20120801

कांग्रेस जिल्ला सभापतिको भेलामा सभापतिहरुले सर्वसत्तावादी माओवादीहरुसंग नेतृत्वले टक्कर लिन नसकेको कारण मुलुक दिन प्रतिदिन अस्थिर बन्दै गएको आरोप

सिन्धुपाल्चोकको बाह्रबिसेमा जारी नेपाली कांग्रेसको जिल्ला सभापतिको भेलामा सभापतिहरुले नेतृत्वको कडा आलोचना गरेका छन । सभापतिहरुले सर्वसत्तावादी माओवादीहरुसंग नेतृत्वले टक्कर लिन नसकेको कारण मुलुक दिन प्रतिदिन अस्थिर बन्दै गएको आरोप लगाएका छन ।  निर्धारित समय भन्दा झण्डै तीन
घण्टा ढिला शुरु भएको बैठकमा बोल्ने सभापतिहरुले संसदको नयां चुनावमा जानुको बिकल्प नभएको भन्दै संसद पुनस्थापना गर्नु भनेको माओवादीको सत्तालाई पुन लम्ब्याउनु भएकाले कुनैपनि हालतमा संसद पुनस्थापना गर्न नहुने अडान लिएका छन ।  उनीहरुले नयां निर्वाचनमा जाने वा संसदपुनस्थापना गर्ने भन्ने बिषयमा नेतृत्वले त्तकालै जवाफ दिनु पर्ने धारणा अगाडि सारेपछि नेतृत्वलाई गम्भिर संकट उत्पन्न भएको छ नेपाली काग्रेस बिधीको शासन र लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले पार्टीले सहमतिय सरकारको नेतृत्व लिई नयां निवार्चनमा जानुपर्नेमा जिल्ला सभापतिहरुले जोड दिएको नुवाकोट जिल्ला सभापति जगदिश नरसिंह केसीले जानकारी दिनुभयो । भेलामा अहिलेसम्म ४९ जनाले आ–आफ्नो धारणा राखिसकेका छन भने र बाकींले आफ्नो धारणा राख्नेक्रम जारी छ । भेलामा सोमबार २० जना जिल्ला सभापतिहरुले आफ्नो धारणा राखेका थिए ।  सभापतिहरुले बोल्नेक्रम नसकिए भेला थप एकदिन लम्बिन सक्ने सिन्धुपाल्चोकका सभापति मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । उनीहरुले संविधानसभा वा संसदीय चुनावका लागि पार्टी तयार रहनुपर्ने बताएका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक