(नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)

20120825

चिहानबाट निकालेर मृतकलाई शृंगारपटार !


 मृतकलाई शृंगारपटार गरिएको सुन्दा धेरैलाई भूतप्रेतको कथा अथवा तिलस्मी किस्साको सम्झना आउला , वास्ताविकतामै यस्तो अजीव घटना हुन्छ भन्ने सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर, इन्डोनेसियामा सयौँ वर्षदेखि यस्तो अभ्यासले निरन्तरता पाइरहेको छ । इन्डोनेसियाको तोरजा जिल्लामा मृत शरीरलाई नकुहिने तरिकाले सामधिस्थ गरिन्छ । प्राचीन इजिप्टमा झैँ मृत शरीरलाई ‘ममी’मा परिणत गरिन्छ । विशेष संस्कृतिक अवसरमा समाधिस्थ ममीलाई बाहिर निकालिन्छ र शृंगारपटार गरेर गाउँ घुमाइन्छ । इन्डोनेसियाको सुलवेशी प्रान्तमा प्रचलित यस्तो संस्कारलाई ‘मनेन’ भनिन्छ । आफन्तजनले लाशलाई नयाँ लुगा लगाइदिन्छन् र रङरोगन गरी चिरिच्याँट्ट बनाई नगर–गाउँ घुमाउँछन् । मृतक आफन्तको सम्मानमा हरेक तीन वर्षमा यस्तो संस्कार गर्ने गरिन्छ । यस्तो अभ्यासले मृतक जीवित रहेको भावन हुने भएकाले आफन्तजनहरू उत्साह र भावुक मुद्रामा संस्कारमा सहभागी हुने गरेका छन् । ‘संस्कार अनुसरण गर्दा सयौँ वर्षअघि मृत्यु भएका आफन्तजन पनि जीवितै रहेजस्तो लाग्ने गर्छ,’ एक स्थानीयवासीलाई उद्धृत गर्दै डेलिमेलले लेखेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________