20120627

लौ खत्तम ! बर्बादै भो नि अब योगा शिबिरमा गएर जबर्जस्ती हास्नेहरुलाइ !


भारतको मुम्बइ उच्च अदालतले बिहान बिहान हाँसेर योगा गर्ने योगीहरुलाई नहाँस्न निर्देशन दिएको छ । शितल जगिङ एसोसिएसन नामक संस्थाले आयोजना गर्ने हाँस्ने योगाका सहभागीको अट्टहासले आफुलाई डिस्टर्ब गरेको भन्दै मुम्बइको शितल तलाउ क्षेत्रका बासिन्दाले उजुरी गरेपछि अदालतले यस्तो आदेश दिएको हो । योगामा सहभागीहरुको अट्टहासले आफु र आफ्नो परिवार तथा समाजका मानिसलाई मानसिक तनाव दिएको तथा होहल्ला सिर्जना गरेको भन्दै अरुलाई हानी पुग्नेगरी हास्नमा बन्देज लगाउन माग गर्दै विनायक सिर्सात नामका व्यक्तिले मुद्दा हालेका थिए । अदालतले अरुलाई असर पुग्नेगरी
नहाँस्न आदेश दिएपनि योगामा सहभागीहरुले पछिल्लो एक सातादेखि हाँस्ने काम बन्द गरेका छन् । स्मरण रहोस् विगत तिन वर्षदेखि त्यस स्थानमा हरेक बिहान हुने योगामा दर्जनौ मानिस जम्मा भएर हाँस्ने, नाच्ने तथा गाउने गर्दथे ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक