20120825

प्रधानमन्त्री बाबुराम भट्टराईका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले फेरि पनि अध्यादेश रोके राष्ट्रपति रामबरण यादवविरुद्ध सडकबाट प्रतिबाद गर्ने चेतावनी दिए

'बाबुरामको लीला अति भो, जबरजस्ती कुर्सीमै टाँसिए बाबुरामलाई घिसारेर सडकमा ल्याउँछौं, अब बाबुरामको राष्ट्रघाती लिला हेरेर बस्न सक्दैनौं।' : नेकपा-माओवादी उपाध्यक्ष सीपी गजुरेल
प्रधानमन्त्री बाबुराम भट्टराईका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले फेरि पनि अध्यादेश रोके राष्ट्रपति रामबरण यादवविरुद्ध सडकबाट प्रतिबाद गर्ने चेतावनी दिएका छन्। उनले संसद् नभएको बेला अध्यादेश ल्याउनु संवैधानिक बाटो भएको स्पष्ट पारे।  रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा पौडेलले आइतबार बस्ने मन्त्रिपरिषद्को बैठकले अध्यादेश ल्याउने जानकारी दिए। 'फेरि त्यसलाई अस्विकार गरेर प्रतिवाद गर्छौ,' उनले भने, 'उहाँविरुद्ध वैचारिक र राजनीतिकरुपमा सडकमा ओर्लन्छौं।' उनले सरकारले यसअघि राष्ट्रपतिले अस्विकार गरेको निर्वाचनसम्बन्धी दुई अध्यादेशसमेत ल्याउने तयारी गरेको साक्षात्कारमा खुलासा गरे। उनले आफूहरुले अनुदानमा सरकार नपाएको हुनाले संसद नभएकJ बेला अध्यादेश ल्याउन सकिने भन्दै सरकार र राष्ट्रपतिमात्र अहिले वैद्यानिक निकाय रहेकाले प्रधानमन्त्री राष्ट्रपतिसँग समन्यव गरेर अगाडि बढ्ने पक्षमा रहेको स्पष्ट पारे। पौडेलले प्रधानमन्त्री नरहे राष्ट्रपति पनि रहन नसक्ने भन्दै राष्ट्रपतिलाई जबरजस्ती विवादमा ल्याएर प्रतिपक्षहरुले सिष्टमलाई नै ध्वस्त बनाउने योजना बनाएको आशंका ब्यक्त गरे। उनले राष्ट्रपतिसँग समन्वयन गरेर अगाडि बढ्न प्रधानमन्त्री इच्छुक रहेको भन्दै राष्ट्रपतिलाई कांग्रेस र एमाले लगायतका सानो झुण्डको राष्ट्रपतिमात्र नबन्न सचेत गराए। उनले राष्ट्रपतिलाई उचाले ६२-६३ को जनआन्दोलनको उपलब्धी र लोकतन्त्र समाप्त हुने चेतावनी
दिँदै पौडेलले आफूहरुले राष्ट्रपतिलाई आफ्नो हैसियतमा बस्न बाध्य बनाउने ठोकुवा गरे।
नवगठित नेकपा-माओवादी उपाध्यक्ष सीपी गजुरेलले प्रधानमन्त्रीले पद त्याग नगरेसम्म देशमा सहमतिको वातावरण नबन्ने बताएका छन्। पद त्याग्न इन्कार गरिरहे आन्दोलनबाट प्रधानमन्त्री बाबुराम भट्टराईलाई हटाउने उनले चेतावनी दिए।

२० वर्षसम्म यही सरकार टिक्न सक्ने एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दहालको भनाईलाई चुनौती दिँदै सरकारको आयु बढीमा तीन महिनामात्रै रहेको उनले दाबी गरे।
नेकपा-माओवादीसहित साना दलहरु सम्मिलित नेपाल संघीय जनगणतान्त्रिक मोर्चाका संयोजकसमेत रहेका गजुरेलले शनिबार पाल्पामा मोर्चाद्वारा आयोजित गोलमेच छलफलमा बोल्दै भने 'राष्ट्रिय सहमतिको विकल्प छैन, सहमतिका लागि बाबुरामले कुर्सी छाड्नुको पनि विकल्प छैन।' सहमतिको प्रमुख बाधक सरकार रहेको भन्दै प्रधानमन्त्री भट्टराई पदमै रहेसम्म कुनै सहमति नहुने उनले प्रष्ट पारे। 'जबरजस्ती कुर्सीमै टाँसिए बाबुरामलाई घिसारेर सडकमा ल्याउँछौं, अब बाबुरामको राष्ट्रघाती लिला हेरेर बस्न सक्दैनौं।' वर्तमान सरकारले नेपाललाई असफल राष्ट्र बनाउन भुमिका खेलेको उनले आरोप लगाए।
संविधान सभाबाट संविधान नबन्नुमा प्रमुख चारदलको सिन्डिकेट कारण रहेको गजुरेलले बताए। 'चारदलको सिन्डिकेट अब मान्य छैन, सबै दलहरु एकैठाउँ बसेर गोलमेचबाट देशलाई निकास दिनुपर्छ। चारदलले मात्रै गरेको निर्णय स्विकार्य छैन।' संविधान सभा सदस्यहरुले समितिमार्फत् समयमै आफ्नो दायित्व पुरा गरेपनि विवाद समाधान उपसमितिले संविधान अड्काएको उनले आरोप लगाए। एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दहाल संयोजक रहेको विवाद समाधान उपसमितिले संविधान निर्माणको काम रोकेर जेठ १४ मा संविधान सभा भंग गर्न भुमिका खेलेको उनको भनाई थियो।
संविधान सभा पुनस्थापना मान्य नहुने भन्दै उनले आफूहरुले प्रस्ताव गरेजस्तै गोलमेच सम्मेलन उपयुक्त बिधि हुने बताए। 'गोलमेचको आव्हान राष्ट्रपति वा प्रधानमन्त्री जसले गरेपनि आपत्ति छैन,' उनले भने 'पुनस्थापित सभाबाट निकास निस्कने कुनै सम्भावना छैन, त्यो हामी मान्दैनौं।' गोलमेच आयोजना गरेर प्रधानमन्त्रीले विदा लिए राम्रो हुने सुझाव दिए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक