20120820

बार्षिक बनभोज र मैत्रीपुर्ण फूटबल खेल सम्पन्न


- By Binaya Aryal
अमेरिका नेपाल सोसाइटीको आयोजनामा अमेरिका स्थित नेपाली दुताबास  र अमेरिका नेपाल सोसाइटीको बीचमा मैत्रीपुर्ण  फूटबल खेल  सम्पन्न भयो ।   अमेरिका नेपाल सोसाइटीको आयोजनामा भएको बार्षिक बनभोज कार्यक्रमको अवसर पारेर  आयोजना गरिएको खेलमा
दुताबास टिमको नेतृत्व राजदुत डा. शंकर प्रसाद शर्मा र  अमेरिका नेपाल सोसाइटीको टिमको नेतृत्व अध्यक्ष नगेन्द्र पौडेलले गर्नुभएको थियो । भर्जिनिया  राज्यको मनासस पार्कमा आयोजना गरिएको बनभोज कार्यक्रमको एक समारोहमा प्रमुख  अतिथि को रुपमा बोल्दै अमेरिकाका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्मा ले खेलकुदजस्ता कार्यक्रमहरुले आपसी सद्भावमा बृद्दी हुनेकुरा बताउनु भयो । अमेरिका नेपाल सोसाइटीले पहिलो पटक दुताबास र नेपाली समुदायको  बिचमा खेलकुद मार्फत सद्भाव बृद्दी गर्ने कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यबाद दिदै भबिष्यमा पनि येस्ता कार्यक्रमलाई निरन्तता दिदै अझ बृद्दी गर्दै लाने बताउनु भयो
आयोजक सस्था का अध्यक्ष नगेन्द्र पौडेलको सभापतित्वमा सम्पन्न संछिप्त समारोहमा बोल्दै सभापति पौडेलले आफ्नो कार्यकालमा केहि नया कार्यक्रमहरुको थालनी भएकाले यसलाई भोलिका दिनमा पनि निरन्तरता दिन सुझाब दिनुभयो । सस्थाका सचिब मुक्ति दवाडी र सदस्य बिनय अर्यालले संचालन गर्नुभएको  कार्यक्रममा आयोजकको तर्फ बाट डा. ठाकुर पुडासैनीले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो भने खेलकुद कार्यक्रम संयोजक कमल भुसालले मन्तब्य ब्यक्त गर्नुभएको थियो । सोहि समारोहमा प्रमुख अतिथि राजदूत डा.शंकर प्रसाद शर्माले अमेरिका नेपाल  सोसाइटीको आयोजनामा गत हप्ता सम्पन्न बार्षिक राजदूत कप फूटबल प्रतियोगितामा बिजयी तथा सहभागीलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नु भएको थियो । गत हप्ता सम्पन्न भएको खेलमा भर्जिनिया र मेरिल्याण्ड बाट गरि ५ टिमका  १०० भन्दा बढी खेलाडी हरुको सहभागिता भएको प्रतियोगितामा गत बर्षकै बिजेता टिम  डि.सी. एफ.सी.बिजेता र एन.एन.एस.सी टिम उपविजेता बनेका थिए । खेलमा उत्कृष्ट खेलाडी डि.सी. एफ.सी. का बिनम्र खड्का घोषित भएका थिए .डीसी ,भर्जिनिया र मेरिल्याण्डमा बसोबास गर्ने नेपालीहरुको बनभोज कार्यक्रममा उलेख्य रुपमा सहभागिता रहेको थियो

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक