20120619

जब नयाँ माओवादी पार्टी गठन सँगै ॠषि धमलाले बैद्यलाई प्रचण्ड र बाबुरामको भाषामा ३ प्रश्न गरे बैद्यका कार्यकर्ता ॠषि धमला बिरुद्ध यसरी नाराबाजी र हुटिङ गरे हेर्नुस् भिडियो !


माओवादीबाट फुटेर बनेको नेकपा, माओवादीले संसदीय व्यवस्था नमान्ने बताएको छ ।नयाँ पार्टी गठन गर्दै सम्पन्न भएको राष्ट्रिय कार्यकर्ता भेलाको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेकपा माओवादीका अध्यक्ष मोहन बैद्य किरणले लोकतान्त्रिक गणतन्त्र र संसदवाद आफूहरुलाई स्वीकार्य
नभएको बताउनु भयो । ‘संसदवादका विरुद्ध नयाँ जनवादी क्रान्ति गर्न जाने हो’ उहाँले भन्नुभयो-’संसदवादलाई हामी मान्दैनौं । नेपालमा नयाँ जनवादी गणतन्त्रको स्थापनाका निम्ति लाड्छौं ।’ नयाँ जनवादी गणतन्त्रका लागि आवश्यक परे जनविद्रोह समेत गर्न तयार रहेको उहाँको भनाई छ ।

अब राज्यसँग सम्वन्ध विच्छेद गरेर आफ्नै जनसत्ता बनाउने, जनयुद्ध गर्ने हो भन्ने प्रश्नमा बैद्यले भन्नुभयो-’आवश्यक पर्‍यो भने जनविद्रोह, जनयुद्ध जे पनि हुनसक्छ । जनताले चाहनु पर्‍यो जे पनि हुनसक्छ ।’ बैद्यले तत्काल आफूले विद्रोहको सम्भावना नदेखेको भन्दै लामो तयारी गरेर मात्र जनविद्रोहमा जानु पर्ने बताउनु भयो । ‘हामीले बाराम्बार जनविद्रोह भन्दै आएको छौं । तर, अहिले नै ठिक ढंगले जनविद्रोह हुन सम्भावना त छैन तर, लामो तयारी पश्चात जनविद्रोहको माध्यमबाट जनक्रान्तिमा जानुपर्छ ।’

अहिलेका दलहरुसँग रातदिन झगडा गरेर संविधान बन्नाउन नसक्ने भन्दै बैद्यले जनताले नै संविधान बनाउने बताउनु भयो । ‘यो प्रक्रियाबाट संविधान बन्दैन । संविधानसभा पुनःस्थपना र नयाँ निर्वाचन गलत हो । गोलमेच सम्मेलनबाट कसरी जाने भनेर निकास खोन्नुपर्छ’ उहाँले भन्नुभयो-’यदि संविधान बन्दैन भने संघीयता पक्षधरहरुले स्थानीय रुपमा सत्ता बनाउने तिर लाग्नुपर्छ । जनताको पक्षमा सरकार नभई संविधान बन्ने कुरा बाहियात हो ।’ नयाँ पार्टी दर्ता गर्नु हुन्छ कि हुन्न भन्ने प्रश्नमा पनि बैद्यले प्रष्ट जवाफ दिनुभएन । ‘आवश्यकता अनुसार दर्ता गर्न पनि सक्छौं, आवश्यक भएन भने दर्ता नगर्न पनि सक्छौं’ उहाँले भन्नुभयो-’संसदबादबाट जनताका समस्या समाधान हुन सक्दैन भन्नेमा प्रष्ट छौं ।’

कांग्रेस-एमाले गठवन्धन र एकीकृत नेकपा माओवादीले मुलुकलाई निकास दिन नसक्ने भन्दै नेकपा, माओवादीका अध्यक्ष बैद्यले आफूहरु स्वतन्त्र धार र तेस्रो शक्ति भएको बताउनु भयो । प्रचण्ड-बाबुराम ननसंशोधनबादी भएको भन्दै उहाँले अहिलेकै अवस्था एकता हुन नसक्ने तर, सच्चिएर आए हुन सक्ने बताउनुज भयो । उहाँले भन्नुभयो-’अहिलेकै अबस्थामा प्रचण्डसँगको एकता यही अवस्थामा हुँदैन । प्रचण्डसित हामी जाँदैनौं, प्रचण्ड हामीसित आउनुपर्छ ।’

तपाईहरुलाई राजावादी निकट भनेर आरोप लगाएको छ नि भन्ने प्रश्नमा बैद्यले आफूहरु नभई प्रचण्ड बाबुराम नै भएको बताउनु भयो । उहाँले भन्नुभयो-’ ज्ञानेन्द्रसँग साँठगाठ भन्ने कुरा उठाउनु भयो । प्रमाणित गरेर उठाउनुहोस् । दुई लाइन संघर्षमा बाबुरामले प्रचण्डलाई राजासँग परस्त भनेका थिए भने प्रचण्डले बाबुरामलाई विस्तारबाद पदस्त भनेको थिए । राजा परस्त र विस्तारबाद परस्त मिलेर हामीलाई आक्रमण गरे भन्नुस् ।’ एकीकृत नेकपा माओवादी र नेकपा, माओवादीबीच भिडन्तको अवस्था आउँछ कि भन्ने प्रश्नमा बैद्यले आफ्नो पक्षमा कुनै भिडन्त नहुने बताउनु भयो । ‘हाम्रो पक्षबाट त्यस्तो कुनै प्रकारको भिडन्त हुँदैन र कुनै प्रकारको भिडन्तमा हामी जाँदैनौं’ उहाँले भन्नुभयो-यसमा प्रचण्ड पक्ष गम्भीर बन्नुपर्छ । यदि कसैमाथि बल प्रयोग हुन्छ भने त्यस्तो अवस्थामा जनताले नै प्रतिकार गर्छन् ।’

बाबुराम सरकार ढाल्न कांग्रेस एमालेसँग मिलेर आन्दोलन गर्नुहुन्छ भन्ने प्रश्नमा बैद्यले आफूहरुको सत्ताको विवादमा नफस्ने बताउनु भयो । उहाँले भन्नुभयो-’कांग्रेस-एमालेको आन्दोलन सत्ताका निम्ति छिनाझम्टी हो । बाबुराम सरकार हट्नुपर्छ भन्ने उनीहरुको एक मात्र एजेण्डा छ । बाबुरामको एक सुत्रिय एजेण्डा सत्तामा बस्नुपर्छ भन्ने छ । यो सत्ता लिप्साको विवादमा हामी छैनौं ।’
माओवादीको मूल घरबाट यसअघि छुट्टएिर हिंडेका मातृका यादवले पनि संस्थापन पक्षलाई यसैगरी आरोप लगाएका थिए, जुन अहिले मोहन बैद्य पक्षधरले लगाएको छ । अर्थात प्रचण्ड, बाबुराम पक्षधरले क्रान्तिको बाटो बिर्सेको र संशोधनवादतर्फ लागेको भन्दै यादव ऊबेलै छुट्टएिर हिँडे । तर उनले आफू छुट्टएिको नभै प्रचण्ड र बाबुरामहरु चाहिं मूल घरबाट बाहिरिएको टिप्पणी गरे । त्यसैले उनले पार्टीको नाम पनि यसैगरी जुराए । अर्थात पहिले जनयुद्धताका भनिने नेकपा -माओवादी) । यसो भन्दा आफू चाहिं मूल घरमै रहेको र एकीकृत नेकपा माओवादी चाहिं छुट्टएिर हिंडेको भन्ने अर्थ लगाउने उनको प्रयत्न थियो । तर नामले मात्र हुनेवाला केही थिएन । छुट्टएिर हिंडे लगत्तै मातृका यादव गुमनाम जस्तै भए ।
म्ाातृकाले जे गरेका थिए, अहिले बैद्य पक्षले पनि त्यही गरेको छ । पहिले वैद्यले नयाँ पार्टीको नाम नेकपा क्रान्तिकारी माओवादी राख्ने प्रस्ताव गरेपनि सबैको सल्लाह र सुझावमा नाम नेकपा, माओवादी भन्ने रहन पुगेको छ । यो नाम राख्दा आफूहरु प्रचण्ड र बाबुरामहरु भन्दा क्रान्तिकारी ठहरिने उनीहरुको बुझाई छ । जुन नामबाट पार्टीले जनयुद्ध गरेको थियो, अहिले त्यही नाम राख्दा बढी महत्व पाउनेमा बैद्य पक्षका नेताहरु ढुक्क छन् । अर्थात मातृका यादवले जे गरेका थिए, अहिले बैद्य पक्षले त्यही गरेको छ । भन्दा मातृका यादवकै नामसित मिल्ने, तर लेख्दा चाहिं फरक हुने गरी बैद्य पक्षले नयाँ पार्टीको नाम जुराएको छ ।
मातृका यादव पनि आफूहरुसँग नजिक भएको, अहिले मोर्चामै रहेको र भविष्यमा सँगै हुन पनि सकिने हिसाबले यो नाम राखिएको बैद्य पक्ष निकट स्रोतको भनाई छ । तर नाम जुधेको भन्दै मातृका यादवले बिरोध गरिसकेका छन् । प्रचण्ड र बाबुरामसित छुट्टएिकोमा स्वागत गर्दै उनले नाम जुधाएकोमा भने आपत्ति जनाएका छन् । नाम मिल्दा सहकार्य हुन गाह्रो हुने भन्दै उनले नाम परिवर्तन गर्न पनि आग्रह गरेका छन् । तर बैद्य पक्षले भने भन्दा उस्तै भएपनि लेख्दा फरक हुने भएकाले खासै फरक नपर्ने जिकीर गरेको छ ।
कमा , र कोष्ठ – )
भर्खरै एकीकृत नेकपा माओवादीबाट छुट्टएिको बैद्य पक्षको नाम नेपाल कम्युनिष्ट पार्टी, माओवादी हो । अर्थात नेकपा भनेपछि कमा , राखेर माओवादी झुण्ड्याइएको छ । तर उच्चारणमा कसैले पनि नेकपा कमा माओवादी भन्दैन । भन्दा पनि अप्ठेरो हुन्छ । के भनेको के भनेको जस्तो । कमा राखेपनि नराखेपनि बैद्य पक्षको नयाँ पार्टीको उच्चारण नेकपा माओवादी हुन्छ ।
अब मातृका यादवको पार्टीलाई हेरौं । यादवको पार्टीको नाम हो नेकपा -माओवादी) । यसलाई उच्चारण गर्दा अहिलेसम्म कसैले पनि नेकपा कोष्ठभित्रको माओवादी भनेको छैन । भन्न पनि अप्ठेरो । अर्थात उच्चारण गर्न यादवको पार्टीको नाम पनि नेकपा माओवादी नै हो ।
पछि दर्ता गर्ने बेला त के हुन्छ कुन्नि । अहिले नै नामको उच्चारण गर्दा चाहिं पक्कै अप्ठेरो भएको छ । भन्दा कि बैद्यको नेकपा माओवादी र मातृकाको नेकपा माओवादी भन्नुपर्यो । न त केही फरक अवश्य हुन पर्ला । कि छिटै बैद्य र यादव सँगै बस्ने हिसाबले यस्तो गरिएको हो ? यो भए त ठीकै होला । तर मिलाप भैहालेमा फेरि त्यहाँ पनि फुट आउन्न भनेर कसरी बिश्वास गर्ने । आखिर दुईटा सिंह एकै ठाउँमा त बस्न सक्दैन नि हैन र कम्रेड ? त्यो त तपाईंहरुले नै पुष्टी गरिसक्नुभएको छ ।

एकीकृत माओवादीका पोलिटब्यूरो सदस्य हरिबोल गजुरेलले राजसंस्था समर्थक र भारतीय गुप्तचर संस्था ‘रअ’ सहितका देशी/विदेशी शक्तिहरुले पार्टी फुटाएको आरोप लगाएका छन् ।
रिपोर्टर्स क्लव नेपालले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गजुरेलले बैद्य समूहले १२ बुँदे सम्झौतालाई नै गलत भनेकाले राजसंस्थासहितका शक्तिहरुसँगको साँठगाँठको पुष्टि भएको बताए ।
‘भारतीय गुप्तचर संस्था ‘रअ’ पार्टी एकता भन्दा पार्टी फुटाउनै लाग्ने गरेको विगतको ईतिहास छ,’ उनले भने, ‘बैद्यजीको समूहसँग ‘रअ’को सम्बन्धकाकारणले पनि त्यस्तो कुरा पुष्टि हुन्छ ।’
अन्तर्राष्ट्रिय समर्थन विना कुनै पनि परिवर्तन संस्थागत गर्न नसकिने गजुरेलले बताए ।
उनले भोलिका दिनमा जनताका वीच गएपछि आफ्नो हैसियत बैद्य समूहले थाहाँ पाउने चेतावनी दिएका छन् ।
नेता गजुरेलले बैद्य समूहको पार्टी विभाजनमा कुनै सैद्धान्तिक आधार नभई केवल प्रचण्डप्रतिको आक्रोस मात्रै भएको आरोप लगाए । उनले पार्टी फुटे पनि मिलेका विषयमा दुई पार्टीवीच कार्यगत एकता हुन सक्ने सम्भावना औल्याए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक