20120713

माओवादी अध्यक्ष पुष्पकमल दाहालले वर्तमान राजनीतिक संकटको अवस्थामा प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा नदिने बताए

डा. भट्टराईको अटेरीका कारण पूर्वराजासमेत सल्बलाउन थालेको भन्दै राजतन्त्रको पुनःआगमनको सपना नदेख्न ज्ञानेन्द्र शाहलाई माकुनेको चेतावनी !
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान राजनीतिक संकटको अवस्थामा प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा नदिने बताएका छन् । ललितपुरमा आज आयोजित कार्यक्रममा उनले वैकल्पिक व्यवस्था नभई प्रधानमन्त्रीले राजीनामा नदिने बताए । उनले भने, ‘एमाओवादी तत्काल प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने पक्षमा छैन ।’ दाहालले राजनीतिक दलहरुका बीचमा सहमतिको प्रयास भए पनि उल्लेखनीय रुपमा सहमति हुन नसकेको बताए । संघीयताका विषयमा राजनीतिक दलहरु सहमतिमा आउने हो भने संविधानसभाको पुनःस्थापना पनि एउटा विकल्प हुन सक्ने दाहालको भनाइ छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री डा. बाबुराम भट्टरार्इले राजीनामा नदिए देशमा मुठभेडको अवस्था आउनसक्ने चेतावनी दिनुभएको छ ।  भरतपुर विमानस्थलमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले संवैधानिक अधिकार नभएका प्रधानमन्त्री डा बाबुराम भट्राईले पद नछाडे जनतामाझ जाने र जनताकै बलले सत्ताबाट हटाउने बताउनुभयो । मुलुक सङ्कटतर्फ धकेलिएको भन्दै नेता नेपालले प्रधानमन्त्रीलाई निर्वाचनको घोषणा गर्ने नैतिक अधिकार नभएको दावी समेत गर्नुभयो । डा. भट्टराईको अटेरीका कारण पूर्वराजासमेत
सल्बलाउन थालेको भन्दै उहाँले राजतन्त्रको पुनःआगमनको सपना नदेख्न ज्ञानेन्द्र शाहलाई चेतावनी दिनुभयो ।पत्रकारहरूको एक प्रश्नमा उहाँले राजासँग राजतन्त्र राख्ने विषयमा कुनै सम्झौता नभएको स्पष्ट गर्दै नेता नेपालले भन्नुभयो-’गिरिजाबाबु मरेर गए पनि म जिउँदै छु निर्धक्कसँग भन्छु कुनै सम्झौता भएको छैन ।’आगामी मङ्सिर ७ गते संविधानसभाको निर्वाचन हुन नसक्ने भन्दै उहाँले वैशाखसम्ममा स्थानीय र संसदीय निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक