(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20120913

प्रचण्डका पुर्व सवारी चालक भन्छन ‘प्रचण्डलाई जनताले लखेटी/लखेटी कुटेर मार्छन’


"खुमबहादुर खड्का र गोविन्दराज जोशी त घोषित भ्रष्टाचारी भए, अहिले जेलमा छन् । प्रचण्ड र बाबुराम त त्यो भन्दा पनि गिरेका भ्रष्टाचारी हुन् । उनीहरुको हालत ज्ञानेन्द्रको भन्दा पनि तुच्छ हुन्छ । एकदिन जनताले उनीहरुलाई लखेट्ने छन् । हेर्दै जानुस्, हन्ड्रेड पर्सेन्ट उनीहरु लखेटिने छन् ।" - प्रचण्डका पुर्व सवारी चालक खड्गबहादुर श्रेष्ठ
-विश्वमणि/यादव देवकोटा-
driver_prachandaबा.१.ज ९२६८ । आरुबारी-रत्नपार्क रुटमा चल्ने एउटा माइक्रोबसको नम्बर हो यो । जसका चालक हुन्, काभ्रे, सल्लेभुम्लुका खड्गबहादुर श्रेष्ठ । ०४७ सालदेखि जीविकाका लागि गाडी चलाउन थालेका उनी ०५५ सालदेखि माओवादी जनयुद्धमा सामेल भए । र, उपनामले चिनिन थाले, ‘शरण’ का रुपमा । त्यहाँ उनले सैन्य फाँटमा काम गर्दै २५ भन्दा बढी मोर्चामा आफूलाई उभ्याए । तीनवटा मोर्चामा घाइते भए । माओवादी शान्तिप्रक्रियामा आएपछि पहिला देव गुरुङसँग थिए । तर, अध्यक्ष प्रचण्डका लागि भरपर्दो सवारी चालकको आवश्यकता परेपछि ०६३ असोज अन्तिम साताबाट उनले प्रचण्ड सवार हुने गाडी चलाउन शुरु गरे । र, त्यहाँबाट ०६६ सालमा उनले मनभरि विरक्तिको पहाड बोकेर प्रचण्ड निवासलाई बाइबाइ गरे । उनी माओवादी लडाकुको तेस्रो डिभिजनअन्तर्गत थिए । तर, प्रमाणिकरणको प्रक्रियामा किरण पक्षधर लडाकुले त्यो प्रक्रियालाई नै अस्वीकार गरे । त्यसको अगुवाई
शरणले नै गरे । एकीकृत माओवादीको वाइसिएल भनेजस्तो नेकपा-माओवादीसम्बद्ध युवा संगठन स्वयंसेवक व्युरोका उनी काभ्रे संयोजक हुन् ,। हिजोआज जीविकाका लागि माइक्रो चलाइरहेका छन् । माइक्रोको आफ्नो रुट र समय हुन्छ । जनआस्थासाग कुरा गर्ने भनेपछि उनले खानाको समय निकाले । तर, त्यतिले पनि पुगेन । अर्का सहयोगीलाई गाडीको साँचो जिम्मा लगाएर शरणले आफ्ना भएभरका विरक्ति पोखेका छन् ।
० माइक्रो चलाउन थाल्नुभएछ !
- हो, असारदेखि शुरु गरेँ ।
० आफ्नै कि भाडाको ?
- साहुको ।
० पहिला गाडी चलाउादा र अहिलेमा के फरक छ ?
- पहिला सस्तोमा पेट्रोल/डिजल पाइन्थ्यो । अहिले गाह्रो छ ।
० माओवादीमा कसरी लाग्नुभयो ?
- म गाडी नै चलाउाथेा । ०५५ सालमा काठमाडौंमा प्रभात भन्ने साथी हुनुहुन्थ्यो । उहाँले नै युद्धमा जाऔं भन्नुभयो । मैले कम्तिमा ३२-३३ वटा लडाइमा प्रत्यक्ष सहभागिता जनाएँ । लडेकामध्ये चैनपुर भिडन्त स्मरणीय छ ।
० के छ स्मरणीय कुरा ?
- सशस्त्र प्रहरीसाग भिडन्त गर्‍यौं । हाम्रा खुट्टा नांगा थिए । लेकको ठाउँ, जुका लाग्ने । हिँउ पथ्र्यो । हामी भोकभोकै । अहिले त्यो मोर्चामा लडेकामध्ये ज्यादै कम साथी हुनुहुन्छ । कतिपय शहीद हुनुभयो । धेरैजसो पलायन हुनुभयो । चैनपुरमा लड्ने भनेर हामी सातवटा जिल्लाबाट छानिएर गएका थियौं । परवाना -सन्तु दराई) ले त्यसको कमाण्ड गर्नुभएको थियो ।
० अहिले कस्तो लाग्छ, त्यो सम्झादा ?
- हिजो जे भनेर जुन विचारका पछि लाग्यौं-लड्यौं, त्यो बेकार भयो । यसपछि स्वभाविक हो, हामी सन्तुष्ट छैनौं ।
० प्रचण्डकहाँ कसरी पुग्नुभयो ?
- पूर्वको मोर्चामा ड्राइभिङ सेक्टरबाट गएकोमध्ये मलाई अलिक परिपक्व मानिन्थ्यो । अनन्त पूर्वी कमाण्डको इञ्चार्ज हुनुहुन्थ्यो । परलोक भन्ने साथी पनि त्यहीँ हुनुहुन्थ्यो । लडाइँमा प्रयोग हुने गाडी मैले नै चलाउँथेँ । उहाँहरुले नै प्रचण्डसाग ‘यस्तो मान्छेलाई राख्नुपर्छ’ भन्नुभयो । कृष्णबहादुर महराले पनि ‘लौ जानुस न त’ भन्नुभयो । म त्यसबेला देव गुरुङ सरसँग थिएा । उहाँले ‘अध्यक्षकै लागि हो भने केही सोच्नु परेन, सर्लक्कै जानुस्’ भन्नुभयो । ०६६ सालमा प्रचण्डले सरकार छाडेर माधव नेपालको सरकार बनेपछि मैले छाडेँ ।
० प्रचण्ड प्रधानमन्त्री हुँदा पनि सरकारी गाडी चलाउनुभयो त ?
- गाडी त चलाइन, तर ड्राइभरका रुपमा नियुक्त गरेका थिए । सरकारी नियुक्ति गरे पनि हामीले आर्थिक रुपमा केही लाभ लिएनौं ।
० तलब त आउाथ्यो होला नि !
- हामीले लिएनौं । त्यो पैसा कसैले लिएको भए थाहा छैन ।
० ए, तिनले तपाईंहरुको तलबसम्म बाँकी राखेनन् ?
- मलाई देव गुरुङले अध्यक्षसँगै बस्नुस्, तर आर्थिक रुपमा उत्तेजित नहुनुस् भन्नुभएको थियो । आर्थिक भनेको साधन हो, सामान्य कुरा हो भन्नुहुन्थ्यो । हो त भनेर पैसामा धेरै आँखा लाएनौं । पछिल्लो समयमा प्रमाणिकरणको प्रक्रिया शुरु भयो । त्यसमा पनि शुरुमा त आर्थिक कुरामा ध्यानै दिएनौं ।
० कहाँ प्रमाणिकरण हुनुभयो ?
- हामी तेस्रो डिभिजनअन्तर्गतका हौं र कार्यालय प्रयोजनका लागि काठमाडौंमै राखिएमध्येका हौं । त्यसैले हाम्रो प्रमाणिकरण यतै भयो । क्यान्टोन्मेन्टमा पैसाको विषयलाई लिएर भागदौड मच्चिसकेपछि हामीले पनि पैसा चाहिन्छ भन्यौं । मिनिमम हजार रुपैयाँ भए पनि खर्च चाहिन्छ भन्यौं । त्यसपछि महिनाको हजार रुपैयाँ दिन थालियो । सरकारले पनि पछि तीन हजार छुट्टयायो । त्यो तीन हजार पनि चार महिनासम्म पाएनौं । महिनाको हजारमा चित्त बुझायौं । पछि पाँच हजार पाइने कुरा भयो । त्यसमा पनि हजार रुपैयाँ पार्टीका लागि काट्ने कुरा भयो । हामीले मानेनौं । त्यसपछि हामी काठमाडौं बस्नेका लागि हजार रुपैयाँ नकाटी दिन थालियो । क्यान्टोन्मेन्टमा त हजार रुपैयाँमात्र हैन, कति काटे, कति !
० तपाईंजस्तै साथीहरु कोही नेता बने, कोही मन्त्री बने, व्यापारी बनेका छन् । शहरमा ठूल्ठूला महल बनाएका छन् । कोही राष्ट्रिय र अन्तर्राष्ट्रिय उद्योगपतिसरहको जीवनशैलीमा छन् । तपाईंचाहिा ड्राइभरदेखि ड्राइभरसम्मै । यो के भएको ?
- धेरै मान्छेले लुटेको देख्दा मैले सोचेँ कि, मसँग त आफ्नै कला, सीप छ । युद्धको त्यत्रो अनुभव पनि छ । लुट्नै पर्ने हो भने पनि मसँग बल छ, बुद्धि छ । बदमासी नै गर्नुपर्दा कुनै लुटेरा, कुनै ठगले भन्दा दोब्बर गर्ने हिम्मत छ । तर, हिजो हामी जे कुरामा प्रशिक्षित भयौं, त्यहीअनुसार लागेको छु । म सामान्य होलटाइमर कार्यकर्ताका रुपमा छु । पार्टीको नीति नआएसम्म यो माइक्रो चलाउँछु भनेर यसमा लागेँ ।
० प्रचण्ड निवासमा बसेर धेरैले कमाए भन्छन् । तपाईंलाई के-कति थाहा छ ?
- शुरुमा त हामीलाई वास्तै हुादैनथ्यो । किनभने, पार्टी, क्रान्ति भनेर हामी समर्पित थियौं । एकदिनचाहिँ अति नै भएपछि मैले प्रचण्डलाई भनेा, ‘हेर्नुस् कमरेड, यो अति नै विकृति, विसंगति भयो । हामीलाई पनि लाज लाग्न थालिसक्यो ।’ उहाँले ‘खोलामा फोहोर-मैला आउँछन्, त्यसलाई सफा गर्नुपर्छ’ मात्रै भन्नुभयो ।
मलाई प्रचण्डका यति धेरै कुरा थाहा छन्, कि ती सबै कुरा भन्दा जनताले उहाँलाई लखेटी लखेटी कुटेर मार्छन् । त्यसैले म सबै कुरा भन्दिन । एउटा कुरा तपाईंलाई भनिहालौं कि, अजय सुमार्गी भन्ने एउटा फटाहा छ । ऊसँग उहाको हिमचिम देखेपछि हामीले त भन्यौं पनि, ‘अबचाहिँ अति भयो कमरेड !’ अजय सुमार्गीले प्रचण्डको वरिपरिका मान्छेहरुको घर बनाइदिएको छ । म ती साथीहरुको नाम त भन्दिन, तर तिनका घर सुमार्गीले नै बनाइदिएको हो । अहिले पनि साथीहरुले मलाई रिपोर्ट गरेका छन् । कतिपयले मलाई भन्थे पनि, ‘अरुले त्यत्रो गरे, तपाईंले किन केही नगर्नुभएको ?’
प्रचण्डले गिरिजासँग बृहत शान्ति सम्झौतामा हस्ताक्षर गरेर हात मिलाउनुभयो । त्यसदिन पनि उहाँको गाडी मैले नै चलाएको थिएँ । मलाई त्यतिबेलै चिन्ता लागेको थियो कि, जनअदालत, जनमुक्ति सेनालाई क्यान्टोन्मेन्टमा पठाउने नाममा पुरानो सत्तालाई बुझाउने भए भनेर । हामीले त्यत्रो लडेर आयौं, अब छाति नापेर परेड खेल्न पठाउलान् भन्ने त्यतिबेलै शंका थियो । मैले सन्तु दराईलाई भने, ‘नेताहरुले हामीलाई धोका दिने भए ।’
० सुमार्गीसाग के कुरा हुन्थ्यो ?
- हुने, नहुने सबै कुरा हुन्थे । ती कुरा भनेर साध्ये छैन । जब एउटा नेताले ‘म नेता हुँ, जनता, कार्यकर्ता, शहीदप्रति उत्तरदायी छु’ भन्ने कुरा भुलेर तस्कर, फटाहासँग नाता जोड्छ, तब उसले जे पनि गर्दोरहेछ ।
० विदेशी ह्वीस्की लिएर उनी प्रचण्डकहा जान्थे ?
- ह्वीस्की भनेको त खोलामा बगेको सित्तैको पानीजस्तो हुन्थ्यो । विदेशका माछा, मासु, सुकुटी साराथोक ओसाथ्र्यो त्यसले ।
० ए, प्रचण्ड निक्कै पियक्कड हुनुहुन्छ ?
- अजय सुमार्गीसाग बसेर सधैं खानुहुन्थ्यो । गाडी चलाउादा ठ्वास्स गन्हाउाथ्यो ।
मैले बुझेको कम्युनिष्ट आन्दोलन भनेको सबैको समान अस्तित्व, समान स्वामित्व स्थापित गर्ने हो । म एउटा गरिब किसानको छोरो । पेट पाल्नका लागि ड्राइभरी पेशा गर्दागर्दै त्यत्तिकै रमाइलो गर्न जनयुद्धमा लागेको त होइन नि ! अहिले कोहीचाहिँ पजेरोमा ‘हाइ-हाइ र हुई-हुई’ गर्ने, कोहीचाहि पकेटमा ५० रुपैया खर्च पनि नहुने स्थिति भयो । यसलाई कम्युनिष्ट भनिदैन । त्यसैले प्रचण्डको जन्जाललाई मैले त्यागे ।
० छोड्नुअघि प्रचण्डलाई के भन्नुभयो ?
- उहाँलाई त केही भनिनँ, तर उहाँको जुठो-पिठो खानेलाई ‘तपाईंहरु बेठिक हुनुहुँदो रहेछ, यस्तो विसंगतिको दलदलमा फस्नुभन्दा घरमा हलो जोतेर बस्छु’ भनेर हिँडेँ । तर, पछि देव गुरुङ सरले थाहा पाउनुभएछ । उहाँले ‘घर नजानुस्, यतै बस्नुस्’ भन्नुभयो ।
० कुन घटनाले तपाईंलाई प्रचण्डप्रति अन्तिम मोहभंग भयो ?
- उहाँले प्रधानमन्त्री हुँदाहुादै जसरी सरकार छाड्नुभयो, त्यही दिनदेखि उहाँप्रति विश्वास भएन । एकैछिनमा एउटा कुरा गर्ने, एकैछिनपछि अर्को कुरा गर्ने ! नेताहरुले अब धोका दिन लागे भन्ने कुरा त अलिक पहिलाबाटै शंका थियो । तर, सरकार छोडेको शैली र त्यसबेलाका बोलिचालिबाट अलिकति पनि विश्वास गर्ने ठाउँ बाँकी भएन । उहाँलाई मैले बारम्बार भनेको हुँ, ‘भएभरको घूसखोर, फटाहाहरु जम्मा पारेर हुँदैन ।’
त्यो नारायणकाजी कुन चरीको नाम हो ? जनताले अहिले पनि भन्छन्, ‘नारायणकाजी नेता होइन, ‘चरी’ हो ।’ हिजो हाम्रो टाउकोको मूल्य तोक्नेहरुलाई सपोर्ट गर्ने नारायणकाजीलाई कहाँबाट हाम्रो नेता बनाउन ल्याइपुर्‍याए ? मैले नारायणकाजीलाई कहिले पनि नमस्कार र सलाम गरिनँ । हाम्रा अरु साथीले पनि गरेनन् । मलाई भित्रैदेखि लाग्थ्यो, यी फटाहा हुन् । तर, उनीहरु हामीसँग नजिक हुन खोज्थे । किनभने, हामी त जनमुक्ति सेना हौं नि त ! हामीले नारायणकाजीको सुरक्षाका लागि भनेर दुई-तीन जना साथीहरु पनि पठायौं । तर, ती साथीहरु उनको प्रबृत्ति देखेर दिक्क मान्थे ।
० प्रचण्ड व्यक्तिगत रुपमा कत्तिको घुलमिल हुन्थे ?
- उहाँले जे गर्नुहुन्छ, जे बोल्नुहुन्छ वास्तवमा ती सब नाटकमात्र हुन् । उहाँ जे पनि गर्न सक्नुहुन्छ । रुन सक्नुहुन्छ, हाँस्न सक्नुहुन्छ, कलाकारजस्तो । एकदिन ०६३ सालमा मेरो गाउँको घर जानुभयो । एक किसिमले त खुशी लाग्यो । तर, जनताले सोध्न थाले, ‘प्रचण्ड तेरो घरमा आएर के भयो ?’ उनीहरुले ‘प्रचण्ड पनि त फटाहा रहेछ नि’ भन्न थाले । पछि लाग्यो, सिपाहीसँग हातले मुछेर दाल भात खाने रुक्माङ्द कट्वालले जस्तै मेरो घर गएर प्रचण्डले एकछिनका लागि नाटक मात्र गर्नुभएको रहेछ । उहाँ भ्रम छर्न सिपालु हुनुहुन्छ ।
० प्रचण्ड-बाबुरामको भविष्य के देख्नुभएको छ ?
- खुमबहादुर खड्का र गोविन्दराज जोशी त घोषित भ्रष्टाचारी भए, अहिले जेलमा छन् । प्रचण्ड र बाबुराम त त्यो भन्दा पनि गिरेका भ्रष्टाचारी हुन् । उनीहरुको हालत ज्ञानेन्द्रको भन्दा पनि तुच्छ हुन्छ । एकदिन जनताले उनीहरुलाई लखेट्ने छन् । हेर्दै जानुस्, हन्ड्रेड पर्सेन्ट उनीहरु लखेटिने छन् । दरबार हत्याकाण्ड कसले गरायो ? के ज्ञानेसाग त्यत्रो आाट थियो ? त्यो त त्यहाँभित्रैका सेना-प्रहरीले गरेका हुन् नि ! त्यसैले दुईचार जना सेना राखेको छु भन्दैमा कसैले दम्भ नगरे हुन्छ । सेना राख्दैमा कोही सुरक्षित हुादैनन् । हुने भए वीरेन्द्रको बंशलाई कसले सिध्याउँथ्यो ?
० तपाईंहरु स्वेच्छिक अवकासमा जानुभयो । हतियारचाहि के गर्नुभयो ?
- हामीले त परवाना -सन्तु दराई) लाई लगेर बुझाइदिएका हौं । उनीहरुले के गरे, थाहा भएन ! पछि त सुनियो, बैद्य पक्षकाले हतियार बुझाएनन् भनेर पो कुर्लिन्छन् रे ! हामीले परवानालाई बुझायौं, उनले त सेना समायोजन विशेष समितिलाई नै बुझाएनछन् क्यारे ! हामी पनि प्रश्न गर्छौं, ‘हामीले सही-सलामत बुझाएका ती हतियार कता गए ?’
० क्यान्टोन्मेन्टमा कति दिन बस्नुभयो ?
- दुई-चार दिन बस्यौं । त्यहाँ हामीलाई भिन्न आाखाले हेरिएपछि त्यहाँ बस्न उपयुक्त छैन भनेर फर्कियौं । पछि पुनवर्गीकरणमा नाम दर्ता गर्‍यौं । त्यसबापत तीन लाख रुपैयाँ मैले पनि पाएँ ।
० के गर्नुभयो त्यो पैसा ?
- ऋणमा परेको थिएँ । भाइको उपचार गर्दा धेरै पैसा खर्च भएको थियो । त्यो पैसा तिरेँ ।
० माइक्रो चलाएर साहूले कति तलब दिन्छन् ?
- साहूचाहिँ मेरा साथी पनि हुन् । धेरै दिन चलाउँदिन भनेको छु । त्यसैले तलबै भनेर लिएको छैन । खर्च चाहियो भने ‘लिनुस्’ भनेर दिनुहुन्छ । हामीले प्रचण्डकहाँ छाडेर आएका कतिपय साथी कामै नगरी पैसा माग्छन् । हामी त काम गरेर कहिलेकाही खर्च मात्रै लिन्छौं नि !
० घरबार कस्तो छ ?
- सानैमा विवाह गरेँ । श्रीमती, एउटा छोरा, दुइटी छोरी गाउँमै बस्छन् । छोरा १० मा, जेठी छोरी ९ मा र कान्छी ६ मा पढ्दै छन् । घरमा बा, आमा सबै हुनुहुन्छ ।
० भविष्यको योजना के छ ?
- हामी त मसानघाटका मूर्दा हौं । हामीले गोलीको स्वाद चाख्या छौं । भोलि जनताको मुक्तिका लागि भइपरी आउँदा जुनसुकै भूमिकामा पनि उत्रन तयार छौं ।
० तपाईंहरु युद्धमा जानुहुन्छ ?
- दमन भयो भने प्रतिरोध हुन्छ । हामी जाली, फटाहाहरुलाई भौतिक रुपमा हैन, नैतिक रुपमा कारवाही गर्न भनेर योजना बनाइरहेका छौं । मर्नका लागि हिजो पनि डराएनौं, फेरि पनि डरायौं भने प्रचण्डजस्तो भइहाल्यौं नि ! - Source  जनआस्था

1 comment:

  1. This is fact n truth about Comred Prachanda n Baburam they are clear political actor of Nepal. They are just cheating all nepalese n party cadre as his driver khadga bahadur shsrestha said... wish you all the best shrestha ji for peace moment....

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक