20120630

अन्तराष्ट्रिय कलाकार मंच जर्मनी शाखाले नेपालको एतिहासिक बिषयमा बनेको चलचित्र ''दशगजा'' को प्रदर्शन गर्दै

जर्मनीको एतिहासिक शहर मुनिस्टरमा राष्ट्रिय भावनाले ओतप्रोत नेपाली कथानक चलचित्र दशगजा निम्न समय, मिति र स्थानमा प्रदर्शन हुने भएको छ। हालसालै मात्र अन्तराष्ट्रिय कलाकार मंच जर्मनी शाखा गठन भएको र सो शाखाको नयाँ कार्यसमितीले नेपालको एतिहासिक बिषयमा बनेको चलचित्र ''दशगजा'' को प्रदर्शन गरि जर्मनीमा रहेका नेपाली र नेपालीका दोस्रो पुस्ताहरुलाई पनि नेपाल सम्बन्धि यस फिल्मको कथावस्तुको जानकारी हेतु कार्यक्रमको आयोजना गर्न लागेको यस अन्तराष्ट्रिय कलाकार मंच जर्मनी शाखा का महासचिव बेल गुरुङ्ले बताउनु भएको छ। बिदेशमा रहेर पनि
नेपाली कलासंस्कृतिलाइ जगेर्ना एवम प्रबर्धन गर्न खोलिएको कला संग सम्बन्धित ब्यक्तिहरुको यस साझा मंचले जर्मनीको यस नयाँ कार्यसमिती आफ्नो कार्यकालको सुभारम्भ- ‚‘‘नेपाल र नेपालीको पहिचान कलासंस्कृतिलाई जर्मनीमा दिलोज्यान लगाएर सधैं भरी प्रवर्धन गर्न बिषेश योगदान पुर्याउनु हुने‘‘ जर्मनीमा रहनु भएका आफु भन्दा अग्रज बरिष्ठ ब्यक्तिहरुको बिशेष सम्मान कार्यक्रम बाट सुरु हुने जानकारी पनि मंचका महासचिवले जानकारी गराउनु भयो। साथै अन्तराष्ट्रिय कलाकार मंच केन्द्र बाट यस जर्मनी शाखा अनुमोदन भए पश्चातको २ हफ्ता लगतै राखिएको यस किसिमको कार्यक्रम भन्दा अगाडि सोहि दिन यस मंच को जर्मनी शाखाको कार्यसमितीको पहिलो आधिकारीक बैठक पनि बस्ने जानकारी गराउनु भएको छ। यस कार्यसमितिको पहिलो आधिकारिक बैठकमा जर्मनी शाखा गठन हुनको लागी बोलाईेको भेला मा उपस्थित हुन नपाउनु र संगठनमा रहि काम गर्न इच्छुक अनि छुट्नु भएका जर्मनी भित्रका कला संग सम्बन्धित  ब्यक्तिहरुलाई पनि समेटर कार्यसमितिको बिस्तार गर्ने उदेश्य रहेको महासचिव  गुरुङ्ले जानकारी दिनु भएको छ।
कार्यक्रम पहिलो, दोस्रो र तेस्रो चरण मा हुने छ। पहिलो चरणममा कार्यसमितीको बैठक , दोस्रो चरणमा स्वागत मन्तब्य, बिषेश अतिथी आसन ग्रहण र सम्मान कार्यक्रम साथै मंच बाट छोटो बिषेश प्रस्तुति रहने छ भने तेस्रो चरणमा नेपाली चल्चित्र ''दशगजा'' को प्रदर्शन हुने छ। 
अन्तराष्ट्रिय कलाकार मंच जर्मनी बाट यसरी आयोजना हुन ग ईरहेको पहिलो कार्यक्रम र फिल्म प्रदर्शनीमा फिल्म संग सम्बन्धित नेपालका कलाकारहरुको पनि प्रत्यक्ष उपस्तिथि रहने साथै अन्तराष्ट्रिय कलाकार मंच युरोप महाशाखाका पदाधिकारीहरुको पनि बिशेष उपस्तिथि रहने जानकारी दिनु भएको छ।साथै मंचको तर्फ बाट इच्छुक जर्मनी निवासी नेपाली महानुभावहरुलाई यसै सुचनालाई आधार मानेर कार्यक्रममा उपस्थिति हुनको लागि सुचित पनि गर्दछ।
 
Date: 7 July 2012
Time : 16:00 Uhr

Die Brück
Internationales Zentrum der WWU Muenster
Wilmergasse 2, 
48143 Muenster
(Tel : »Die Brücke«  (0251) 83-22229


Organizer
International Artist Forum
Germany Branch
आयोजक :
अन्तराष्ट्रिय कलाकार मंच
जर्मनी 
Info: 01744653494 / 01737129319

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक