20120707

राष्ट्रपति डा. रामवरण यादवले राजनीतिक सहमतिबिनाको बजेट नल्याउन फेरि पनि सरकारलाई सुझाव

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सहमतिमा सरकारले पूर्ण बजेट ल्याएरै छोड्ने दावी
 प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सहमतिमा सरकारले पूर्ण बजेट ल्याएरै छोड्ने दावी गर्नुभएको छ । शुक्रबार प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउन पुगेका चेम्बर अफ कमर्सका प्रतिनिधिसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो–‘ बजेटबिना आथिर्क क्षेत्र अगाडि बढ्न सक्दैंन त्यसैले सबै राजनीतिक दललाई सहयोग गर्न आग्रह गर्न चाहन्छु ।’ प्रधानमन्त्रीको धारणाप्रति कमर्सका प्रतिनिधिहरु पनि सहमत भएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेशकुमार बस्नेतले बताउनुभयो । ‘प्रधानमन्त्रीले आंशिक बजेटले जनतालई राहत दिन नसक्ने भएकाले पूर्ण बजेट नै आवश्यक रहेको बताउनुभयो’, त्यसमा हामीले पनि समर्थथन जनाएका छौं’ –बस्नेतको भनाई थियो । राष्ट्रपति डा. रामवरण यादवले राजनीतिक सहमतिबिनाको बजेट नल्याउन फेरि पनि सरकारलाई सुझाव दिनुभएको छ। राजनीतिक सहमतिबिनाको बजेटले विकासका कामलाई प्राथमिकता नदिने भन्दै यादवले यस्तो सुझाव दिनुभएको हो। बजेट सार्वजनिक गर्ने मिति नजिकि“दै गर्दा शनिबार बजेटका विषयमा छलफल गर्न शीतलनिवास पुग्नुभएका अर्थमन्त्री
वर्षमान पुनस“ग राष्ट्रपति डा. यादवले सहमतिबिनाको बजेटको औचित्य नहुने बताउनुभयो।
सरकारले अध्यादेशबाट पूर्ण बजेट ल्याउने तयारी गरे पनि राष्ट्रपति डा. यादवले सरकारको निर्णय अस्वीकार गर्दै राजनीतिक सहमति कायम गर्न सुझाव दिनुभयो।
राष्ट्रपति डा. यादवले अर्थमन्त्री पुनस“ग अहिलेको अवस्थामा पूर्ण बजेट असम्भव रहेको बताउनुभएको राष्ट्रपति कार्यालय स्रोतले बताएको छ। राजनीतिक सहमति गरेर राज्यको आर्थिक सञ्चालनमा रोकावट नहुने गरी कार्य गर्न र बजेटमा नियमित कार्यक्रमबाहेक नया“ कार्यक्रम नराख्न राष्ट्रपतिले सुझाव दिनुभएको बताइएको छ।
करिब २ घण्टाको भेटघाटमा अर्थमन्त्री पुनले बजेट तयारीका विषयमा राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो। नेपाली कांग्रेस र नेकपा एमालेलगायतका दलहरुले पनि अध्यादेशबाट बजेट ल्याए आफूहरुलाई मान्य नहुने बताउ“दै आएका छन्। 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक