(नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)

20120831

देखिदैनन् आज भोलि देश दुख्ने छातीहरु !


यो नयाँ नेपाली स्वदेश गान जसमा हरिबँश आचार्य, राजेश हमाल, भिमार्जुन आचार्य, प्रेम बानिया लगायत अन्य कलाकारहरूको भूमिका रहेको छ, अत्यन्तै मार्मिक, देशप्रेमी तथा "नेपाल" लाई सच्चा माया गर्नेहरुका
लागि अती नै ह्रिदयस्पर्शी छ ।

कृपया बरिष्ठ गीतकार काली प्रसाद रिजाल का शब्दहरूलाई अगाडी राख्दै यो गीत सुन्नुहोला । पूर्ण विश्वाश छ तपाईँले अवश्य मन पराउनु हुनेछ र यस गीत मा लेखिएका शब्दहरूलाई आत्मसात गर्नुहुनेछ । कम्तिमा दुई पल्ट चाँहि अवश्य सुन्नुहोला । धन्यबाद भिमार्जुन आचार्य तथा सारा टिमका सदस्यहरूलाई ।

सबैले त देश बाट लिन्छु केवल लिन्छु भने
तिमी चाँहि देशलाई म त दिन्छु केही भन्देउन है
अँध्यारो ले ढाक्दै ल्यायो लौन मेरो यो देशलाई
उज्यालो को पहिलो पहिलो किरण तिमी बन्देउन है
तिमी चाँहि देशलाई म त दिन्छु केही भन्देउन है

तातो रातो रगत ले लेखिएका निशान हरू
कहाँ गए नाला पानी काङ्गडाका सन्तानहरू
कोहि नेवार, क्षेत्री, बाहुन, शेर्पा कोहि छन् मगुराली
तिमी चाँहि जातै मेरो नेपाली हो भन्देउन है
सबैले त देश बाट लिन्छु केवल लिन्छु भने

देखिदैनन् आज भोलि देश दुख्ने छातीहरु
बिरभद्र, अमर सिंह ज्युँदा छोरा नातिहरू
हाम्रो क्षेत्र भिन्दै भन्छन् धर्म पनि भिन्दा भिन्दै
तिमी चाँहि धरमै मेरो नेपाली हो भन्देउन है
सबैले त देश बाट लिन्छु केवल लिन्छु भने
तिमी चाँहि देशलाई म त दिन्छु केही भन्देउन है
तिमी चाँहि जातै मेरो नेपाली हो भन्देउन है
तिमी चाँहि धरमै मेरो नेपाली हो भन्देउन है ।

1 comment:

  1. At least I've realized again that I'm a NEPALI and I've proud to be a Nepali after reading this beautiful,meaningful patriotic song.Thanks for uploading this song.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________