(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20120718

दुर्घटनामा आफ्ना दुई होनाहार छोराहरु गुमाएका र अहिले सडक दुर्घटना कम गर्न चेतना फैलाइरहेका लक्ष्मी प्रतिस्ठान का अध्यक्ष बिष्णु गौतमको एउटा समसामयिक लेख तपाईंका लागि

सन् २००८ डिसेम्बर २७ साँझ ९ बजे जिन्दगीको अन्तिम फोन भएछ मेरो र छोरो कुमारको विचमा । शुवाङ् छि र्टर्ुसमार्फर्र् २००८ मा अत्याधिक चिनियाँ पर्यटक भित्राउन सफल भई पर्यटन व्यवसाय र समाजसेवामा राम्रो प्रभाव जमाउँदै गरेको जेठो छोरा कुमारले अचानक २८ बर्षो कलिलो उमेरमा तिलगंगा संचारग्राम अगाडि भएको मोटरर्साईकल  दर्ुघटनामा परी ज्यान गुमाउन पुग्यो । त्यसको ९ महिना पछि अमेरिकामा त्यहाँको युनिभर्सिटि टप गरेर विभिन्न अवार्डसहित देशकै नाम उच्च गराउन सफल माईलो छोरो बलराम समेतले सन् २००९ अक्टुवर ३ का दिन २६ बर्षो कलकलाउँदो उमेरमा कार दर्ुघटनामा ज्यान गुमाउन पुग्यो । यसरी एकपछि अर्को गर्दै हामीमाथि बज्रपात परिरहृयो । नियतिका अगाडि हामी निमुखा थियौं, त्यो अकाल मृत्युलाई हामीले रोक्न सकेनौं । छोराहरुको सफलतामा ढक्क फुलेको छाती चोटैचोट खाएर छियाछिया भयो, एउटा हाँसीखुशी परिवार वेदनाको भेलमा बग्यो । चरम दुःखको त्यो क्षणमा हामीले हिम्मतले काम लियौं, शोकलाई
शक्तिमा बदल्न हामीले छोराहरुको सपनालाई काँध चढायौं । दर्ुइ सन्तानको वियोगमा हामीले अरु हजारौं सन्तानका लागि काम गर्ने संकल्पका साथ लक्ष्मी प्रतिष्ठानको स्थापना गर्‍यौं । पवित्र उद्धेश्यमा साथ दिने निस्वार्थ हातहरु, हार्दिक मनहरु पायौं र त दर्ुइ बर्षो छोटो अवधिमा नै हामीले ग्रामिण स्तरमा उल्लेख्य परिणाम हासिल गर्न सकेका छौं । प्रतिष्ठान अघि बढेकोमा हामी खुशि छौं तर छोराहरुको वियोगको पीडा अहिले पनि ताजा नै छ । मेरी पत्नी लक्ष्मीका आँखा सन्तानको सम्झनामा भिजिरहेकै छन्, बुबाआमाको अनुहारको उदासी स्पष्टै देखिन्छ । छोरी र कान्छो छोराको मुहारमा दाइहरु गुमाउनुको पीडा बारम्बार झल्कन्छ । जब जब म कुमार र बलरामका बारेमा सोच्दछु, मन अमिलो भएर आउँछ । कति रङ्गनि सपनाहरु थिए उनीहरुसँग जोडिएका, कति सुन्दर योजनाहरु थिए हामी मिलेर बनाएका ! तर सबै भताभुङ्ग भए जसरी भत्कन्छन् तासका घरहरु । आज म सोच्छु- सडकमा हुने प्रत्येक दिनका ती अनगिन्ती दर्ुघटनाहरुमा यसरी नै कति घरसंसार भताभुङ्ग भएका होलान् - कति सपनाहरु चकनाचुर भए होलान् -
अब बितेको एक महिनाकै कुरा गरौं । असार १ गते सिमराबाट हेटौंडातिर आउँदा मेरो नजिकको नाता पर्ने राम चौलागाईंको दर्ुघटनामा मृत्यु भयो । उनी आफैं ट्रक व्यवसायी संघको कार्यसमिति पदाधिकारी थिए तर उनलाई आफ्नै समितिको ट्रकले किचेर ज्यान लियो । भनिन्छ- मोटरसाइकललाई ट्रकले ठक्कर दिएर भर्ुइमा लडेपछि उनले हात उठाएर आफुलाई चिनाउन खोजेका थिए रे, तर ट्रक डर््राईभरले नदेखे र नसुने झैं क्रुरतापर्ूवक ट्रक व्याक गरेर उनलाई मारिदियो । उनको घटनास्थलमा नै निधन भयो । उनको निधनले फेरि उही अनुत्तरित प्रश्न उब्जाएर गयो - नहुनुपर्ने दर्ुघटना भैसकेपछि आफुले ठक्कर दिएका पिडितलाई उद्धार, उपचार गर्न छाडेर किन व्याक गरी गरी मारिदिन्छन् चालकहरु -
यस विषयमा सवारी चालक तथा व्यवसायी संघहरु तर् इन्कारमै टाउको हल्लाउँछन् । मुख खोलिहालेमा प्रत्रि्रश्न गर्छन् - "सडकमा एउटा कुखुरा त बचाउन खोज्ने चालकले कहाँ मार्छ जानीजानी मान्छे -" तर दिनदिनै मान्छे मारिएकै छन् । मेरै घरमा कुनै समय कोठा लिएर बस्ने कृष्ण महर्जनको झण्डै डेढ महिना अगाडि गौरिघाटमा भएको दर्ुघटनामा परेर निधन भयो । यता बाटोमा हिंडिरहेका मेरा मित्र डेकराज भट्टर्राईलाई असार ३० गते बनेपाको बुडोलमा गाडिले ठक्कर दिंदा उनको घटनास्थलमा नै ज्यान गयो । गम्भिर र्घाईते अर्का एकजनाको न्यूरो अस्पतालको अति सघन कक्षमा उपचार भैरहेको छ । त्यसको भोलिपल्टै नवलपरासीमा एउटा बस नहरमा खस्न पुग्दा ४२ जनाको ज्यान गयो, १६ जना घाइते भए । साउनको पहिलो दिन नै कृष्णभिरबाट रात्री बस त्रिशुली नदीमा खस्दा १६ जनाको मृत्यु भयो । सोही दिन नवलपरासीको सुनवलमा यात्रु वसमा टि्रपर ठोक्किँदा तिन जनाको ज्यान गयो र ४० जना घाइते भए भने कपिलबस्तुको चैनपुरमा जिप पल्टँदा जिप चालकको मृत्यु भयो ।
यसरी हर्ेदा सडक दर्ुघटनामा ज्यान गुमाउनेहरुको संख्या द्वन्द्व कालमा युद्धका कारण ज्यान गुमाउनेहरुको भन्दा पनि धेरै देखिन्छ । १० बर्षो अवधिमा द्वन्द्वमा करिब १४ हजार जनाले ज्यान गुमाए । त्यसलाई बर्षे भाग लगाउँदा १४ सय हुन आउँछ । तर तथ्यांकहरुले देखाए अनुसार नेपालमा देशैभरि सडक दर्ुघटनामा ज्यान गुमाउनेहरुको संख्या बाषिर्क सरदर २००० हुन आउँछ । र्घाईते र अंगभंग हुनेहरुको संख्या त्यो भन्दा कयौं गुणा बढि हुन सक्छ । हुन त यो विश्वव्यापी समस्या हो । सन् २००९ मा विश्व स्वास्थ्य संगठनले निकालेको प्रतिवेदन अनुसार विश्वभरिमा प्रतिबर्ष१२ लाख भन्दा बढिले सडक दर्ुघटनामा ज्यान गुमाउँछन् । त्यसमध्येको ९० प्रतिशत दर्ुघटना नेपाल जस्तो अल्प विकसित र कम आय भएको मुलुकहरुमा नै हुने गर्छ । दर्ुघटनाका पछाडि विविध कारण छन् तर जुनसुकै कारणले भएको भए पनि दर्ुघटनाबाट हुने हानी नोक्सानी चाँही समान किसिमको हुन्छ । व्यक्तिगत स्वास्थ्यमा मात्र होइन, पिडितको परिवार र पूरै समुदायमा त्यसको आर्थिक एवं सामाजिक असर पर्न सक्छ । दर्ुघटनामा अंगभंग वा र्घाईते हुँदा कति व्यक्तिलाई जिन्दगीभरि औषद्योपचारको आवश्यकता पर्न सक्छ । उमेर बढ्दै जाँदा अपाङ्गता र बुढ्यौलि दुबैको असरका कारण जीन्दगी अझ कठिन हुन सक्छ । यता आम्दानी चाँही बढ्नुको सट्टा उल्टो घट्न सक्छ । अर्कातर्फघरको कमाउने सदस्यले ज्यान गुमाएमा परिवारमा चरम आर्थिक संकट आउन सक्छ, अभिभावकत्व गुम्न सक्छ र कति केटाकेटीको पर्ढाई छुट्न सक्छ । यसो तथ्यांक हर्ेर्ने हो भने सडक दर्ुघटनामा ज्यान गुमाउनेहरु प्रायः १६ देखी ४० बर्षभत्रका हुन्छन् जुन कि एकदम सुन्दर र उत्पादक उमेर पनि हो । यसरी हर्ेदा सडक दर्ुघटनाको क्षति अकल्पनीय छ ।
यत्ति संघिन विषयमाथि र्सवसाधारण तथा सरकार र यसका सरोकारवाला निकायहरु मौन छन् । दर्ुघटना न्यूनिकरण गरी सडक सुरक्षा बढाउने कुरामा कसैले चासो दिएको छैन । साघुँरा सडक र सडक घुम्तिहरु, चालक र पदयात्रीको लापरबाही, त्रि्र गति, मादक पदार्थ सेवन, गलत साइडबाट हुने ओभरटेकिङ्ग, क्षमताभन्दा बढि भार, कच्चा चालकहरुबाट सवारी चलाईनु, मेकानिकल समस्या आदि दर्ुघटना गराउने प्रमुख कारण हुन् । त्यसैले सुरक्षित बानीव्यहोरा, सुरक्षित र दुरुस्त सवारी साधनहरु, तथा सुरक्षित सडकहरुको व्यवस्थापन गरी सडक यात्रालाई सुरक्षित बनाउनु जरुरि छ । सबैभन्दा ठूलो कुरा त आचरणगत सुधार नै हो र सडक व्यवहारमा सुधार आएमा धेरै समस्याहरु आफसेआफ हटेर जान्छन् ।
लक्ष्मी प्रतिष्ठानले आफ्नो स्थापनाको दर्ुइ बर्षा सडक दर्ुघटना न्युनिकरणका लागि सडकका डिभाइडरहरु रिपेन्ट गर्ने तथा तिनमा राती चम्कने खालका स्टिकर लगाउने कार्य गर्दै आएको छ । तर वास्तवमा त्यो मात्र समस्याको समाधान होइन रहेछ । पेन्ट गरिएका डिभाइडरहरु केही समयमा नै कालो हुन्छन्, टाँसिएका स्टिकर उप्काएर सडक बालबालिकाहरु डेन्डर्राईट सुँघ्छन् । यसबाट हामीले के बुझयौं भने दिर्घकालिन समाधानका लागि ट्राफिक सिस्टममा नै सुधार ल्याउनु जरुरि छ जसका लागि चालकहरु सबैभन्दा बढि जिम्मेवार हुन्छन् । चालकले ट्राफिक नियमको पालना गरी दक्षतापर्ूवक सवारी चलाउने हो भने ९० प्रतिशत दर्ुघटना कम हुन्छ ।
सिट बेल्ट, मादक पदार्थ सेवन चेक जस्ता अभियान बेलाबेलामा संचालित भएता पनि सडक सुरक्षा बढाउनका लागि सरकारी तवरबाट ठोस पहल हुन सकेको छैन । दर्ुघटना घटाउने खालको दह्रिलो कानूनी आधार पनि छैन । घाइतेलाई आजिवन उपचार तर मृत्यु भएमा काजक्रिया खर्च मात्र दिंदा हुने भएकाले बाँच्ने संभावना भएकालाई समेत व्याक गरेर मार्ने प्रबृत्ति बढेको छ । त्यसैले भएका कानूनमा सुधार हुनु र नयाँ कानून बन्नु निकै जरुरि छ । साँघुरा बाटाहरु चौडा पार्नु र बैकल्पिक बाटाहरुको निमार्ण्र्ाार्नु पनि उत्तिकै जरुरि छ । जनताको जिउधनको सुरक्षा र सुरक्षित आवागमनको  सुनिश्चितता गर्नु सरकारको दायित्व हो । यसका साथै सडक सुरक्षा बढाउने कुरामा र्सवसाधारणको भूमिका समेत उत्तिकै महत्वपर्ूण्ा हुन्छ । आज अर्काको देखेर नचेत्ने हो भने भोलि नियतिको त्यो बज्रप्रहार आफैंमाथि पनि पर्न सक्छ । यर्सथ सबै जनाले आ-आफ्नो ठाउँबाट सडक सुरक्षाका लागि योगदान दिनर्ुपर्छ, ट्राफिक नियम र सडक अनुशासनको पालना गर्नुपर्छ । दक्ष, कुशल र इमान्दार चालकहरु सडकमा भएको विकृतिलाई न्यून गर्ने सबैभन्दा उपयुक्त माध्यम हुन् । यस अर्थमा अब लामो समयको ड्राइभिङ्ग तालिम प्याकेजमा दिई, सवारी साधनको सामान्य मेकानिकल समस्या सुल्झाउन सक्ने र ट्राफिक नियमको पर्ूण्ा जानकारी भएका दक्ष चालकहरु ठूलो संख्यामा उत्पादन गरी सडकमा ओराल्नुपर्ने देखिन्छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक