20120831

सहमति नभएका बिषयमा आउने अध्यादेशलाई आफूले स्वीकार गर्न नसक्नेराष्ट्रपति डा.रामवरण यादवको धारणा

राष्ट्रपति डा.रामवरण यादवले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई राजनीतिक निकासका लागि यथाशीघ्र पहल गर्न आग्रह गर्नुभएको छ । विहीवर शितल निवासमा प्रमुख चार दलका शीर्ष नेताहरुलाई उहाले सहमति नभएका बिषयमा आउने अध्यादेशलाई आफूले स्वीकार गर्न नसक्ने प्रष्ट धारणा राख्नु भएको छ । उहााको यो भनाईले सरकारव्दारा राष्ट्रपति समक्ष लगिएका चार अध्यादेश अस्वीकृत हुने प्रष्ट भएको छ । सहमति नगरी काम चलाउ सरकारले केबल अध्यादेशबाट मात्रै शासन चलाउन खोजे जस्तो हुन सक्छ भने अर्कोतिर अध्यादेशले सहमतिका लागि थप अबिश्वास बढाउछ त्यसैले पनि अध्यादेश प्रति बढी केन्द्रित नहुन राष्ट्रपति डा यादबले प्रष्टताका साथ भनाइ राख्नुभएको बताइएको छ । राष्ट्रपतिको भनाइ उद्धृत गर्दै नेताहरुले भनेका छन् –राष्ट्रपतिले सहमति नगरी सरकार चल्न खोजेको भनी असन्तुष्टी र संगसंगै संबिधानसभाको पुनस्र्थापना वा ताजा जनादेश जस्ता बिकल्प जे कुरामा सहमति गर्ने हो यथाशीघ्र गर्न बिशेष आग्रह गनुंभएको छ । जनादेशमा जाने सहमति गर्नुहुन्छ भने ६०१ को लागि भने हुनुहदैन किनकि ठुलो संख्या प्रति जनताले तीब्र
असन्तुष्टी जनाएको तपाइहरुलाई पनि थाहा छ भनी राष्ट्रपतिले दलहरुको गंभीर ध्यानाकर्षण गराउनुभएको छ । आफ्नै कार्यालय शीतल निवासमा बिहीबार एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरुलाई बोलाएर राष्ट्रपति डा.यादवले राजनीतिक सहमति विनानै कामचलाउ सरकारले धमाधम अध्यादेश सिफारिस गरेकोमा सरकारको आलोचना गर्नुभएको छ । प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका उपप्रधानमन्त्री बिजय गच्छेदारले राष्ट्रपतिको भनाइ उदृत गर्दै भन्नुभयो –अध्यादेशबाट मुलुक नचलाउनुस् । एमाले अध्यक्ष झलनाथ खनालले राजनीतिक निकासका लागि सवै विकल्पमा छलफल गर्नुस् भनी राष्ट्रपति डा.यादवले आग्रह गर्नुभएको जानकारी गराउनुभएको छ । -News of Nepal/Tank Pant

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक