20120722

अन्तराष्ट्रिय नेपाली साहित्य समाजद्वारा आयोजित १९९ औँ भानु जयन्ती भर्जिनियाको उडब्रिज मा भब्य रुपमा सम्पन्न



अन्तराष्ट्रिय नेपाली साहित्य समाजद्वारा आयोजित १९९ औँ भानु जयन्ती भर्जिनियाको उडब्रिजमा भब्य रुपमा सम्पन्न भएको छ। अनेसास डिसी म्याट्रो च्याप्टर अध्यक्ष एबम अन्तराष्ट्रिय कलाकार मँचका सचिब प्रकाश नेपालको सभापतित्व, राजदुत डा. शंकर शर्मा को प्रमुख आतिथ्य, केन्द्रिय अध्यक्ष गीता खत्री र बोर्ड अफ ट्रस्टिजका
अध्यक्ष बरिस्ठ साहित्यकार होमनाथ सुबेदीको समुपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा कबिता बाचन, खेम भट्टचनको सम्योजकत्वमा भलिबल खेल पनि सम्पन्न गरिएको थियो । कार्यक्रममा अन्तराष्ट्रिय कलाकार मँचका उपाध्यक्ष, बरिस्ठ कलाकार एबम प्राज्ञ हरिबहादुर थापालाई वहाँले कलाकारिता क्षेत्रमा पुर्याएको योगदानका लागि र नेपाली राजदुताबासका प्रथम सचिब एबम साहित्यकार आनन्द शर्मालाई वहाँले दुबै क्षेत्रमा पुर्याएको योगदानका लागि अनेसासका तर्फबाट सम्मान गरिएको थियो । कबिता प्रतियोगितामा शुभद्रा पराजुली प्रथम हुनुभएको उक्त कार्यक्रममा राजदुत डा. शंकर शर्मा, केन्द्रिय अध्यक्ष गीता खत्री , बोर्ड अफ ट्रस्टिजका अध्यक्ष होमनाथ सुबेदी, अन्तराष्ट्रिय कलाकार मँचका अध्यक्ष रामप्रसाद खनाल, अनेसास सम्रक्षक डा. श्याम कार्की,  सम्मानित ब्यक्तित्व द्वय हरी बहादुर थापा र आनन्द शर्मा, खिमानन्द आचार्य, प्रकाश नेपाल, चेतन सिटौला, एच बी भण्डारी आदिले भानुजयन्ती र अनेसासका बिषयमा आफ्ना मन्तब्य राख्नुभएको थियो भने सुदिप भद्र खनाल सहितका कबी कबयित्री हरुले आ आफ्ना कबिता बाचन गर्नुभएको थियो । कार्यक्रम नारायण अधिकारी र बिमला निरौलाको मिठो उदघोसण मा सम्पन्न भएको थियो ।
Video/Photo by Gyanan Khanal / Nepalmother and Bishwaraj Thapa/eneplese


































No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक