20120707

पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार ६६औँ जन्मदिन मनाए

पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार आºनो ६६औँ जन्मदिन मनाएका छन् । पूर्वराजा शाहले शनिबार निर्मलनिवासमा शुभचिन्तकहरूका साथ आफ्नो जन्मोत्सव मनाएका हुन् । शाहलाई जन्मदिनको शुभकामना दिन राजावादीहरू निर्मलनिवास पुगेका थिए । उनीहरूले लाइनमा बसेर शाहलाई पुष्पगुच्छासहित दीर्घायु तथा सुस्वास्थ्यको शुभकामना दिएका दिए । निर्मलनिवास पुग्नेमा शाहीकालीन मन्त्रीहरू र राप्रपा नेपाल र राप्रपाका केन्द्रीय नेताहरू थिए । पूर्वराजालाई शुभकामना दिने लाइन निर्मलनिवास प्रवेशद्वारसम्म थियो । शाहका शुभचिन्तकले निर्मलनिवासभित्र झाँकीसमेत प्रदर्शन गरेका थिए । शुभकामना दिन पुगेका उनका समर्थकहरूले अब केही गर्न सल्लाह दिएका थिए । पूर्वराजाको जन्मोत्सव मनाउन शुभजन्मोत्सव समिति नै गठन भएको थियो । समितिका पदाधिकारी शनिबार पशुपति, गुह्येश्वरी, गणेश मन्दिरलगायत धार्मिक स्थल पुगी पूर्वराजाको दीर्घायुको कामना गरेका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक