(नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)

20120717

राजतन्त्र पुनर्बहालीको साझा एजेन्डाका साथ पूर्वपञ्चहरूका तीनवटै पार्टीहरू एउटै झण्डामुनि ल्याउने गृहकार्य

पशुपतिशमसेर राणाले नेतृत्व गरेको राप्रपा र सूर्यबहादुर थापाले नेतृत्व गरेको राजपा भने राजतन्त्र पुनर्बहालीको एजेन्डामा आउनै चाहेका छैनन्
राजतन्त्र पुनर्बहालीको साझा एजेन्डाका साथ पूर्वपञ्चहरूका तीनवटै पार्टीहरू एउटै झण्डामुनि ल्याउने गृहकार्यले पछिल्लो दिनमा तीव्रता पाएको छ। कमल थापाले नेतृत्व गरेको राप्रपा नेपाल राजतन्त्र पुनर्बहालीको एजेन्डामा स्पष्ट भए पनि पशुपतिशमसेर राणाले नेतृत्व गरेको राप्रपा र सूर्यबहादुर थापाले नेतृत्व गरेको राजपा भने राजतन्त्र पुनर्बहालीको एजेन्डामा आउनै चाहेका छैनन्। राणा नेतृत्वको राप्रपा र थापा नेतृत्वको राजपाभित्र राजतन्त्र पुनर्बहालीको एजेन्डा बोक्न तीव्र दवाबका साथ धु्रवीकरण सुरु भएको छ। गत बिहीबार राजपाका नेता केशरबहादुर विष्टको धोबीघाटस्थित घरमा बसेको राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका महामन्त्री दिपक बोहोरासमेतका नेता सहभागी बैठकले राजतन्त्र पुनर्बहाली हुने सम्भावनाबारे व्यापक छलफल गरेको थियो। मुलुकको पछिल्लो राजनीतिक परिस्थिति र अन्तर्राष्ट्रिय भूमिका राजतन्त्र पुनर्बहालीको दिशातर्फ देखिएका कारण पनि तीनैवटा पार्टी एकीकृत भई राजतन्त्रको लाइन लिनुपर्ने निष्कर्ष उक्त बैठकले गरेको थियो। यसैगरी, राजतन्त्र पुनर्बहालीका लागि अपनाउनुपर्ने रणनीतिबारे छलफल गर्न गत शुक्रबार पनि राजपाका नेता विष्टको घरमा बैठक बसेको थियो। पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राजेश्वर देवकोटा, दिपक बोहरा, बुद्धिमान तामाङ, जगत गौचनलगायतका नेताहरू
सहभागी बैठकमा नेपाली सेनाका आधा दर्जन पूर्वजर्नेलहरू पनि उपस्थित रहेको समाचार स्रोतले जनाएको छ। राजतन्त्र पुनर्स्थापनाको लाइन लिन अध्यक्षद्वय पशुपतिशमसेर राणा र सूर्यबहादुर थापाले आलटाल गरे उनीहरूलाई किनारा लगाएर अघि बढ्नुपर्ने कुरा बैठकका सहभागीहरूले उठाएका थिए। राणालाई आगामी भदौसम्मको अल्टिमेटम दिने र त्यति गर्दा पनि उनीहरू नमाने आफ्नै तरिकाले अघि बढ्ने विषयमा राप्रपाका लोकेन्द्रबहादुर चन्द, राप्रपा नेपालका कमल थापा र राजपाका विष्टबीच सहमति भइसकेको छ। केही प्रभावशाली नेताहरू भने राप्रपा र राजा दुवैको एकता महाधिवेशनमार्फत नै राजतन्त्र पुनर्बहालीको एजेन्डा पारित गराउने रणनीतिमा छन्।
२०६८ मंसिरमै गर्ने भनिएको यी दुई पार्टीबीचको एकता माहधिवेशन पर सर्दै सर्दै गएर झन् अन्योल बनेको छ। राजतन्त्र पुनर्बहालीको एकता महाधिवेशन टाढिँदै गएको आरोप राजावादीहरूको छ। मंसिरमा हुने भनिएको महाधिवेशन वैशाखमा सारियो, फेरि जेठ १४ पछि गर्ने भनिएको छ, राप्रपाका एक केन्द्रीय सदस्यले भने। उनका अनुसार सूर्यबहादुर थापालई अध्यक्ष र पशुपतिशमसेर राणालाई कार्यकारी अध्यक्ष बनाएर महाधिवेशन अनिश्चितकालका लागि टार्ने रणनीतिमा गणतन्त्रवादीहरू देखिएका कारण कमल थापासँग मिलेर अघि बढ्ने कार्ययोजनामा चन्ददेखि विष्टसम्म, देवकोटादेखि बोहरासम्मका नेताहरू लागेका हुन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________