम्मा प्रशान्तलाई दिएको विज्ञप्तिमा उल्लेख छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक