20120729

त्रिभुवन विमानस्थल सहितका अन्य विमानस्थल व्यवस्थापन भारतीय कम्पनीलाई भाडामा दिने सरकारी तयारी विरुद्ध सर्वोच्च अदालतले आज अन्तरिम आदेश जारी

त्रिभुवन विमानस्थल सहितका अन्य विमानस्थल व्यवस्थापन भारतीय कम्पनीलाई भाडामा दिने सरकारी तयारी विरुद्ध सर्वोच्च अदालतले आज अन्तरिम आदेश जारी गरेको छ । राय बाझिए पछि तीन सदस्सीय बेञ्चले बहुमतका आधारमा अन्तरिम आदेश जारी गरेको सर्वोच्चले जनाएको छ । न्यायाधिश रामकुमार साहले भारतीय कम्पनीलाई विमानस्थल भाडामा दिने विषयमा अन्तरिम आदेश जारी गर्न नपर्ने राय दिएका थिए । यद्यपी न्यायाधिश सुशील कार्की र तर्कराज भट्टले भने भारतीय कम्पनीलाई व्यवस्थापन भाडामा दिने सरकारी तयारी विरुद्ध परेको रिटमा अन्तरिम आदेश दिनुपर्ने भन्दै सो आदेश दिएका हुन् । उनीहरुले सो
विषयमा तत्काल कुनै काम नगर्नु नगराउनु भन्दै सरकारका नाममा अन्तरिम आदेश जारी गरेका छन् । वर्तमान सरकारले त्रिभुवन विमानस्थललगायत मुलुकका विभिन्न विमानस्थलहरु भारतीय कम्पनीलाई व्यवस्थापन गर्न दिने गोप्य रुपमा तयारी गरेपछि सो तयारी रोक्न अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट परेको थियो । सर्वोच्चले सो फाईल मगाएर अध्ययन र वहस पछि तत्काल विमानस्थल भारतीय कम्पनीलाई भाडामा दिने निर्णय कार्यान्वन नगर्नु नगराउनु भन्ने अन्तरिम आदेश दिएको हो । - जीवन विसी

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक