20120726

दलका शीर्ष नेताहरु बैठक बिनानिष्कर्ष टुङ्गिएको कुरा सञ्चारमाध्यममा सार्वजनिक नगर्न सहमत

बामदेव गौतमले बैठकपछि केही सञ्चारकर्मीहरु वीच भन्नुभयो– ‘एकीकृत माओबादीका तर्फबाट आज पनि असहमति भयो भन्ने कुरा मिडियामा नलैजाऊ भन्ने प्रस्तावमा हामी सबै सहमत भएर निस्किएका हौं ।’
  विद्यमान राजनैतिक तथा संवैधानिक समस्याको समाधान गर्न बुधबार बसेको प्रमुख तीन दलको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ । तर दलका शीर्ष नेताहरु बैठक बिनानिष्कर्ष टुङ्गिएको कुरा सञ्चारमाध्यममा सार्वजनिक नगर्न सहमत भएका थिए ।  नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले बैठकपछि केही सञ्चारकर्मीहरु वीच भन्नुभयो– ‘एकीकृत माओबादीका तर्फबाट आज पनि असहमति भयो भन्ने कुरा मिडियामा नलैजाऊ भन्ने प्रस्तावमा हामी सबै सहमत भएर निस्किएका हौं ।’ एमाले मुख्यालय बल्खुमा बसेको बैठकमा कांग्रेस–एमालेले राष्ट्रिय सहमतिको सरकार बनाउन माग राखेका थिए भने एमाओबादीले मंसिर ७ मा चुनाव गर्न नसकिने भएकोले चुनावको मिति पर सार्न प्रस्ताव गरेको थियो ।  ‘माओबादीले निर्वाचन सार्ने कुरा गर्‍यो, हामीले अस्वीकार गर्‍यौं’ नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले भन्नुभयो– ‘यो असंवैधानिक चुनाव हुनै सक्दैन भन्दै कांग्रेस–एमालेले सबै राजनीतिक दलहरुको सहमतिमा राष्ट्रिय सरकार गठन गरेपछि मात्र अन्य विषयहरुमा सहमति खोज्न सकिने धारणा राखे ।’  सिटौलाले औपचारिक रुपमा छलफल गर्न संविधानसभा, संसद् पनि नभएको र हैसियत प्राप्त सरकार पनि नभएकाले राष्ट्रिय सहमतिको सरकार बनाएर अन्य कुरामा सहमति र समझदारी गरौंला भन्नेमा कांग्रेस–एमालेको अडान रहेको बताउनुभयो ।  तर एमाओबादीले सकेसम्म संविधानको विवादित ‘अन्तरवस्तुमा सहमति गर्नर्े’या
संविधानसभा पुनस्र्थापना गरी संविधान जारी गर्ने या त यसमा पनि सहमति नभए संविधानसभा निर्वाचनको लागि सहमतिको सरकार निर्माण गर्ने अडान राखेको थियो । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो पार्टीको अडानका बारेमा नयाा शिराबाट छलफल शुरु गर्न आग्रह गरेको बताउनुभयो ।
संविधान निर्माणका विवादित विषयमा सहमति गरेर संविधानसभा पुनस्र्थापना गरी संविधान जारी गर्ने भन्ने एमाओवादीको प्रस्तावलाई काग्रेस–एमालेले सीधै अस्वीकार गरेका थिए । एमाओवादीको प्रस्तावमा उनीहरुले पहिला संविधानसभा भएको बेलामा सहमति नगर्ने अहिले किन यो प्रस्ताव उठाएको भन्दै प्रतिप्रश्न गरेका थिए ।
दलहरुवीच सहमति नभई मुलुक गम्भीर अवस्थामा पुग्दा पनि एमाओवादी सहमतिको बाटोमा आउन इमानदार नभएको नेपाली कांग्रेसका नेता डा. रामशरण महतले बताउनुभयो । पहिलाको कुरा बिर्सिएर नयाा शिराबाट सहमति र सहकार्यको राजनीतिलाई अगाडि नबढाए मुलुक अझ जटिल अवस्थामा पुग्ने उहााको भनाइ थियो ।
‘अब हामी लामो समय प्रतिक्षा गर्न सक्दैनौ, छोटो समयमा नै सहमति जुटाउनुपर्छ’ एमालेका सचिव शंकर पोखरेलले भन्नुभयो–‘दलहरुवीच सहमति नहुादा मुलुक झन् गम्भीर अवस्थामा पुगेको छ ।’ अविलम्ब सहमति नभए छिट्टै बैकल्पिक बाटो अपनाउने पोख्रेलले चेतावनी दिनु भयो ।
सहमति जुटाउन बसेको तीन दलको बैठकमा सबैले आ–आफ्नो अडान नछोडेकाले वुधवारको बैठक बिनानिष्कर्ष टुङ्गिएको कांग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाको भनाइ थियो । उहााले भन्नुभयो– बैठकमा नयाा शिराबाट सहमति खोज्न आ–आफ्नो अडानको पुनर्विचार गर्ने कुरा मात्र भयो ।

संविधानसभा विघटनपछि एमाओबादी सहित काग्रेस एमालेको सयुक्त बैठक बसेको यो तेस्रो पटक हो । अघिल्लो दिन एमाओबादीसाग सहमतिको लागि निर्णायक वार्ता गर्ने बताइएपनि बिना निष्कर्ष वार्ता टुङ्गियो । तर शीर्ष नेताहरु वार्तामा नयाा शिराबाट सहमति खोजेर फेरि बैठक बस्ने कुरा भयो भन्दै बाहिरिएका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक