20120621

अनेसासको केन्द्रिय समितीको निर्वाचन परिणाम घोषणा, बधाई छ गीता खत्री, कमला प्रसाई र कृष्ण बजगाई र समस्त उम्मेदवारहरुलाई

साहित्यिक संस्थामा प्यानल बनाएर यसरी चुनाव लड्नु, उमेदवारहरु बिच हिलो छ्यापाछ्याप हुनु, संस्थापक हरुले अभिभाबकत्व राम्रो सँग बहन गर्न नसक्नु, संस्थापकहरुले नै कुनै पक्षको वकालत गर्नु, जथाभाबी सदस्यता बितरण गरेर साहित्य को क नजानेका ब्यक्तिलाई पनि आजिबन सदस्य, सदस्य, सल्लाहकार, ट्रस्टी मा राखेर अनेसास कै बेइज्यत गर्नु कदापी पाच्य हुने कुरा होइनन । नेपाल मदर डट कम सधै यही अडान राख्दछ र अब आयन्दा यस्ता कृयाकलाप नदोहोर्याउन सरोकार वाला हरुसँग आग्रह गर्दछ । यद्यपी अनेसास ले नेपाली साहित्य क्षेत्रमा पुर्याएको योगदान को मुक्त कण्ठले प्रशँशा पनि गर्दछ। यो संस्था अगाडि बढोस् हाम्रो शुभकामना । निर्वाचन मा हार जित स्वाभाबिक हुन्छ । हामी हार्ने जित्ने सबै उमेदवारलाई बधाई दिन चाहन्छौं र यो गरिमामाया संस्था बाँदरको हातमा नरिवल नबनोस है भन्दै सबैलाई समेटेर अगाडि बढ्न नेत्रित्वलाई अनुरोध पनि गर्दछौं । मान्ने नमान्ने सरोकारवालाहरुकै जिम्मा । 
अनेसासको केन्द्रिय समितीको  २०१२-१४ कार्यकालकालागि यही जुन १८ देखि २० तारिखबिच सम्पन्न अनलाइन मतदानमा न्यू योर्क कि साहित्यकार गीता खत्रीको प्यानलै बिजयी भएको छ।  अनेसास निर्वाचन समितीले जुन २० तारिख
मध्यरातपछि अर्थात जुन २१ तारिख बिहान १.७ EST बजे जारी गरेको निर्वाचन परिणामको नतिजाअनुसार अध्यक्ष पदका उम्मेद्वार न्यू योर्ककि साहित्यकार गीता खत्रीले २४१ मत लिएर बिजयी भएकिछिन् भने उनका निकटतम प्रतिद्वन्दी बेलायत निवासी कृष्ण बजगाईले ९३ मत प्राप्त गरेकाछन्। अध्यक्ष पदका अर्की उम्मेद्वार न्यू योर्ककि कमला प्रसाईले ८७ मत लिएर पराजित हुनु परेको छ। यसरी हिसाबले साहित्यकार खत्रीले ५७.२४ प्रतिशत मत ल्याएकिछिन् भने बजगाईले २२.०९ प्रतिशत र प्रसाईले २०.६७ प्रतिशत मत ल्याएकिछिन्। यसपालीको निर्वाचनमा ४५६ आजीवन सदस्यहरु मध्ये ४२१ जनाले निर्वाचनमा भाग लिएको जनाइएको छ जुन कूल आजीवन सदस्यहरुको ७५.८६ प्रतिशत मत खसेको निर्वाचन समितीले जनाएकोछ।





The Winners: L to R: Radheshyam Lekali, Krishu Chhetri, Jagat Rai 'Nabodit', Dr. Bidhyaraj Subedi. Photos courtesy: Gita Khatri, INLS

The Winners: Bhimsen Sapkota, Padam Bishwakarma, Bedraj Basnet, Narayan Adhikari. Photos courtesy: Gita Khatri, INLS, LinkedIn
परिणामअनुसार मतदानबाट बिजयी र निर्बिरोध निर्बाचित केन्द्रिय पदाधिकारीहरुको सूची 
1. अध्यक्ष: गीता खत्री (२४१ मत) (न्यू योर्क)
2. वरिष्ठ उपाध्यक्ष: राधेश्याम लेकाली (निर्विरोध) (नेपाल)
3. क्षेत्रीय उपाध्यक्ष (एसिया): क्रिशु छेत्री (२५४ मत) (म्यानमार)
4. क्षेत्रीय उपाध्यक्ष (युरोप): जगत राई 'नबोदित' (२८५ मत) (बेलायत)
5. क्षेत्रीय उपाध्यक्ष (उत्तर तथा दक्षिण अमेरिका): डा. बिद्याराज सुबेदी (२६५ मत) (फ्लोरिडा, अमेरिका)
6. क्षेत्रीय उपाध्यक्ष (अष्ट्रेलिया तथा ओशियाना): भिमसेन सापकोटा (स्वतन्त्र, निर्विरोध) (अष्ट्रेलिया)
7. महासचिब: पदम विश्वकर्मा (२४३ मत) (कोलोराडो, अमेरिका)
8. सचिब: बेदराज बस्नेत (२७२ मत) (टेक्सास, अमेरिका)
9. कोषाध्यक्ष: नारायण अधिकारी (निर्विरोध) (भर्जिनिया, अमेरिका)

1 comment:

  1. भगवानले प्रतेक व्यक्तिलाई भावना दिएका छन्
    भावना नै साहित्य को जननी हो,
    साहित्यको क थाहा न हुने लाईपनि समेटेर,
    उनको प्रतिभालाई प्रस्फुरण गर्ने मौका दिनै पर्छ जस्तो लाग्छ,
    कि कसो बन्धु? Nigam, NH USA

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक