20120820

‘पन्चहरुसँग बरु एकता होला प्रचण्ड र बावुरामहरुसँग हुदैन ।’

"एमाओवादी डन र भ्रष्टहरुको पार्टी,  नेपाल आमालाई  प्रचण्ड बावुराम ले जुवाको खालमा च्याँखे थापे" -  राम बहादुर थापा
 नवगठीत नेकपा माओवादीका माहासचिव राम बहादुर थापाले राष्ट्रियतालाई जुवा खेलेको आरोप लगाउँदै एमाओवादीसँग पार्टी एकता हुन नसक्ने बताउनुभएको छ । राष्ट्रियतालाई दिल्लीमा लगेर बुझाएका छन्, यस्तासँग एकता हुन सक्दैन–अखिल क्रान्तिकारी रामपुर क्याम्पस इकाईले सोमवार गरेको कार्यक्रममा थापाले भन्नुभयो–‘पन्चहरुसँग बरु एकता होला प्रचण्डहरुसँग हुदैन ।’ आफुहरुको पार्टी सक्कली माओवादी रहेको दावी गर्दै थापाले एमाओवादीलाई डन र भ्रष्टहरुको पार्टीको संज्ञा दिनुभयो । बिपा सम्झौता गरेर गम्भीर राष्ट्रघात भएको आरोप लगाउँदै उहाँले नेपाल आमालाई सरकारले जुवाको खालमा च्याँखे थापेको बताउनुभयो । यस्को मतियार पुष्पकमल दाहाल उर्फ प्रचण्ड हुन्, वादलले भन्नुभयो । बिपा सम्झौताको बिरोधमा आउनेहरुलाई उहाँले मोर्चावन्दीको आह्वान पनि गर्नुभयो । एकीकृत माओवादी र सो पार्टीका अध्यक्ष प्रचण्डसँग आक्रोशित देखिनुभएका बादलले प्रचण्ड नायकवाट खलनायक हुँदै जोकरमा परिणत भएको बताउनुभयो । ‘६ बर्ष पहिला नायक थिए त्यसपछि जनघाती काम गर्दै गएर खलनायक बने अहिले जे पायो त्यही वोल्ने जोकर भएका
छन्’–वादलले भन्नुभभयो । जनजातीलाई पनि स्वायत्त राज्य दिन्छु गैरजनजातीलाई पनि सवैकुरा पुरा गर्दिन्छु, सुदूरपश्चिेलीलाई अखण्ड दिन्छु र थारुहरुलाई पनि राज्य दिन्छु भनेर प्रचण्डले जोकरपन देखाएको उहाँको भनाई थियो ।

बर्तमान सरकारले मुलुकलाई निकास दिन नसक्ने बताउँदै माओवादी महासचिव वादलले निकासको साँचो बिदेशी रहेको भनी प्रधानमन्त्रीले अभिव्यक्ति दिनु गैर जिम्मेवारीको पराकाष्टा भएको उल्लेख गर्नुभयो । बावुराम सरकारको पालामा जति राष्ट्रघात अहिलेसम्म कुनै पनि सरकारको पालामा नभएको भन्दै उहाँले विदेशीको हातमा चावि वुझाएर चितवनको विकट गाउँ सिद्धिमा चावि हरायो भन्दै खोज्न आएर नौटंकि देखाएको वताउनुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक