20120806

अध्यादेशबाट मुलुक चलाउने कुरा सोच्नुहुदैन र नसोच्नुहोस् : राष्ट्रपति डा रामबरण यादब


  राष्ट्रपति डा रामबरण यादबले सबै प्रमुख राजनीतिक दलका नेता र पुर्बप्रधानमन्त्री समेतलाई आफ्नो कार्यालयमा बोलाएर तत्काल संकट समाधानको लागि आबश्यक कदम चाल्न आग्रह गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा पुगेका बिघटित संबिधानसभाका र पछि बिभाजित भै निर्माण भएका दलका प्रमुख नेताहरुले सकट निकासका लागि राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने कुरामा जोड दिएका छन् । स्वयं सत्तारुढदलका धरै नेताले समेत राष्ट्रिय सहमति गर्न ढीला भइसकेको बताएका थिए ।  संबिधानसभा बिघटनपछि बनेका दल समेत ३३ दलका प्रमुख नेता सबैले राष्ट्रिय सहमतिकालागि पहल हुनुपर्ने कुरामा जोड दिएका थिए । सो अवसरमा केहीले संबिधान लगायतका बिषयमा सहमति गरेर प्रधानमन्त्री डा बाबुराम भट्राईले मार्ग प्रशस्त गर्नुपर्ने बताएका थिए भने केहीले प्रधानमन्त्री नै राष्ट्रिय सहमतिको बाधक भएको ठोकुवा गरेका थिए ।
सरकारमा रहेका माआबादीका नेता र मधेशी मोर्चाका नेताहरुले पहिले सहमति त्यसपछि मात्रै प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने बताइरहेका थिए । बैठकमा सहभागी नेताहरुका अनुसार माओबादी अध्यक्ष पुष्पकमल

दाहाल प्रचण्डले पनि भन्नुभएको थियो –राष्ट्रिय सहमति बिना मुलुकको गतिरोध नहट्ने नै भयो । त्यसका लागि आफ्नो पार्टी सहमति गर्न प्रतिबद्ध भएकोले दलहरुबीच छिटै बसेर टुगो लगाउनु पर्ने भएको छ ।
संबिधानसभाको चुनाबमा जान वा अन्य कुनै पनि बिकल्पमा जान दलहरुबीच सहमति हुनु पर्ने खाचो रहेको प्रचण्डले बताउनुभएपनि के गर्ने भन्ने कुरा भने नगर्नु भएको सहभागि नेताहरुले बताएका छन् ।
नेपाली कांगेस,नेकपा (एमाले) , नेकपा —माओबादी र अन्य २० भन्दा बढी प्रतिपक्षी दलका नेताहरुले सरकार र माओबादी निकासको बाधक भएकोले कि उसले निकासका लागि पहल गर्नुपर्ने नत्र राष्ट्रपतिले नै ठोस पहल गरी राष्ट्रिय सहमतिको सरकारका लागि आहन गर्नुपर्छ भनेका छन् । सबिधान बमोजिम अब आबश्यक भुमिका खेल्ने अन्य निकाय नै नभएकोले राष्ट्रपतिले नै ठोस भुमिका खेल्नुपर्ने प्रतिपक्षी नेताहरुको कथन थियो । उनीहरुले यदि यस्तै रहिरहने हो भने चुनाब पनि नहुने र कुनै निकास पनि ननिस्कने बरु मुलुक गंभीर सकंटमा फस्ने हुादा आबश्यक कदम चाल्न ढीलो भइसकेको बताएका थिए ।
सो अवसरमा राष्ट्रपति डा यादबले पनि मुलुकको निकासका लागि सहमतिको बाताबरण बनाउने प्रमुख दायित्व सरकारमा रहको पार्टी र सरकारको नेतृत्व गर्नेको हो भन्दै सरकार र माओबादी नेताहरुको गंभीर ध्यानाकर्षण गराउनुभएको थियो ।  ‘अध्यादेशबाट मुलुक धेरै चल्न सक्तैन । त्यसैले प्रमुख दलका नेताहरु आफैले सोच्नुहोस भन्ने छ । अन्यथा मैले संबिधानको संरक्षकको हैसियतले मैले केही गर्नुपर्ने स्थिति आउन सक्छ । तर जे गरे पनि संबिधान बमोजिम दलहरुसंग सल्लाह गरेर नै हुन्छ । यति भन्दाभन्दै पनि एउटा कुरा के प्रष्ट पार्न चाहन्छु भने अध्यादेशबाट मुलुक चलाउने कुरा सोच्नुहुदैन र नसोच्नुहोस् ,’राष्ट्रपतिको भनाई उद्धृत गर्दै एक नेताले  भने ।  नेपाली कागेसका सभापति सुशिल कोइराला , उपसभापति रामचन्द्र पौडेल , महामन्त्रीव्दय कृष्ण सिटौला र प्रकाशमान सिंह तथा डा रामशरण महत , पुर्ब प्रधानमन्त्री शेरबहादुर देउवा , नेकपा –एमाले)का अध्यक्ष झलनाथ खनाल , पार्टीका बरिष्ठ नेता एवं पुर्ब प्रधानमन्त्री माधबकुमार नेपाल , उपाध्यक्ष बामदेब गौतम , महासचिब ईश्वर पोख्रेल , सचिब बिष्णु पौडेल , एकीकृत नेकपा (माओबादी)का अध्यक्ष प्रचण्ड , उपाध्यक्ष एवं प्रधानमन्त्री डा बाबुराम भट्राई , उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिब पोष्टबहादुर केसी , पुर्ब प्रधानमन्त्री सुर्यबहादुर थापा, लोकेन्द्रबहादु चन्द , नेकपा —माआबादीका अध्यक्ष मोहन बैध , फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय गच्छेदार लगायत सबै दलका नेताहरुले मुलकको निकासकालागि राष्ट्रपतिले थालेको पहललाई सकारात्मक रुपमा लिदै आ—आफ्नो धारणा राखेका थिए । प्रमुख ठुला दलका ४ –४ जना नेता तथा े अन्य दलका प्रमुख नेताहरुलाई आमन्त्रण सो अवसरमा निमन्त्रणा गरिएको थियो । छलफलसंगै राष्ट्रपति कार्यालयमै दिवाभाज गरिएको थियो । हुनत निमन्त्रणा गर्दै ‘लञ्च मिटिङ’ भनिएको थियो । बैठक १० बजे देखि भनिएपनि युवा संघको चक्का जामका कारण केही ढीला प्रारम्भ भएकोमा झण्डै ४ घण्टा सम्म चलेको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक