20120726

अन्तराष्ट्रिय कलाकार मँच युरोप महा शाखा पुनर्गठन, संसार का २५ भन्दा बढी देशमा अन्तराष्ट्रिय कलाकार मँचको शाखा बिस्तार, बिस्तारको क्रम जारी

अन्तराष्ट्रिय कलाकार मँचको बिधान बमोजिम, केन्द्रिय कार्यसमितिको निती र निर्देशन लाई अनुशरण गर्दै मँच को युरोप महा शाखाका काबा अध्यक्ष उज्ज्वल केसीको पहलमा युरोप बासी कलाकार हरुको भेला, समझदारिमा महाशाखा को तदर्थ समिती लाई बिघटन गरी अन्तरराष्ट्रिय  कलाकार मँच युरोप महा शाखा पुनर्गठन गरिएको छ । पुनर्गठित कार्यसमितिमा निम्नानुसार कलाकारहरु रहनुभएको मँचको युरोप महा
शाखाले जानकारी गराएकोछ ।
        पुनर्गठित कार्यसमिति
01-  नरेन्द्र बटाजु - संरक्षक
02 - निता श्रेष्ठ - संरक्षक
03 - नरेन्द्र थापा - बिशेष  सल्लाहकार (Belgium)
04 - हेमन्त उपाध्याय - बिशेष  सल्लाहकार (France)
05 - दयाराम पौड्याल - बिशेष  सल्लाहकार (Germany)
06 - नारायण आचार्य - बिशेष  सल्लाहकार  (Netherlands)
07 - फणिन्द्र पन्त - बिशेष  सल्लाहकार (Netherlands)
08 - उज्ज्वल के.सी. - अध्यक्ष
09 - किंग फ्रयांकी - उपाध्यक्ष
10 - श्याम श्रेष्ठ - उपाध्यक्ष
11 - देवु श्रेष्ठ - महासचिब
12 - तारा थापा - सचिब
13 - सावित्री रिजाल - कोषाध्यक्ष
14 - तेजेन्द्र कंडेल - सहकोषाध्यक्ष
15 - राजेन्द्र लम्साल - कार्यकारी सदस्य (Spain)
16  - चुनु बानियाँ - कार्यकारी सदस्य(Spain)
17 - लब थापा - कार्यकारी सदस्य(Germany)
18 - दिपेश रेग्मी - कार्यकारी सदस्य ( Scotland UK)
19 - कुमार श्रेष्ठ - कार्यकारी सदस्य (Portugal)
20 - महेन्द्र पौडेल - कार्यकारी सदस्य तथा प्रेस प्रवक्ता
"मँचका केन्द्रिय अध्यक्ष रामप्रसाद खनालले पुनर्गठित कार्यसमिति र यसमा चुनिएका कलाकार र कला तथा संस्कृतिलाई माया गर्ने सबैलाई बधाई ज्ञापन गर्दै पुनर्गठित कार्य समितिले बिधान बमोजिम काम गर्ने, कला र संस्कृतिका लागि उल्लेखनिय योगदान पुर्याउने विश्वाश लिनुभएको छ, मँचले यो कार्य समितिलाई युरोपमा सबैबाट सहयोग पुग्ने कुरामा पनि पूर्ण विश्वाश राख्दछ" मँचका केन्द्रिय सचिब एबम प्रबक्ता प्रकाश नेपालले मँचको केन्द्रिय समितिका तर्फबाट अमेरिकामा प्रकाशित प्रेस बक्तब्य मा भनिएको छ ।

अन्तराष्ट्रिय कलाकार मँचका तर्फबाट केन्द्रिय सचिब एबम प्रबक्ता प्रकाश नेपालले एक प्रेस रिलिज जारी

मँचको युरोप महा शाखा का पूर्व अध्यक्ष एबम हाल सम्रक्षक निता श्रेष्ठ र वहाँका पती कुशल राष्ट्र सेबक जिबन श्रेष्ठ दुबैलाइ जोडेर केही मिडियामा प्रकाशित अधारहिन, कपोल्कल्पित र वहाँहरुको चरित्र हत्या गर्ने उद्देस्यले बिकास श्रेष्ठका नामबाट प्रकाशित समाचारहरु प्रती घोर आपत्ति प्रकट
 अन्तराष्ट्रिय कलाकार मँच का तर्फबाट केन्द्रिय सचिब एबम प्रबक्ता प्रकाश नेपालले एक प्रेस रिलिज जारी गर्दै मँच को युरोप महा शाखा का पूर्व अध्यक्ष एबम हाल सम्रक्षक निता श्रेष्ठ र वहाँका पती कुशल राष्ट्र सेबक जिबन श्रेष्ठ दुबैलाइ जोडेर केही मिडियामा प्रकाशित अधारहिन, कपोल्कल्पित र वहाँहरुको चरित्र हत्या गर्ने उद्देस्यले बिकास श्रेष्ठका नाम बाट प्रकाशित समाचारहरु प्रती घोर आपत्ति प्रकट गर्नुभएको छ । मँच मा रही अत्यन्त इमान्दार ढंगले काम गरेकी, कला र सन्स्क्रिती को जगेर्नाका लागि कार्यरत एक कुशल समाजसेबी कलाकार निता श्रेष्ठ र वहाँको योगदान को कदर गर्नुको सट्टा वहाँ र वहाँ का पती लाई समेत मुछेर गरिएका कुप्रचार र चरित्र हत्या गर्ने त्यस्ता भ्रामक समाचारमा विश्वाश नगर्न मँच अनुरोध गर्दछ । मँच निता श्रेष्ठ र
वहाँ का पती राष्ट्र सेबक जिबन श्रेष्ठको योगदान को मुक्त कण्ठले प्रशँसा पनि गर्दछ ।

   प्रेश बिज्ञप्ति 
हाम्रा आदरणीय संस्थापक अध्यक्ष तथा संरक्षक निता श्रेष्ठ तथा वहाँका श्रीमान् जीवन प्रकाश श्रेष्ठ ज्यूको चरित्र हत्या गर्ने अभिप्रायले बिभिन्न छदम नामबाट प्रेषित समाचारहरु प्रति अन्तराष्ट्रिय कलाकार मंच यूरोप महाशाखाको ध्यान आकृष्ट भएको छ वहाँहरु जस्तो स्वच्छ छबि भएको अति मिलनसार समाजसेवी भावनाले ओत प्रोत र कुटनीतिक नियोगको जिम्मेवार पदमा बहाल कर्तब्यनिष्ट ब्यक्ति प्रति बिना प्रमाण चरित्र हत्या गर्ने तथा मानसिक यातना दिने कार्यको अन्तराष्ट्रिय कलाकार मंच परिवार घोर भत्सर्ना गर्दछ l  लेखहरुमा उधृत निता श्रेष्ठ ज्यूले अन्तराष्ट्रिय कलाकार मंचको परिचय पत्रहरुको समेत दुरुपयोग गरेको सम्बन्धमा प्रष्ट पार्न चाहन्छौ अन्तराष्ट्रिय कलाकार मंच यूरोप महाशाखा भर्खर बामे सर्ने अवस्थामा छ हामीले अहिले सम्म कुनै परिचय पत्र जारी गरेकै छैनौ र अब चांडैनै हामि यूरोपियन मापदण्ड अनुसारको पूर्ण सुरक्षित इलेक्ट्रोनिक्स परिचय पत्र त्यो पनि केन्द्र र महाशाखाबाट मात्र जारी गरिने व्यहोरा समेत अबगत गराउंदै बिना प्रमाण यस्ता पित पत्रकारितालाई कहिँ कसैले पनि स्थान नदिउ भनि हार्दिक अनुरोध गर्दछौ l यदि जो कोहि पनि आजको अनलाइन वेब सुबिधाको दुरपयोग गर्दै पित पत्रकारितामा सक्रिय हुन्छ भने त्यसको खोज तलास गरि त्यसलाई कानुनको कठ्घेरामा उभ्भाएर सजाय गराउन सक्ने सामर्थ्य अन्तराष्ट्रिय कलाकार मंच राख्दछ छ भन्ने सम्बन्धित पक्षलाई चेतावनी समेत दिंदै सभ्य समाज निर्माणमा सहायक बनौ भनि  सबैमा अपिल समेत गर्दछौ , धन्यवाद
उज्ज्वल के.सी.
अध्यक्ष 
अन्तरास्ट्रिय कलाकार मंच 
यूरोप महाशाखा
 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक