20120912

बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (वाना) को साधारण सभा सम्पन्न


बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (वाना) को साधारण सभा सेम्टेम्वर ९ २०१२, आइतबारको दिन बाल्टिमोरमा सम्पन्न भयो । अमेरीकाको लागी नेपालका महामहिम राजदुत डा. शंकर प्रसाद शर्माज्यू को प्रमुख आतिथ्यतामा तथा महावाणिज्य दुत प्रेमराजा महतज्यूको विशेष आतिथ्यतामा सम्पन्न भयो । वानाको इतिहासमा नै सबै भन्दा बढी सदस्यहरुको सहभागिता रहेको यस साधारण सभामा विभिन्न संघ सस्ंथाका अध्यक्ष प्रतिनिधी, सञ्चारकर्मीहरु लगाएत वानाका सस्ंथापक, सल्लाकार र साधारण सदस्यहरुको उपस्थिति रहेको थियो । अध्यक्ष श्री विजय श्रेष्ठको अध्यक्षतामा र महासचिव प्रभु थापाको सञ्चालनमा पहिलो सत्र सम्पन्न भयो । त्यसै गरी दोस्रो सत्रमा वानाको साङ्गठानिक तथा आगामी कार्ययोजनाको प्रतिवेदन महासचिवद्धारा प्रस्तुत भएको थियो भने सचिव श्री दिवाकर ज्ञावालीले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । साङ्गठानिक तथा आर्थिक दुवै प्रतिवेदन अत्याधिक बहुमतका साथ पारित भयो । वानाको विधान संम्शोधन समितिका संयोजक तथा महासचिव प्रभु राम थापाले साधारण सभा मार्पत प्रस्तुत गर्नु भएको विधान संम्शोधन प्रस्ताव साधारण सभाको अत्याधिक बहुमतले साथ पारित गर्या । प्रमुख अतिथि महामहिम डा. शंकर प्रसाद शर्मा, विशेष अतिथि महावाणिज्य दुत प्रेमराजा महत, विभिन्न संघ सस्ंथाका अध्यक्ष तथा प्रतिनिधीज्यूहरु, सञ्चारकर्मी मित्रहरु, वानाका सस्ंथापकज्यूहरु, सल्लाकारज्यूहरु, पूर्व अध्यक्षज्यूहरु, साधारण सदस्यज्यूहरु
लगायत सम्पूर्णमा साधारण सभा सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोमा वाना कार्य समिति (२०११ २०१३) को तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी कार्यक्रमहरुमा पनि यहाँहरुको सहयोग र सहभागिताको अपेक्षा राख्दर्छौं ।

- प्रभु राम थापा
महासचिव












No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक