20120819

आफुले आफैलाई स्वच्छ छवीको प्रधानमन्त्रीको दावी गर्ने डा. बाबुराम भट्टराईले आफ्ना चारजना जेठी सासुलाई विभिन्न सरकारी निकायको उच्च तहमा नियुक्त

- ईश्वरराज ढकाल
 आफुले आफैलाई स्वच्छ छवीको प्रधानमन्त्रीको दावी गर्ने डा. बाबुराम भट्टराईले आफ्ना चारजना जेठी सासुलाई विभिन्न सरकारी निकायको उच्च तहमा नियुक्त गरेर विवादमा तानिनुभएको छ । भागबण्डाको राजनीतिमा अग्रणी देखिनुभएका प्रधानमन्त्री डा. भट्टराईले पछिल्लो समयमा पत्नी हिसीला यमीको दवावमा यमीका चार दिदीहरुलाई विभिन्न निकायमा प्रमुख पदमा नियुक्त गर्नुभएको हो । त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रम भट्टराईले गएको साउन ३० गते धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय सिनेटको बैठकमा राजनीतिको कारणले सबै विश्वविद्यालयको अवस्था नाजुक हुँदै गएको र अबदेखि कामको मुल्याङ्कन गरी वरिष्ठलाई पदको जिम्मा दिनुपर्ने बताउनुभएको थियो ।  उहाँले सो भनाई राखेको भोलीपल्टै ३१ गते पत्नी हिसीला यमीकी दिदी एवं प्रम भट्टराइकी जेठी सासू सह–प्रध्यापक चिरिकशोभा ताम्राकारलाई त्रिवि विज्ञान संकायको डिनमा नियुक्त गरिएको छ । यसअघि पद्यकन्या क्याम्पसकी प्रमुख रहनुभएकी ताम्राकारलाई एनेकपा माओवादी निकट प्राध्यापक संगठनले डीनमा नियुक्त गर्न सिफारिस गरेको थियो ।
हालसम्मको इतिहासमा अत्यन्तै कनिष्ठलाई त्रिवि विज्ञान संकायको डिनमा नियुक्ती गरेकोमा डिन कार्यालयबाटै विरोध चर्किएको छ । यसअघि विज्ञान संकायको डीनमा प्राध्यापक वा डाक्टरलाई नियुक्ती

गरिएको थियो । यसअघि एनेकपा माओवादी कै सिफारिसमा प्रा.डा मुकुन्द गजुरेलको समय सकिएपछि प्रधानमन्त्री पत्नी यमीकी दिदीलाई नियुक्त गरिएको हो ।  त्रिविको इतिहासमै कनिष्ठलाई डिनमा नियुक्त गरेपछि विवाद बढेको हो । ‘इतिहासमै यस्तो कनिष्ठलाई नियुक्ती गरेको थाहै थिएन’ एक उच्च अधिकारीले  भने । तर एमाओवादी निकट प्राध्यापक संगठनका कार्यवाहक महासचिव पुर्ण लामिछानेले भने भागबण्डाको आधारमा छनौट गरिएको बताउँदै कामको आधारमा मुल्याङ्कन गरी संगठनले डीनमा सिफारिस गरी त्रिवि कार्यकारी परिषद्ले नियुक्ती गरेको बताउनुभयो । उहाँको तर्क थियो– हामीले भागबण्डा गरेतापनि कनिष्ठ भन्न मिल्दैन, अधिकांस भागबण्डामा यस्तै देखिएको छ ।
एमाले, कांग्रेस र एनेकपा माओवादीको राजनीतिक भागबण्डाको कारण त्रिवि लगायत सबै विश्वविद्यालयको स्थिति खस्कँदै गएको छ । भागबण्डाको राजनीतिले गर्दा अहिले शिक्षण अस्पतालको अवस्था थाम्नै नसक्नेगरी बिग्रीएको छ । भागबण्डा गर्दा कृषी तथा वन संकायमा नेपाली कांंग्रेस र चिकित्साशास्त्रमा एमालेलाई दिने सहमति भएको स्रोतले जनाएको छ ।
पत्नी यमिको दवावमा प्रम भट्टराईले जेठी सासूहरु तिमीला थापा यमीलाई इन्जिनियरिङ अध्ययन संस्थानको सहायक डिनमा, थापाथली क्याम्पसको प्रमुखबाट करिब तीन साताअघि अवकास हुनुभएकी न्युच्छेसोभा तुलाधर यमीलाई इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षाबोर्डको सदस्यमा नियुक्त गर्नुभएको छ । यस अघिनै प्रमकी जेठी सासू कयोदेवी यमी लोकसेवा आयोगको अध्यक्ष पदमा नियुक्त भइसक्नुभएको छ ।
राजनीतिक भागबण्डाको नाममा मनपरी नियुक्ती गर्दा ती निकायको साखनै गिर्दो अवस्थामा पुगेको छ । त्रिवि अन्तर्गत आंगिक क्याम्पसहरुमा पनि भागबण्डाले गर्दा पठनपाठनमा समेत बाधा पुग्न गएको त्रिविका कर्मचारीले बताएका छन् । त्रिविमा रहेका नौ संकाय मध्ये एनेकपा माओवादी, नेपाली कांंग्रेस र एमालेको भागमा तीन–तीन वटा संकाय बाँडिएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक