20120724

हिन्दूधर्मालम्वीहरुले आज मुलुक भरी नागको पूजा गरी नागपञ्चमी मनाउदै

हिन्दूधर्मालम्वीहरुले आज मुलुक भरी नागको पूजा गरी नागपञ्चमी मनाउदै छन् । आ–आफ्ना घरको मूल ढोका माथि नागको चित्र टाँसेर पूजा गरी यो पर्व मनाईन्छ । प्रत्यक वर्ष साउन शुक्लपक्षमा यो पर्व मनाउने परम्परा छ । यस दिन घरको ढोका माथि वा तोरणमा नागको चित्रलाई त्यसको चारै कुनामा गोबर टाँसी त्यसमा सिंगो सुपारी, रायोको गेडा, दुबो र गाईको दूध समेत चढाई विधिपूर्वक पूजा गरेमा नाग र गरुडाको भय हुँदैन भन्ने मान्यता छ । खास गरेर शंखपाल, महाकृष्णो, नन्दोपनन्द, कर्कोटक, पद्दम वासुकी, कुलिक र अनन्त नागराको पूजा गरिन्छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक