(नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)

20120912

मुस्लिम धर्मगुरु मोहम्मदको अपमान गरेको भन्दै भड्किएको दंगामा अमेरिकी राजदूत क्रिस्टोफर स्टेभन्स र अरु तीन अमेरिकी नागरिक मारिए

छापामारहरुको रकेट आक्रमणमा लिबियाका लागि अमेरिकी राजदूत क्रिस्टोफर स्टेभन्स र अरु तीन अमेरिकी नागरिकको मृत्यु भएको ह्वाइट हाउसले पुष्टि गरेको छ। ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति बाराक ओबामाले विश्वभरका अमेरिकी कुटनीतिक नियोगमा सुरक्षा बढाउन निर्देशन दिएको उल्लेख छ।
लिबियाको पूर्वी सहर मेन्जाघीस्थित अमेरिकी कन्सुलेटको कार्यालयमा आक्रमण भएपछि  भाग्दै गरेका राजदूत स्टेभन्स चढेको गाडीमा विस्फोटक पदार्थ राखिएको रकेट बज्रिएपछि उनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। सीएनएनका अनुसार अमेरिकी रक्षा मन्त्रालयले त्यहाँको सुरक्षाका लागि दुई मरिन प्रति आतंकवाद सुरक्षा समूहलाई पठाएको छ। अमेरिकामा बनेको 'इनोसेन्स अफ मुस्लिम' नामक फिल्मले मुस्लिम धर्मगुरु मोहम्मदको अपमान गरेको भन्दै भड्किएको दंगाबाट अमेरिकी कन्सुलेटमा रकेट आक्रमण भएको बताइएको छ। फिल्मको विरोधमा प्रदर्शनमा उत्रिएकाहरुले कायरोस्थित अमेरिकी दूतावासमा पनि प्रदर्शन गरेका थिए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________