20120717

नयाँ नेपाल र गणतन्त्रका नाममा यसरी लुटिंदै छ देश !

सरकारले पूर्व पदाधिकारीहरुलाई आजीवन सुविधा दिन बनेको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले पूर्व राष्ट्रपतिदेखि गृहमन्त्रीसम्मलाई आजीवन गाडी, इन्धन, आबास सुविधा दिन बसेको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि जारी भएको अध्योदशको समय साउन ६ गते सकिँदैछ । मन्त्रिपरिषद्को बैठकले देशबाहिर रहेका मतदातालाई मताधिकार दिनेबारे अध्ययन गर्न निर्वाचन आयोगको टोलीलाई विदेश पठाउने निर्णय गरेको भूमिसुधारमन्त्री चन्द्रदेव जोशीले जानकारी दिनुभयो । आयोगका आयुक्त दोलखबहादुर गुरुङको नेतृत्वमा एक टोली फिलिपिन्स, अर्का सदस्य अयोधिप्रसाद यादवको नेतृत्वमा एक टोली थाइल्याण्ड र आयोगका सचिव शंकर कोइराला नेतृत्वको
टोली गणतन्त्र कोरिया जाने अनुमति दिएको छ । मन्त्रिपरिषद्को बैठकले न्याय आयोगको सिफारिसमा सहसचिव राजेन्द्रकिशोर क्षेत्रीलाई सचिवमा बढुवा गरी कानुन मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरेको छ । यस्तै सर्वोच्च अदालतका सहरजिष्टार रोहितचन्द्र शाहलाई रजिष्टारमा बढुवा गरेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक