राष्ट्रपति डा. रामबरण यादबले सरकारले पेस गरेको संविधानसभा निर्वाचन सम्बन्धी दुई अध्यादेश शुक्रबार अस्वीकार गरेपछि सरकारसँगको द्धन्द्ध सतहमा आएको छ । राष्ट्रपतिको निर्णयप्रति सरकारले असन्तुष्टि जनाएको छ । चुनाव हुन नसक्ने भनी निर्वाचन आयोगले जानकारी गराईसकेको अवस्थामा दुवै अध्यादेश ‘असान्दर्भिक’भएको ठहर राष्ट्रपतिको कार्यालयले गरेको छ । लगत्तै बसेको मन्त्रिपरिषदको बैठकमा राष्ट्रपतिलाई कार्यकारी सरकारले पेस गरेको अध्यादेश सान्दर्भिक भए/नभएको भन्ने संवैधानिक अधिकार नभएको भन्दै असन्तुष्टि व्यक्त भएको थियो । ‘राष्ट्रपतिज्युबाट अस्वीकृत भएका अध्यादेशबारे अनौपचारिक छलफल भयो,’ सहरी तथा गरिबी निवारणमन्त्री एकनाथ ढकालले भने, ‘ठीक भएन भन्ने कुरा भयो ।’ उनले दैनिक काम सञ्चालनका लागि प्राथमिकताका आधारमा अन्य अध्यादेश अगाडी बडाइने पनि जनाए । राष्ट्रपति कार्यालय स्रोतले भने सरकारले संविधान मिचेर अघि बढ्न खोजेको विश्लेषण सहित अध्यादेश रोक्ने निर्णय
गरेको छ । सरकारले साउन १२ गते ‘निर्वाचन सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश २०६९ र संविधानसभा सदस्य निर्वाचन ऐन २०६९’ राष्ट्रपति समक्ष पेस गरेको थियो । अध्यादेश अस्वीकृत गर्नुअघि राष्ट्रपतिले प्रधानमन्त्रीलाई टेलिफोन गरी जानकारी गराउनुभएको थियो ।प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार देबेन्द्र पौडेलले अध्यादेश अस्वीकृत गरी राष्ट्रपतिबाट ‘गलत काम भएको’ बताए । ‘सरकारले अर्को संविधानसभाका लागि पेस गरेको अध्यादेश राष्ट्रपतिले चित्त बुझे पनि नबुझे पनि यस्तो गर्नु हुदैनथ्यो,’ उनले भने ‘यसमा सरकार सन्तुष्ट हुने कुरै भएन । (नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)
Subscribe to:
Post Comments (Atom)
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________

No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक