20120717

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को एक्काइसौं वार्षिक साधारण सभा, १९९ औं भानुजयन्ती समारोह सम्पन्न

फ्लोरिडा जुलाई १६, २०१२, अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को २१सौं वार्षिक साधारण सभा तथा १९९ औं भानु जयन्ती समारोह अमेरिका स्थित फ्लोरिडा राज्यको सुन्दर नगरी वेस्ट पाल्मबीचमा तिन दिने कार्यक्रम सहित यहि २०१२ जुलाई १३, १४ र १५ का दिन सुसम्पन्न भयो । कार्यक्रमको आयोजना अनेसास फ्लोरिडा च्याप्टरको सक्रियतामा भएको थियो | कार्यक्रमको पहिलो दिन (जुलाई १३) अनेसास, फ्लोरिडा च्याप्टरका अध्यक्ष श्री कृष्ण श्रेष्ठको निवासमा
सबै आगन्तुकहरुको परिचय सहित कविता-बाचन कार्यक्रम सम्पन्न भयो | रात्रि भोज सहित आयोजित उक्त साहित्यिक गोष्ठीमा साहित्यकारहरु सुन्दर जोशी, गोबिन्द गिरि "प्रेरणा", ज्ञानेन्द्र गदाल, होमनाथ सुबेदी, गीता खत्री, चुडामणि खनाल, सिर्जना नेपाल, सुमित्रा जोशी, पदम बिश्वकर्मा, नारायण अधिकारि, तुलशी पराजुली, विद्या सुबेदी, गंगा लिगल, मुना पौडेल, प्रकाश नेपाल, सावित्री श्रेष्ठ लगायत स्थानीय कवि /कवयत्रीहरुले आ-आफ्नो रचना पाठ गर्नुभएको थियो | स्थानीय प्रहरी क्लबको हलमा सम्पन्न दोश्रो दिन (जुलाई १४) को कार्यक्रम तिन वटा भागमा बाडिएको थियो | प्रथम चरणमा दिउसो १:०० बजे देखि शुरु भएको अनेसासको २१ औं बार्षिक साधारण सभा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदी र केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र गदालले संयुक्त रुपमा उद्घाटन गर्नुभयो | अनेसासका आजीवन सदस्य, बिभिन्न च्याप्टरका पदाधिकारीहरु, स्थानीय नेपाली संघसंस्थाका प्रतिनिधि, पत्रकार आदिले भरिएको उक्त साधारण सभामा महासचिब गीता खत्रीले पेश गर्नुभएको बार्षिक प्रतिबेदन र अध्यक्ष ज्ञानेन्द्र गदालले पेश गर्नु भएको २०११-१२ को आर्थिक प्रतिबेदन पारित गरियो | कार्यक्रममा स्थानीय संघ-संस्थाका प्रतिनिधि, अनेसासका बिभिन्न च्याप्टर प्रतिनिधिहरुले कार्यक्रम सफलताको निम्ति शुभकामना सहित आ-आफ्नो मन्तब्य प्रस्तुत गर्नुभएको थियो | सोहि कार्यक्रममा साहित्यकार गंगा लिगल द्वारा लिखित "भानुको सम्झनामा" नामक कविता संग्रह बिमोचन पनि गरियो | फ्लोरिडा च्याप्टरका अध्यक्ष कृष्ण श्रेष्ठले संचालन गर्नुभएको उक्त २१ औं साधारण सभाको सभापतित्व अनेसासका अध्यक्ष श्री ज्ञानेन्द्र गदालले गर्नुभएको थियो | उपस्थित सदस्यहरुले अनेसासको बिबिध पक्षमा राखेको जिज्ञासाको यथोचित जवाफ संस्थापक सुबेदी तथा अध्यक्ष गदालले दिनुभएको थियो, अन्तमा अध्यक्ष ज्ञानेन्द्र गदालले आफ्नो कार्यकालको अन्तिम सम्बोधन प्रस्तुत गर्दै कार्यक्रमको विधिवत समापन गर्नुभयो |

Dinner पछि साँझ ६:०० बजे शुरु भएको दोश्रो चरणको कार्यक्रममा २०१०-१२ कार्यकालको बिभिन्न कार्यक्रमको जिम्मेवारी लिई सम्पन्न गर्ने संयोजकज्यूहरु, बिभिन्न समितिमा रही जिम्मेवारी पुरा गर्ने समितिका संयोजक एवं सदस्यज्यूहरुलाई अध्यक्ष ज्ञानेन्द्र गदालले धन्यबाद सहित प्रशंसापत्र प्रदान गर्नुभयो | यसरि प्रशंसापत्र पाउनेहरुमा देवकोटा जयन्ति संयोजक (२०१०) शरद निरौला, देबकोटा जयन्ति संयोजक (२०११) गीता खत्री, भानु जयन्ति तथा २० औं बार्षिक साधारण सभा, कोलोराडो संयोजक (२०११) पदम बिश्वकर्मा, भानु जयन्ति तथा २१ औं बार्षिक साधारण सभा, फ्लोरिडा संयोजक(२०१२) कृष्ण श्रेष्ठ, दोश्रो अन्तराष्ट्रिय साहित्य सम्मेलन, बेलायत संयोजक (२०११) जयालक्ष्मी राई, सिद्धिचरण जयन्ति, washington DC संयोजक(२०१२) प्रकाश नेपाल, बार्षिक साधारण सभा विशेषांकका लागि संयोजक(२०११,२०१२) गोबिन्द गिरि "प्रेरणा", तेश्रो NRN Global Conference का बेला अनेसास साहित्य महोत्सव, काठमाडौँ (२०११)का संयोजक राधेश्याम लेकाली, अनेसास आजीवन सदस्य अद्यावदिक समिति (२०११) का संयोजक राम खत्री, अनेसास बिधान संसोधन समिति (२०११)का सदस्यहरु भिम कार्की, सुन्दर जोशी, भारती गौतम तथा अनेसास निर्बाचन समिति (२०१२) का सदस्यहरु एच. बि. भण्डारी, बिमल नेपाल, धनीराम सापकोटा, प्रकाश पौडेल, उमा सुबेदी लगायत चुनाब पर्यबेक्षक समितिका सदस्यहरु डा. भीम कट्टेल, मोहन सिटौला र खेम भट्टचन आदि हुनुहुन्थ्यो | त्यसै गरि अध्यक्ष गदालद्वारा अनेसासका स्थानीय आजीवन सदस्यहरुलाई प्रमाण पत्र समेत प्रदान गरीयो |

धन्यबाद तथा प्रशंसापत्र वितरण पछि निर्बाचन आयुक्त धनीराम सापकोटाले निर्बाचन परिणाम घोषणा गर्नुभयो | कार्यक्रममा उपस्थित नव निर्बाचित पदाधिकारीहरु गीता खत्री (अध्यक्ष), डा.बिद्याराज सुबेदी (उपाध्यक्ष अमेरिका), पदम बिश्वकर्मा (महासचिब) नारायण अधिकारि (कोषाधक्ष) skype मा उपस्थित बरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली, क्रिशु क्षेत्री(उपाध्यक्ष एसिया), बेदराज बस्नेत (सचिब) आदिलाई आयुक्त बिमल नेपालले पद तथा गोपनियताको सपथ ग्रहण गराएपछी सबै पदाधिकारीहरुलाई पदीय प्रमाणपत्र समेत प्रदान गरियो | अध्यक्ष ज्ञानेन्द्र गदालले नवनिर्वाचित अध्यक्ष गीता खत्रीलाई बधाई ज्ञापन गर्दै दोशल्ला ओढाई अनेसासको प्रतीकको रुपमा धातुको सरस्वतीको मुर्ति प्रदान गर्नु भयो भने नवनिर्बाचित अध्यक्ष खत्रीले श्री गदाललाइ अनेसासको हित चिताई सफल पूर्बक कार्यकाल पूरा गरे बापत प्रशंसापत्र (Plaque) प्रदान गर्नुभयो |

साँझ :३० बजे शुरु भएको कार्यक्रमको तेश्रो चरणमा बिबिध सांस्कृतिक कार्यक्रम सहित कृष्ण श्रेष्ठद्वारा लिखित तथा निर्देशित भानु नाटक मन्चन गरिएको थियो | कार्यक्रममा स्थानीय कलाकारहरुको गायन, नृत्य प्रश्तुत गरिनुका साथै फ्लोरिडा च्याप्टरले संचालन गरेका नेपाली पाठशालाका विद्यार्थीहरुले राष्ट्रिय गान समेत प्रश्तुत गरेका थिए | अन्तमा नेपालका ख्यातिप्राप्त हास्यकलाकार मनोज गजुरेलबाट रोचक एवं विचारोत्तेजक हास्यव्यंग्य प्रस्तुत गरियो |

समारोहको तेश्रो अन्तिम दिन (जुलाई १५ )सबै साहित्यकार हरुलाई बिभिन्न ठाउंहरुको दृश्यावलोकन गराउनुका साथै फ्लोरिडाको अर्को सुन्दर नगरी मायामीमा साहित्यिक भ्रमणका लागि लगियो | साहित्यिक भ्रमण मायामीमा साहित्यकार ज्ञानेन्द्र गदाल, गोबिन्द गिरि प्रेरणा, गंगा लिगल, जनक लिगल, कृष्ण श्रेष्ठ, श्रीहरि श्रेष्ठ, धनीराम सापकोटा, पदम बिश्वकर्मा, मुना पौडेल आदि सम्मिलित हुनुहुन्थो | सो भ्रमणका बेला सबैले -आफ्ना रचना पाठ गर्नुका साथै गीत तथा भजन समेत गएका थिए |

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास
प्रेस बिज्ञप्ति

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को एक्काइसौं वार्षिक साधारण सभा, १९९ औं भानुजयन्ती समारोह तथा नब-निर्बाचित कार्यकारिणी समितीका पदाधिकरीहरुको सपथ ग्रहण कार्यक्रम यही जुलाई  १४, २०१२ मा  वेष्ट पाल्म बीच, फ्लोरिडा (अमेरिका) मा भब्यताकासाथ सुसम्पन्न भयो अनेसास, फ्लोरिडा च्याप्टरको संयोजकत्वमा सम्पन्न भएको साधारण सभाको पहिलो चरणमा अनेसास, कार्यकारीणी समिती तथा बोर्ड अफ ट्रस्टीका वार्षिक प्रतिबेदनहरु प्रस्तुत गरिएको थियो । वार्षिक साधारण सभाको उद्घाटन अनेसास अध्यक्ष श्री ज्ञानेन्द्र गदाल तथा अनेसास बोर्ड अफ ट्रस्टी अध्यक्ष श्री होमनाथ सुबेदीले गर्नु भएको थियो । साथै, कार्यक्रममा बिभिन्न भाषा तथा साहित्यप्रेमी स्रस्टाहरुले कार्यपत्रहरु प्रस्तुत गर्नुभएको थियो ।

अनेसास, फ्लोरिडा च्याप्टरले आयोजना गरेको उक्त समारोहमा अनेसास, निर्वाचन आयोग २०१२ को तर्फबाट सदस्यव्द्य श्री बिमल नेपाल तथा श्री धनीराम सापकोटाले निर्वाचनको नतिजा तथा बिजयी पदाधिकारीहरुको नामाबली उद्घोषण गर्नुको साथै उहांहरुलाई पद अनुसारको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा नब-निर्बाचित अध्यक्ष श्रीमती गीता खत्रीले प्रमुख  निर्वाचन आयुक्त श्री  एच्. बी. भण्डारी एबं आयोगका सदस्यहरु लगायत मतदाताहरु तथा सम्पूर्ण साहित्य 
प्रेमी महानुभाबहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो   साथै अध्यक्ष श्रीमती  खत्रीले नब-निर्वाचित कार्यकारीणी समितिलाई  सहयोग बधाई प्रदान गर्ने सम्पूर्ण महानुभाबहरु, संघ-संस्थाहरु तथा  समारोह संयोजक फ्लोरिडा च्याप्टरका अध्यक्ष श्री  कृष्ण श्रेष्ठ लगायत च्याप्टरका अन्य साथीहरुलाईलाई धन्यवाद दिनु भएको थियो अनेसासको नव-निर्वाचित कार्यकारीणी समितिलाई उत्तर अमेरिकी साहित्य प्रतिस्ठानको तर्फबाट श्री सुन्दर जोशीले र विश्व साहित्य महासंघको तर्फबाट संघका उपध्यक्ष श्री  गोबिन्द गिरी 'प्रेरणा'ले बधाई ज्ञापन गर्नुभएको थियो । उहांहरुले अनेसास नयाँ कार्यसमितिले आगामी दिनहरुमा बिभिन्न समस्याहरु समाधान गर्दै जानुपर्ने र
त्यसको लागि शुभकामना समेत दिनु भयो । त्यसैगरी, नयाँ कार्यसमितिलाई अनेसास, फ्लोरिडा च्याप्टर, डी. सी. च्याप्टर,  ह्युस्टन च्याप्टर, कोलोराडो च्याप्टर, नासा (नेप्लिज एसोसिएसन इन साउथ वेष्ट अमेरिका ), फ्लोरिडा एसोसिअसन अफ नेपाली सोसाइटीज (फ्यान्सफ्लोरिडा  नेपाल एसोसिअसन आदी संस्थाहरुले बधाई ज्ञापन   गरेका थिए

 कार्यकारीणी समितिको तत्कालिन तथा दीर्घकालिन कार्य योजनाहरु तथा तीसंग सम्बन्धित समितिहरुको बारेमा प्रस्तुती अनेसास क्षेत्रीय उपाध्यक्ष ( उत्तर अमेरिका ल्याटीन अमेरिका डा. बिद्याराज सुबेदीले गर्नुभएको थियो भने आगामी दुइबर्षे कार्यकालको संक्षिप्त  मार्ग चित्र महासचिब श्री पदम विश्वाकर्माले गर्नुभएको थियो उक्त कार्ययोजनाहरु तथा मार्ग चित्र साधारण  सभाले सर्बसम्मतिबाट पारित गरेको थियो कार्यक्रममा निबर्तमान अनेसास अध्यक्ष श्री ज्ञानेन्द्र गदालले बर्तमान अध्यक्ष श्रीमती गीता खत्रीलाई सांकेतिक चिन्ह स्वरुप सरस्वतीको मूर्ती प्रदान गर्नु भएको थियो भने गीता खत्रीले निबर्तमान अध्यक्ष श्री गदालज्यूलाई दुई बर्षे सफल कार्य कालको निम्ति प्रसंसापत्र प्रदान गर्नुभएको थियो । समारोहमा अनेसासका नयाँ आजीबन सदस्यहरुलाई निबर्तमान अध्यक्षले सदस्यताको प्रमाणपत्र बितरण गर्नुभएको थियो । साथै, यस कार्यक्रममा अनेसास, केन्द्रिय कार्यालय र फ्लोरिडा च्याप्टरको बीचमा एक सम्झौता पत्रमा पनि हस्ताक्षर गरियो जस अनुसार नेपाली पाठशाला संयोजन तथा बिस्तार समितिको नेत्रित्व केन्द्रिय कार्यालयको तत्वबधानमा फ्लोरिडा च्याप्टरले गर्नेछ ।

समारोहमा नेपाली भाषा साहित्यमा आदि कबि भानुभक्त आचार्यको  योगदान बारे चर्चा गरिनुको साथै बिभिन्न कबि- कवयित्रीहरुले  -आफ्नो कबिता बाचन गर्नु भएको थियो साथै, बिभिन्न नेपाली भाषा, साहित्य, संस्कृति, संगित तथा कला प्रेमीहरुको विशेष उपस्थिती रहेको उक्त समारोहमा अनेसास, फ्लोरिडा च्याप्टर पाठशालाका बालबालिकाहरुले नेपाली गीत तथा न्रित्य प्रस्तुत गरेका थिए भने हास्य कलाकार श्री मनोज गजुरेल लगायत अन्य कलाकारहरुले हास्यब्यंग, गीत तथा नृत्य प्रस्तुत गरेका थिए १९९ औं भानु जयन्ती तथा एक्काइसौं वार्षिक साधारण सभा अनेसास फ्लोरिडा चाप्टरको आयोजनामा भब्यरुपमा सम्पन्न भएकोमा सहभागी एबं अतिथिहरुले फ्लोरिडा चाप्टरको बिशेष प्रंसशा गर्नु भएको थियो  
अन्य फोटोहरुको लागि तलको लिन्कमा क्लिक गर्नुहोला /


-Gita Khatri

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक