20120701

कठै बरा अध्यक्ष छेवाङ शेर्पालामा ए एन ए (ANA) !!!

"वाहिरबाट कोही न आएपनी डालसका शेर्पा लामाहरु बटुलेर सम्मेलन भब्य बनाएर देखाइदिन्छु भन्नुहुने महामहिम अन्तरिम अध्यक्ष छेवाङ शेर्पालामा र १० हजार डलर ठेक्का मा लिने पाशाङ जि को हालत पत्ला भएको छ " भन्छन टेक्सास कै सहभागी हरु । "चालिस हजार नेपाली बस्ने शहर मा भैरहेको सम्मेलन मा करिब एक हजार को हाराहारी मा मात्र सहभागी हुँदा अमेरिका र क्यानाडाका करिब दुई लाख पचास हजार नेपालीको प्रतिनिधित्व भएको कसरी मान्ने खै ? कठै बरा शेर्पालामा ए एन ए !!!" सम्मेलन मै सहभागी हरु यसै भन्दै कुराकानी गरेका भेटिए भन्छन हाम्रा सहयोगी । 
- ए एन ए का सबै संस्थापकहरु द्वारा बहिस्कार
- बरिस्ठ कार्यकारी उपाध्यक्ष हेम पाठक सहित केही अन्य राम्रा मान्छे द्वारा राजिनामा दिएरै बहिस्कार
- अमेरिकामा बस्ने प्रबुद्ध नेपालीहरु द्वारा बहिस्कार
- बोस्टन मा ए एन ए ले पैसा नै नभएको चेक दिएर ए एन ए ले ठगेका, ठगिएका कलाकारहरु द्वारा बहिस्कार
- सम्मेलन मा खाना खुवाउने नेपाली रेस्टुरेन्ट वालाहरु द्वारा बहिस्कार
- अमेरिकामा भएका अन्य संस्थाहरु द्वारा बहिस्कार
- अमेरिकामा सबै भन्दा बढी नेपाली बस्ने डालस शहर, त्यहाका लोकल नेपालीहरु द्वारा बहिस्कार
- बाहिर अन्य शहर मा बस्ने नेपालीहरु द्वारा बहिस्कार
- ए एन ए का हाल सम्मका चौध जना अध्यक्ष मध्ये मात्र एक जना सिमोन ढुंगाना बाहेक सबै अध्यक्ष द्वारा बहिस्कार
- ए एन ए निर्वाचनमा प्रत्यासी सबै द्वारा बहिस्कार
- अमेरिका मा नेपालीलाई नै ठग्ने नेपाली संस्था ए एन ए को बदनामी हद भएपछी
ए एन ए को टेक्सास सम्मेलन पूर्णरुपमा यसरी फलप भएको छ । चार सय कोठा बुक गरेको मा जम्मा ३७ कोठामात्र नेपाली बसे । सम्मेलन वर पर मुस्किलले दुई तीन सय मान्छे होलान, कती गएका पनि त्यहाको हरिबिजोग देखेर हिजै देखी झोला लतार्दै फर्किरहेका देखिन्छन । टेक्सास पनि अर्को बोस्टन हुन बेर छैन । बिचरा अन्तरिम अध्यक्ष छेवाङ शेर्पा जि र सम्मेलन सँयोजक पासाँग शेर्पा का ओठ र तालु सुकेका छन । घाटा कसरी बेहोर्ने भनेर हिजो राती पनि गम्भिर छलफल भएको छ । टेक्सासबाट हेम पाठकले छोडेपनी, अरु सबैले बहिस्कार गरेपनी,  वाहिरबाट कोही न आएपनी डालस का शेर्पा लामाहरु बटुलेर सम्मेलन भब्य बनाएर देखाइदिन्छु भन्नुहुने महामहिम अन्तरिम अध्यक्ष छेवाङ शेर्पालामा र १० हजार डलर ठेक्का मा लिने पाशाङ जि को हालत पत्ला भएको छ । कठै बरा शेर्पालामा ए एन ए !!! असाध्यै राम्रो र ठुलो हल तर हल भित्र बस्ने कोही नभएर पो बर्बाद भयो, हलको बिजोग ! यस् सम्बन्धमा प्रतिकृया माग्न फोन संपर्क गर्दा अन्तरिम अध्यक्ष शेर्पा लामा लगायत कोही पनि संपर्कमा आउन चाहनुभएन ।

छेवाङ शेर्पा लामाजीले नेत्रित्व गरेको ए एन ए (ANA) को टेक्सास सम्मेलन आफै यसरी बोल्छ !

अमेरिका र क्यानाडामा रहेका नेपालीहरुको संस्था भनिने ए एन ए किन यस्तो भए होला हेर्नुस् पहिलो दिन को उदघाटन का केही झलक, अनी आफै मुल्याङ्कन गर्नुस । हामीले थप केही भन्न आबस्यक ठानेनौं ।
हेर्नुस Read More Click गरेर थप तस्बीरहरुका लागि ।










माथिका तस्बीर हाम्रो सहयात्री डिसी नेपाल बाट साभार गरिएको हो ।

1 comment:

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक