20120713

पुर्वराजा ज्ञानेन्द्र डेढ साता लामो युरोप भ्रमणमा


आफु राजाकै हैसियतमा बस्ने तर राजनीती नगर्ने अभिब्यक्ती दिएपछि चर्चामा आउनुभएक पुर्वराजा ज्ञानेन्द्र परिवार डेढ साता लामो युरोप भ्रमणमा जानुहुने भएको छ ।नारायणहिटी दरवार छाडेपछि पहिलोपटक युरोप भ्रमणमा जानलाग्नुभएका पुर्वराजा र उहाको परिवारले यसअघि भारत बाहेक अन्य देशको भ्रमण गरेको थिएन । ०६५ जेठमा नरायणहिटी दरवार छाडेपछि उहाले चारपटक भारत भ्रमण गरिसक्नु भएके छ ।  यही साउन १ गतेदेखि युरोप भ्रमणमा निस्कन लाग्नुभएका पुर्वराजाको परिवारले बेलायत, फ्रान्स र जर्मनी लगायत मुलुकको भ्रमण गर्नेछ । पुर्वराजाले त्यहाका विशिष्ट व्यक्तीसंग भेट्ने कार्यक्रम रहको छ । हिमानी ट्रष्टको कार्यक्रममा सहभागि हुन भनी त्यसतर्फ जान लाग्नु भएका पुर्वराजाको साथमा पुर्व रानी कोमल, छोरी प्रेरणा, हिमानी ट्रष्टका अध्यक्ष पुर्व युवराज्ञी हिमानी शाह र उहाका दुई छोरी र छोरा हृदयेन्द्र, धिरेन्द्रकी तीन छोरी सहितको करिब एक दर्जनको टोली विदेश भ्रमणमा जाने हुनुभएके सा्रेतले जनाएको छ । पुर्वराजा
ज्ञानेन्द्र ट्रष्टका संरक्षक हुनुहुन्छ ।

भ्रमण टोलीमा पुर्वराजाका निजी सचिव सागर तिमल्सिना, दुईजना शाही अर्दली, पुर्व रानी कोमलका एक सहयोगी, हिमानी र उहाका सहयोगी, एक निजी चिकित्सक, शसस्त्र प्रहरीका एक जना डिएसपी र एक प्रहरी निरीक्षक सहभागी हुने भएक छन् । त्यसैगरी भ्रमण कार्यक्रमको बारेमा हालसम्म कुनै जानकारी नआएके भनेतापनि पुर्वराजाले फ्रान्स, बेलायत र जर्मनीका उच्च अधिकारीसंग भेटघाट गर्नुहुने कार्यक्रम रहेको सा्रेतले जनाएको छ । सो अवसरकामा पुर्व रानी कोमलको स्वाथ्य उपचार समेत गरिने भएके छ । दरवार हत्याकाण्डमा कोमललाई गोलीको छर्रा लागेको थियो । उहाको वेलायतमा उपचार गराइने भएको छ । भ्रमणको सम्पुर्ण तयारी पूरा भैसकेको जनाउदै सा्रेतले भन्यो —डेढ साता भनिएतापनि थप कतिदिन बस्ने भन्ने विषयमा उतै पुगेर निर्णय गरिने भएको छ ।
हिमानी ट्रष्टको कार्यक्रममा सहभागि हुन जानलागेका पुर्वराजा र उहाको परिवारले विदेशमा रहेका नेपालीहरुलाई पनि भेट्ने कार्यक्रम रहेको स्रोतले जानकारी दियो । विदेश भ्रमण लगत्तै पुर्वराजा ज्ञानेन्द्रले पुर्वाञ्चलको झापा र पश्चिमाञ्चलको पोखराको भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ । स्थानीय स्तरका राजावादीले विभिन्न स्थानबाट निम्तो दिएपछि उहाले भ्रमणको चाजोपाजो मिलाउन लाग्नुभएको स्रोतले जनाएके छ । तर पछिल्लो समयमा रुपन्देही ,कपिलवस्तु र नवलपरासी भ्रमणको क्रममा पूर्वराजाले दिएको अभिव्यक्तीप्रति दलले विरोध गरिरहेको अवस्थामा तत््काल भ्रमण गर्ने कि नगर्ने भन्नु विषयमा केही निर्णय हुन सकेको छैन । दरवारले भने भ्रमण गर्ने स्थानका स्थानीय राजावादीहरुसंग विमर्श गरिरहेको छ

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक