20120725

यस्तो नहोस हाम्रो नेपाल .. !! आसाममा जातिय हिंसा भड्किँदा १७ जनाको ज्यान गयो !

भारतको आसाममा भड्किएको साम्प्रदायिक हिंसामा १७ जनाको ज्यान गएको छ । आसामको कोकराझाडमा दुई समुदायबाट सुरु भएको हिंसा अहिले छिमेकी जिल्ला चिरांगमा पनि फैलिएको प्रहरीले जनाएको छ । हिंसालाई नियन्त्रणमा लिन प्रहरी र सुरक्षाफौजको तैनाथी बाक्लो पारिएको छ । हिंसा रोक्ने क्रममा हतियारधारी समूहले प्रहरीमाथि गोली चलाएको र प्रहरीले जवाफी कारबाही गरेको अधिकारीहरुले बताएका छन् । त्यस क्रममा ५ जना प्रहरी सहित २० जना घाइते भएका छन् । आसामका मुख्य मन्त्री तरुण गोगोईले हिंसा रोक्नका लागि कडा कदम उठाउन प्रशासनलाई निर्देशन दिनुभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । हिंसा फैलदै गएपछि स्थानीय प्रशासनले ३७ वटा राहत शिविर सञ्चालन गरेको छ । जसमा ३५ हजारले शरण लिइरहेको अधिकारीहरुले बताएका छन्
 भारतको आसाम राज्यको कोक्राझारमा जातीय हिंसा भडकिएपछि गाउँलेहरु घर छाडेर जाँदै। हिंसा रोक्न सरकारले मंगलबार सेना परिचालन गर्दै दंगा मच्चाउनेहरुलाई देख्ने बित्तिकै गोली हान्ने अधिकार दिएको छ। हिंसाले करिब २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घरहरु जलाइएको छ। तस्बिरः एपी

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक