20120914

छोराको मृत्यूको पीडा सहन नसकेर एक आमाले सेती नदी नहरमा हाफफालेर आत्महत्या


छोराको मृत्यूको पीडा सहन नसकेर एक आमाले सेती नदी नहरमा हाफफालेर आत्म हत्या गरेकी छन् । घरमा सुतीरहेको अवस्थामा सर्पले डसेर ५ बर्षिय छोरा भरत सुनारको मृत्यु भएपछि स्याङजाको आलमदेवी गाविस वडा नम्बर ८ की विना सुनारले बिहिबार साँझ नदीपुरस्थित नारायणस्थान नजिकैबाट सेती नहरमा हाम फालेर आत्महत्या गरेकी हुन् । उनको शव पोखराको शितलामार्गस्थित सेती नहरमा फेला परेको प्रहरीले बताएको छ । शवलाई पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्त रविन्द्र पौडेलले जानकारी दिनुभयो । सुनारको छोरालाई बुधबार सााझ सर्पले डसेपछि उपचारको लागि वालिङ हेल्थपोष्टमा लगिएको र त्यहाँ उपचार हुन नसकेपछि पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । बिहिबार उपचारको लागि पोखरामा ल्याईएकोमा दिउासो १ बजे बालकको मृत्यु भएको थियो । छोराको मृत्युपछि भावविव्होल बनेकी सुनारले सााझ सेती नहरमा
हाम फालेकी थिईन । बालकको शव पणिपाल शिक्षण अस्पतालमै रहेको छ । सुनारका श्रीमान खुमबहादुरको गत बर्ष नै क्यान्सरबाट मृत्यु भएको आफन्तले बताएका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक