20120730

नालीका किराहरू .........................

- प्रकाश नेपाल ,  भर्जिनिया, जुलाई २८, २०१२
नालीमा जन्मेका किराहरु
नाली मै झर्छन
र अक्सर
नाली मै मर्छन
एक आपसमा झगडा गर्छन
र गर्वकासाथ नालीको बखान गर्दै
नाली मै मर्छन
जब नालीमा धेरै किराहरु जन्मिन्छन
एउटा किराले अर्को किरा खान्छ
कोहि माथि उछिट्टीछन
छरपस्ट खुल्ला मन्द हावा र

आकाश देखेर अत्तालिन्छन
र बौलाउन्छ्न
सफा सडक र मन्दिरहरुमा
यता उति सल्बलाउछ्न
र फेरी फोहोर गर्छन


नालीका किराहरुलाई
नीलो आकाश मन पर्दैन
नालीका किराहरुलाई
नीलो समुद्र पनि मन पर्दैन
बगैचा र फूलहरु मन पर्दैन

यसैले
किराहरु
जहाँ जान्छन
एक थुप्रो फोहोर बोकेर जान्छन
फोहोरहरुको धम्कि बोकेर लान्छन
उनीहरु
सफा जान्दैनन्
उनीहरु
सफा मान्दैनन
र समुन्द्रमा बिष ओकल्छन
र बिटुल्याउन खोज्छन
मन्दिर र मस्जिदहरुमा पस्छन
र आसन जमाउन खोज्छन
र फेरी बिष वमन गर्छन
यसरी
नालीका किराहरु
चाहे आकाश चडून वा
पाताल झरुन
मनग्गे फोहोर बोकेर चद्छ्न
आफ्नो संस्कारको बिष छर्दै
पाताल झर्छन

उनीहरु स्वर्ग जान्दैनन्
उनीहरु स्वर्ग पनि  मान्दैनन्
सिर्जना र अस्तित्व पनि जान्दैनन्
 सिर्जना सिक्न पनि मान्दैनन्
र जता ततै
नालिका फोहोरहरु उकेल्छ्न
र धमिल्यौछ्न - निश्छल झरना हरु
यसरी
नालीका किराहरु
चाहे आकाश चडून वा
पाताल झरुन
मनग्गे फोहोर बोकेर चद्छ्न
मनग्गे फोहोर बोकेर बस्छन
नालीमा जन्मेका किराहरु
नाली मै झर्छन
र अक्सर
नाली मै मर्छन !
(अन्तराष्ट्रिय कलाकार मँच का केन्द्रिय सचिब र प्रबक्ता समेत रहेका लेखक प्रकाश नेपाल अनेसासको डिसी म्याट्रो च्याप्टर अध्यक्ष पनि हुन ।  )

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक