20120912

कङ्रेस एमाले र अन्य दलको असफलताले माओवादी अमेरिकालाई प्यारो भयो !!!

प्रचण्ड  र बाबुराम अनी माओवादीको गुणगान गाएर फर्किए अमेरिकी मन्त्री, कङ्रेस एमाले र पूर्व राजा जिल्ला राम, यस्तो दिन पनि देख्नुपर्‍यो नेपाली जनताले
 शान्ति प्रक्रिया र पुनर्निर्माणमा एकीकृत माओवादीले व्यावहारिक र विश्वासिलो भूमिका खेलेको भन्दै अमेरिकी सहायक विदेशमन्त्री रोर्बट ओ. ब्लेकले त्यही कारण उसलाई आतंकवादी सूचीबाट हटाइएको प्रस्ट पारेका छन्। माओवादीलाई आतंकवादी सूचीबाट हटाइएको औपचारिक जानकारी दिन दुईदिने भ्रमणमा आएका ब्लेकले मंगलबार फर्कनुअघि पत्रकार सम्मेलनमा भने, 'माओवादीले हतियार बुझाएका छन्, समायोजन प्रक्रिया सुरु भएको छ, नेपालको शान्ति प्रक्रियामा महत्वपूर्ण प्रगति भएको छ, उसले देखाएको व्यवहारिक र विश्वासिलो प्रतिबद्धताका कारण आतंककारी सूचीबाट हटाइएको हो।' उनले नेपालको शान्ति प्रक्रियालाई 'एकदमै गतिशील प्रक्रिया' भनी प्रतिक्रिया दिए। सरकारमा दक्षिण तथा मध्यएसिया मामिला हेर्ने जिम्मेवारी पाएका ब्लेकको यो तेस्रो नेपाल भ्रमण थियो। राज्य पुनर्संरचनामा समेत नेपालले उल्लेख्य प्रगति गरेको उनले बताए। 'अब राज्यको संख्या, नाम र सीमामा मात्र दलहरुबीच विवाद रहेछ। राजनीतिक नेतृत्व समाधानका लागि छलफलमा व्यस्त छन्, छिट्टै टुंगोमा पुग्ने आशा हामीले लिएका छौं,' ब्लेकले भने, 'आफ्ना फरक मतलाई अलग ठाउँमा राखी नेतृत्व तहले सहकार्यमा संवैधानिक जटिलताको समाधान खोज्नेछन् भन्नेमा हामी विश्वस्त छौं।' ब्लेकले
प्रधानमन्त्री बाबुराम भट्टराईदेखि नवनियुक्त प्रधानसेनापति गौरवशमशेर जबरा, सत्तारुढ प्रमुख दल एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा एमालेका नेतालाई अलगअलग भेटेर औपचारिक रूपमा एउटै सन्देश दिए- माओवादी अब अमेरिकी आतंककारी सूचीमा छैन।
नेपालका लागि अमेरिकी नयाँ राजदूत पिटर डब्लु बोडी कार्यभार सम्हाल्न आइतबारमात्र काठमाडौं आइपुगेका थिए। अमेरिकाले माओवादीलाई आतंकवादी सूचीबाट हटाउनु अनि नयाँ राजदूत आएको भोलिपल्टै ब्लेक काठमाडौं आई शान्ति तथा पुनर्निर्माणप्रति माओवादीले देखाएको प्रतिबद्धताको तारिफ गर्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण मानिएको छ।

ब्लेकले प्रधानसेनापति गौरवशमशेर जबरा, एमाले अध्यक्ष झलनाथ खनाल र कांग्रेस उपसभापति रामचन्द्र पौडेलसँगको भेटमा पनि शान्ति प्रक्रियामा माओवादीले खेलेको भूमिकाको प्रशंसा गरेका थिए। उनले माओवादीको त्यही शैलीलाई अमेरिकी आतंककारी सूचीबाट हट्नुको प्रमुख कारण बताएका थिए।

दाहालसँगको भेटमा ब्लेकले माओवादी भूमिकाप्रति सन्तोष व्यक्त गर्दै शान्ति र लोकतन्त्रका लागि अमेरिकी सहयोग निरन्तर रहने वचन दिएका थिए। दाहालले पनि पार्टीलाई आतंकवादी सूचीबाट हटाएकोमा अमेरिकी सरकारलाई धन्यवाद दिएका थिए।
पत्रकार सम्मेलनमा ब्लेकले अमेरिका स्थिर, प्रजातान्त्रिक र समृद्ध नेपाल हेर्न चाहेको बताए। राष्ट्र निर्माणमा राजनीतिक नेतृत्वले लचकता अपनाउने विश्वास पनि उनले दोहोर्या एका थिए।

उनले मंगलबार बिहान नै प्रधानमन्त्री भट्टराई, अध्यक्ष दाहाल, प्रधानसेनापति जबरासँग भेट गरेका थिए। भेटमा ब्लेकले नेपालमा विकसित वर्तमान राजनीतिक अवस्थाबारे प्रधानमन्त्रीसँग चासो राखेका थिए।

माओवादीलाई अमेरिकाले आतंककारी सूचीबाट हटाइएकोमा धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्रीले भेटमा अमेरिकाको उक्त कदमले शान्ति र संविधान निर्माण प्रक्रियालाई सहयोग मिल्ने प्रतिक्रिया दिएका थिए।

भेटका क्रममा प्रधानमन्त्रीले वर्तमान राजनीतिक निकासबारे दुई विकल्प भएको बताएका थिए। पहिलो विकल्पको रुपमा राजनीतिक सहमतिको आधारमा संविधानसभाको निर्वाचनमा जाने र दोस्रो विकल्प संविधानको अन्तर्वस्तुमा सहमति गरेर संविधानसभाको पुनर्स्थापना गरेर जान सकिने उनले बताएका थिए।

प्रधानमन्त्रीले नेपाल-अमेरिकाबीचको आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए। अमेरिकी लगानीकर्तालाई नेपालमा लगानी गर्न उनले आग्रहसमेत गरे। शान्ति प्रक्रियाको अभिन्न पाटोको रुपमा रहेका सेना समायोजन, सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्तासम्बन्धी आयोगको गठन अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुने पनि प्रधानमन्त्रीले आश्वस्त तुल्याएका थिए।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले मंगलबार अमेरिकी आतंकारीको सूचिबाट आफ्नो पार्टीको नाम हटाइएकोमा अमेरिकालाई औपचारिक धन्यवाद दिनु भएको छ ।

प्रचण्ड निवास लाजिम्पाट पुग्नु भएका दक्षिण तथा केन्द्रीय एशिया मामिला सम्वन्धी अमेरिकी विदेश सहायक मन्त्री रोवर्टओ ब्लेकसाग धन्यवाद ज्ञापन गर्नुभएको हो । गत विहिबार अमेरिकाले एकीकृत माओवादीलाई आतंकारीको सूचिबाट हटाएको थियो । त्यस्को औपचारिक जानकारी दिन मंगलबार विहान ब्लेक प्रचण्ड निवास पुग्नु भएको थियो ।

भेटमा ब्लेकले अबका दिनमा नेपाल र अमेरिकाको सम्वन्ध थप बिस्तार हुने बताउनु भएको प्रचण्ड निकट स्रोतले बतायो । उहााले नेपालको राजनीतिक सकंटका बारे सोधेको जवाफमा प्रचण्डले आफ्नो पार्टी राजनीतिक सहमतिका साथ समस्या समाधान गर्न तयार रहेको बताउनु भएको थियो । दाहालको भनाई उदृत गर्दै निकट स्रोतले भन्यो–‘उहााले केही हप्ता भित्रै राजनीतिक सहमति हुने र त्यस्को कुनै विकल्प छैन् ।’
ब्लेकले प्रचण्डको नेतृत्वमा विद्यमान समस्याको समाधान हुने विश्वास व्यक्त गर्दै अमेरिकाले नेपालको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । अमेरिकाले सन् २००४ देखि एकीकृत माओवादीलाई आतंककारीको सूचिमा राख्दै आएको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक